September 5, 2016
स्लोभाकिया (एजेन्सी) – साविक विजेता जर्मनी र इङ्ल्यान्डले जितबाट विश्वकप छनोटको यात्रा सुरु गरेका छन् । रसियामा सन् २०१८ मा हुने विश्वकपका लागि युरोपियन छनोटअन्तर्गत आइतबार जर्मनीले नर्वेलाई ३–० ले हरायो भने समूह एफमा इङ्ल्यान्डले घरेलु टोली स्लोभाकियामाथि १–० को कठिन जित हासिल गरेको छ । १० खेलाडीमा सिमिति स्लोभाकियाव्रिुद्ध इङ्ल्यान्डका लागि एडम लेलानाले इन्जुरी […]
September 4, 2016
काठमाडौं (हाम्रो खेलकुद )– न्यू डायमन्ड एकेडेमीले राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । लगातार चौथो पटक उपाधि जित्ने क्रममा न्यू डायमन्डले आइतबार शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा प्रतिभा मालीले सर्वाधिक २५ स्कोर गरिन् । कप्तान ललिता नाथले ८ र पनमिका राईले ७ स्कोर गरिन […]
September 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एक अंडर ७१ स्कोर गर्दै टेन्डी शेर्पाले शनिबार सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको सातौं संस्करण जितेका छन् । पवित्र कार्की, रोबिन राणा र सन्जय पौडेलले समान इभन पार ७२ को स्कोर गरेपछि काउन्ट ब्याकका आधारमा पवित्र दोस्रो र रोबिन तेस्रो भए । पृथ्वी मल्लले ५ ओभर ७७ स्कोरसाथ वेस्ट ग्रसको उपाधि […]
September 3, 2016
लामाचौर – साविक विजेता न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब लामाचौरमा भैरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छन । शनिबार डायमन्डले पश्चिमाञ्चलाई २५–१५, २५–१५, २५–१६ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । डायमन्डलाई फाइनलमा पु¥याउदा प्रतिभा माली, कृपा अधिकारी, कप्तान ललिता नाथ, पनमिका राईले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा राष्ट्रिय टोलीकी समेत […]
September 3, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा भदौ ५ गतेबाट सुरु भएको ‘बि’ डिभिजन लिगमा सबै टोलीले तेश्रो चरणको खेल खेलिसकेका छन् र लिगमा ५ दिनको विश्राम चलिरहेको छ। चार खेल खेलेको न्यु रोड टिम (एन.आर.टि) दश अंकका साथ अग्रस्थानमा छ भने आर.सी.टि. ८ अंक बोकेर दोश्रो स्थानमा रहेको छ। लिगको अन्तिम स्थानमा भने कुनै अंक नजोडेको […]
September 2, 2016
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबलाई हराउँदै न्यु डाइमन्ड एकेडेमी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । नवआदर्श सामुदायिक विकास समाजको आयोजना शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५–११,२५–१७ र २५–१५ले हराउँदै अन्तिम चार पुगेको हो । न्यु डाइमन्ड समूह कको विजेता र हारका वावजुद आर्मी समूहको उपविजेताका रुपमा अघि बढेको हो […]
September 2, 2016
हाम्रो खेलकुद – लियोनेल मेस्सीको गोलको मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत उरुग्वेलाई १-०ले पराजित गरेको छ। राष्ट्रिय टोलीबाट सन्यास लिएपछि पुनरागमन गरेका मेस्सीले खेलको ४२औं मिनेटमा गोल गरेका थिए। उनिसंगै डि मारीया र मासेरानोले पनि सन्यास फिर्ता गरेका छन्।
September 2, 2016
हाम्रो खेलकुद – कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सफल पुनरागमन गरेका छन्। अर्जेन्टिना उरुग्वेबिच जारी खेलमा मेस्सीले ४२’औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। मेस्सीले सन्यास फिर्ता लिएसंगै टोलीमा कप्तानको भुमिका पनि निर्वाह गर्दैछन्।
September 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रियो ओलम्पिककी सबैभन्दा कम उमेरकी पौडी खेलाडी गौरिका सिंहको आज शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीलेद्वारा सम्मान भएको छ। केही साता अघि मात्र ब्राजिलको रियामा सम्पन्न ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ बर्षे गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् । बेलायतमा परिवारका साथ बस्दै आएको र उतैबाट रियोमा गएका […]
August 31, 2016
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता यो महिनाको अन्तिममा सञ्चालन हुने भएको छ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम हुन लागेको प्रतियोगिता भदौं २८ देखि असोज ३ गते सम्म चल्ने छ । प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार पत्रकार सम्मेलनमासंघका […]