default_image

popular

June 17, 2016

जर्मनी र पोल्याण्ड बिचको खेल ड्र

पेरिस- आज बिहानै भएको जर्मनी र पोल्याण्ड बिचको खेल गोल रहित बराबरीमा टुङिएपछी दुबै टोली अंक बाड्न बध्य भएका छन । दुबै टोली नक-आउट चरणमा प्रवेशको लागि बलियो स्थानमा बसेका छन ।    समूह डीमा जर्मनी र पोल्यान्डको समान ४ अंक छ भने नर्दन आयरल्याणको ३ अंक छ। समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी र […]

June 16, 2016

नर्दन आयरल्यान्डको सनसनीपूर्ण जित

लियोन (एजेन्सी)– गारेथ म्याकआउले र नेल म्याकगिनले दोस्रो हाफमा गोल गरेपछि युक्रेनलाई २–० ले हराउँदै नर्दन आयरल्यान्डले युरोपियन च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावनालाई अन्तिम खेल सम्म लम्बाएको छ । समूह डीमा जर्मनी, पोल्यान्ड र नर्दन आयरल्यान्डको समान ३ अंक छ । अहिले हुने खेलमा जर्मनी र पोल्यान्ड भिड्दैछन् । समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी […]

June 16, 2016

कुराँस च्याम्पियनसिप शनिबार

काठमाडौं – ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष, महिलातर्फ समान ५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका अध्यक्ष दानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ७० खेलाडीको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि झन्डै ४ लाख ७० हजार रुपैयाँ खर्च […]

June 16, 2016

आर्मीलाई लुम्बिनिको छ गोल, मनाङ-झापा बराबर

काठमाडौं (२ आषाढ) – ललित स्मृति यु१८ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जगदम्बा लुम्बिनि फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ६-०ले पराजित गर्यो। पहिलो खेलमा जावलाखेलाई २-१ले पराजित गरेको आर्मीले दोश्रो हाफमा पाँच गोल खाएको थियो। दामोदर थापा क्षेत्रीले लुम्बिनिका लागि १५मिनेटमा खाता खोलेका थिए। कप्तान जनोम मान लिगलले ५६औं मिनेटमा कर्नरमा हेडिङ्ग गर्दै २ […]

June 16, 2016

स्टरिजको गोलमा इङ्गल्याण्ड विजयी

वैकल्पिक खेलाडीद्वय जेमी भार्डी र ड्यानिएल स्टरिजले गोल गरेपछि इङ्गल्याण्डले युरो २०१६ अन्तर्गत समुह ‘ग’को खेलमा वेल्सलाई २-१ले पराजित गरेको छ। पहिलो हाफमा ग्यारेथ बेलको फ्रिकिकको मद्दतले अघि बढेको वेल्सले दोश्रो हाफ भने अग्रता टिकाउन सकेन। ह्यारी केन र रहिम स्टर्लिङको स्थानमा मैदान प्रवेश गरेका भार्डी र स्टरिज दुवैले गोल गरेपछि इङ्गल्याण्डको विजय सम्भव भएको […]

June 16, 2016

स्ट्राइकर नवयुगलाई स्याकारले मोटरसाइकल दियो

काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठले मोटरसाइकलले मोटरसाइकल पुरस्कारमा पाएका छन् । फुटबल टोलीबाट विशेष योगदान गरेका कारण स्याकार ट्रेडिङ प्रालीले बुधबार उनलाई होन्डा हर्नेट १६० आर बाइक दिएको उल्लेख गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसका दिन नेपाल सरकारबाट प्रवल जनसेवा मानपदवीबाट सम्मान हुने घोषणमा परेको नवयुगले जेठ १८ गते […]

June 15, 2016

बंगलादेशमा बालगोपालको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको ब्रदर्श युनियन क्लबले बंगलादेशमा जारी फेडेरेसन कपमा लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेल जितेर यसअघि नै क्वार्टरफाइनल पुगिसकेको महर्जनको टोलीले बुधबार साँझ सम्पन्न खेलमा शेख जमान धनमुन्डी क्लबलाई २–१ ले हराएको बंगलादेश फुटबल संघको वेबसाइटमा समाचार छ । दुई दिनअघि ब्रदर्स युनियनले उत्तर बरिधारालाई १–० […]

June 15, 2016

ललित स्मृतिमा थ्री स्टारको पराजय, पुलिसले सरस्वतीलाई हरायो

काठमाडौँ, १ आषाढ ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत सी.एम.जी क्लब संकटा र नेपाल पुलिस क्लबले आज एन्फा कम्प्लेक्समा भएको आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्| दिनको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबसंग ३-२को पराजय व्येहोर्यो| संकटाका लागि दिपेन्द्र केसीले १९ मिनेटमा खाता खोलेपनि थ्री स्टारका कप्तान अरुज सिंहले २७औं मिनेटमा बराबरी गोल […]

June 15, 2016

ललित स्मृति फुटबलमा मनिषाको सम्झना

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना आफ्नै घरमा मृत अवस्थमा भेटिएकी मनिषा घर्तीमगरलाई हिजो ललित स्मृति फुटबल प्रतियोगिताको खेल अघि सम्झना गरियो । ललित स्मृतिमा मंगलबार जावलाखेल युथ क्लबसँगको खेलअघि त्रिभुवन आर्मी क्लबका खेलाडीले मनीषाको सम्झनामा ब्यानर प्रदर्शन गरेका थिए । राष्ट्रिय फुटबल टोलीका स्टार बिमल घर्ती मगरकी बहिनी गत महिना मृत अवस्थामा आफ्नो घरमा […]

June 15, 2016

चिली क्वार्टरफाइनलमा, अर्जेन्टिना अपराजित

टेक्सस (एजेन्सी) – अर्जेन्टिनाले कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह चरणको अन्तिम खेलमा बोलेभियालाई ३–० ले हराएको छ । स्टार लियोन मेसी दोस्रहो हाफमा मैदान प्रवेश गर्नुअघि नै अर्जेन्टिनाले पहिलो हाफमै तीन गोल गरिसकेको थियो । अर्को खेलमा पानामालाई हराउँदै चिली क्वार्टरफाइनल प्रवेश गरेको छ । लगातार तीन खेल जितेको अर्जेन्टिना समूह डीको विजेता बनेको छ । […]

Success

Thank you for your time.