default_image

popular

May 24, 2016

भेनस कप टेटेमा शिव र नविता च्याम्पियन

भेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका शिवसुन्दर गोथे र नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ मंगलबार च्याम्पियन बनेका छन् । शिव पुरुष र नविता महिला सिंगल्समा विजेता बने । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा शिवले प्रहरीका दीप साउनलाई १४–१२, ७–११, ११–९, १२–१० र ११–७ को सेटमा पराजित […]

May 24, 2016

शब्दमा पाँचथरका गणेश लावती

दिपक बोहोरा ,पाँचथर गणेश लावती नेपाली फुुटबलमा परिचित नाम हो । पुर्वि पहाडको पाँचथरमा जन्मीएका लावती सशस्त्र पहरीमा आबद्ध छन । सशस्त्र प्रहरीको टिमबाट फुटबल खेल्ने लावती सशस्त्र प्रहरीका टिम क्यापटेन समेत हुन। पाँचथरको यासोकमा जन्मीएका लावती वि.स २०५२ बाट नै फुटबल खेल्न थालेका हुन । आफ्नो जिनमा नै फुटबल रहेको बताउने लावती १४ वर्षको […]

May 23, 2016

युनाइटेडले भान गाललाई बर्खास्त गर्यो, अब माउन्हिोले सम्हाल्ने

युनाइटेड (एजेन्सी) – एएफए कप जितेको दुई दिनपछि सोमबार म्यानचेस्टर युनाइटेडले लुइस भान गाललाई प्रशिक्षकबाट बर्खास्त गरेको छ । उनको उत्तराधिकारीका रुपमा चेल्सीका पूर्व प्रशिक्षक होजे माउरिन्हो नियुक्त हुने भएका छन् । तीन बर्षे सम्झौतामा दुई बर्षअघि युनाइटेडमा आबद्ध नेदरल्यान्डसका पूर्व प्रशिक्षक भान गालले एक बर्षको क्षेतिपूर्तिका रुपमा ६४ लाख पाउन्ड पाउने बताइएको छ । […]

May 23, 2016

बार्सिलोनाले जित्यो कोपा डेल रे, अल्बा र नेयमारको गोल

बार्सिलोना पहिलो हाफमा नै १० खेलाडीमा भएको थियो । केविन गेमिरोलाई जर्सी तानेर लडाएपछि बार्सिलोनाका जाभियर मासेरानोले ३६ औं मिनेटमा रातो कार्डको सामना गर्नुपरेको थियो । पाए थिए । सेभियाले पनि निर्धारित खेलको अन्त्य १० खेलाडीमा सिमित भएर गरेको थियो । नेयमारलाई लडाउँदा सेभियाका बानेगाले रातो कार्डको दर्शन गर्नु परेको थियो । थप समयको छैटौं […]

May 23, 2016

बैंड्लोर आइपिएलको प्ले अफमा , कोहली फेरी चम्के

रायपुर – कप्तान विराट कोहलीले उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा अर्धशतक बनाएपछि रोयल च्यालेन्जर्स बैंड्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को अन्तिम खेलमा दिल्ली डेरडेभिल्समाथि ६ विकेटको जित दर्ता गराएको छ । जितपछि दोस्रो स्थानमा उक्लदै बैंड्लोर प्ले अफका लागि छनोट भएको छ । १४ खेलबाट टोलीले १६ अंक बटुलेका थियो । मंगलबार हुने पहिलो छनोट खेलमा […]

May 22, 2016

राष्ट्रिय बुद्धिचालमा भूपेन्द्रको अग्रता कायम

 काठमाडौं क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलाले १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा आफ्नो एकल अग्रता कायम राखेका छन् । च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैठौं चरणका खेल सम्पन्न भए । पाचौं चरणको खेलमा ललितपुरका ओलम्पियाड खेलाडी सजीन महर्जनमाथि शानदार जीत दर्ज गरेका निरौलाले छैटौं चरणमा नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईंसँग बराबरी खेले । छैटौं चरणको समाप्तिमा भुपेन्द्रको […]

May 22, 2016

अनिल गुरुङको कप्तानीमा नेपालले लाओसविरुद्ध खेल्ने

लाओस विरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले २० सदस्यीय टोलि बोलाएका छन्| मलेसियाको युवा टोलि विरुद्ध उत्रेको टोलीभन्दा यो केहि फरक छ| राष्ट्रिय टोलि भएकाले अनुभवी खेलाडीलाइ मौका दिईएको छ| अनिल गुरुङ् साफ पछि पहिलोपटक टोलीमा परेका छन् र उनले नै कप्तानी सम्हाल्ने छन्| नेपाली टोलीः गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु डिफेन्डरः विराज […]

Mourinho

May 22, 2016

मोउरिन्हो म्यान्चेस्टर युनाइटेड आउने

चेल्सीका पुर्व म्यानेजर होजे मोउरिन्हो पुर्ण इङ्लिश प्रीमीयर लिगको प्रशिक्षक हुने भएका छन । चेल्सीबाट निकालिएका होजे यस पल्ट म्यान्चेस्टर युनाइटेड आउने कुरा नजिकको श्रोत हरुले बताएको कुरा बिभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले खुलाएका छन  । श्रोतका अनुसार मोउरिन्हो केहि दिनमा नै युनाइटेडको प्रशिक्षकका रुपमा देखिने छन । भ्यान गालको सम्झौतामा अझ १ बर्ष बाकी रहदा पनि उनला […]

Rooney

May 22, 2016

म्यान्चेस्टर युनाइटेडलाई तीन बर्षमा पहिलो उपाधि

वेम्ब्लीमा क्रीस्टल प्यालेसलाई २-१ ले हराउदै म्यान्चेस्टर युनाइटेड इङ्लिश एफए कपको उपाधि जित्न सफल भएको छ । यो म्यान्चेस्टर युनाइटेडलाई ३ बर्ष यताको पहिलो उपाधि हो । जेसोन पुन्चेन्को ७८ औ मिनेटको गोलले क्रीस्टल प्यालेसले अग्रता लिए पनि माटाको ३ मिनेट पछीको जवाफले युनाइटेड खेलमा फर्किएको थियो । क्रीस्टल प्यालेसले खेलको अतिरिक्त समयमा गोल गर्दै युनाइटेडलाई उपाधिबाट  बन्चित गर्ने […]

May 21, 2016

राष्ट्रिय बुद्धिचालमा भुपेन्द्रको अग्रता

काठमाडौं – क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनशीपमा एकल अग्रता लिएका छन् । शनिबार चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराउँदै अग्रता लिन सफल भएका हुन् । कालो गोटिबाट खेलेका भुपेन्द्रले स्कच डिफेन्स प्रणालीमा भएको खेलको २३ औं चालमा केशवले गरेको सानो […]

Success

Thank you for your time.