default_image

popular

Light Train 3

December 24, 2015

हारपछि अभ्यासमा नेपाली टोली – फोटो

साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको भोलीपल्ट बिहीबार नेपाली फुटबल टोली अभ्यासमा । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार आयोजक भारतको सामना गर्नेछ । पहिलो खेलको हारपछि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ ।

Karna

December 24, 2015

कर्णको अभाव

साफ सुजुकी कपको फाइनल खेलाडी सुची आउँदा , समर्थक हरुले नचाएको परिणाम पाए । राष्ट्रिय लिगको उत्कृष्ट खेलाडी कर्ण लिम्बु टोलीमा समाबेस हुन नसक्दा फुटबल का अधिकतम फ्यानहरुले सोसियल मिडियामा आफ्नो अक्रोस ब्यक्त गरे । त्यसो त ११ खेल यता गोल गर्न नसकेको नेपालले २०१५ साफ च्यम्पिअन्शिपको पहिलो खेलमा श्रीलंक बिरुद्ध  धेरै मौका उपयोग गर्न नसक्दा समर्थक हरुको […]

Anjan Bista Nepal Football

December 24, 2015

उस्तै जर्सीमा गल्ती कसको ?

नेपाल र  बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ  । फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो । नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा […]

Nepal Coach Patrick Aussems

December 23, 2015

श्रीलंकाको रणनीति प्रती ओजेम्स असन्तुष्ट

खेलको सुरुवात देखी अन्त्य सम्म रक्षात्मक निती अपनाएको श्रीलंकाली रणनीति प्रती नेपाली प्रशिक्षक प्याट्रिक ओजेम्सले असन्तुष्टि जनाए  । पोस्ट म्याच कन्फेरेन्समा बोल्दै ओजेम्सले श्रीलंकाले धेरै नै  रक्षात्मक मनोवृत्ति अपनाएको जुन आधुनिक फुटबलमा मान्य नहुने कुरा जनाए । खेलमा ६७% बल पोसेसन कायम गर्ने सकेको नेपाली टोलीले राम्रो मुभ हरु बनाए पनि गोल गर्न नसकेको र एउटा सानो […]

squash

December 23, 2015

अरहन्तको विजयी सुरुआत

अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे ।अग्रवाल वीरबहादुर नेपाली विरुद्धको खेलमा भने ३–१ ले विजयी भए । पुरुष एकलकै अन्य खेलमा दिलिप अधिकारीले विदुर धमलालाई ३–२, किरण महर्जनले अमित बेगामीलाई ३–०, सुरज श्रेष्ठले […]

Malpi rato bangla

December 23, 2015

मल्पी र रातो बंगला दुई उपाधिनजिक

मल्पी इन्स्टिच्यूट र रातो बंगला पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । मल्पी र रातो बंगालको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुग्न सफल भए । ब्वाइजको सेमिफाइनलमा मल्पीले बुढानीलकण्ठलाई ७९–५९ ले पराजित ग¥यो । मल्पीका वाङ्गेल गुरुङले ३५ अंक जोडे । सुलभ बतासको १८ अंक सहयोगमा रातो बंगलाले साइपाल एकेडेमीलाई […]

Ani Mathema

December 23, 2015

मायाँका, माहिका, क्याथ्रिन र एनी सेमिफाइनलमा

जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को […]

Nepal starting sri lanka

December 23, 2015

१८ बर्ष यता श्रीलंका बिरुद्ध पहिलो हार

लगातार ११ खेल गोल बिहिन केरेला, हाम्रो खेलकुद पोसेसन र आक्रमणमा हावी देखिए पनि , खेलको अतिरिक्त समयमा गोल खादा नेपाले श्रीलंका बिरुद्ध १८ बर्ष यता पहिलो हार को सामना गर्‍यो । भारतको त्रिभेन्दममा भएको खेलमा फोर्वार्डमा नयाँ अनुहारलाई मौका दिए पनि  गोल गर्न नसक्ना नेपाल लगातार ११ खेलमा गोल-रहित चित्त बुजायो । पहिलो हाल्फ को सुरुवात देखी नै नेपाल […]

December 23, 2015

पांचथर राष्ट्रपति रनिङ शिल्डको प्रभावकारीता कम

दिपक बोहोरा, पांचथर राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरिय खेलकुद प्रतियोगितामा मापदण्ड पुगेका बिद्यालय समेत सहभागी नहुने कारण सक्षम खेलाडी छनौट गर्ने सरकारी योजना असफल बन्दै गएको छ । पांचथर क्रमिक रुपमा बिद्यालयहरु प्रतियोगिताका लागि नआउने क्रम बढे पछिखेलाडि छनौटमा समस्या भएको हो । अघिल्लो बर्ष पांचथरको क्षेत्र नम्बर १ मा माबि र उच्च माबि गरेर १८ बिद्यालयले प्रतियोगितामा सहभागिता […]

December 23, 2015

असेम्स: श्रीलंकालाई जित्नुको अर्थ सेमिफाइनल पुग्ने ९९ प्रतिशत पक्का

नेपालले बुधबार हुने साफ च्याम्पियसिपको पहिलो खेललाई फाइनल सरह महत्व दिएर खेल्ने योजना बनाएको छ । तीन महिना अघिदेखिको तयारीलाई बंगलादेशको विशेष प्रशिक्षण र एक मैत्रीपूर्ण खेलबाट बिट मारेर केराला पुगेको नेपालले श्रीलंकाविरुद्ध खेल्दै बुधबार नवौं साफ च्याम्पियसिपको सुरुआत गर्दैछ ।   ‘भोलीको खेल हाम्रा लागि फाइनल सरह हुनेछ । त्यही अनुसार प्रतियोगितामा हामीले आफ्नो […]

Success

Thank you for your time.