October 8, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८को छनोट चरण अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले चेक रिपब्लिक विरुद्ध ३-०को सहज जित दर्ता गरेको छ। थोमस मुलरको १३औं मिनेटको गोलले अग्रता लिएको जर्मनी टोनी क्रुसले ४९औं मिनेटमा गोल गर्दा २-०ले अघि बढेको थियो। मुलरले पुन: एकपटक गोल गर्दै जर्मनीलाई ८५औं मिनेटमा ३-०को स्थितिमा पुर्याएका थिए। छनोटको पहिलो खेलमा […]
October 8, 2016
हाम्रो खेलकुद – क्रिस्टियानो रोनाल्डोले एक्लै चार गोल गरेपछि पोर्चुगलले एन्डोरामाथि ६-०को सहज जित हात पारेको छ। विश्वकप २०१८को छनोटचरण अन्तर्गत पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले दोश्रो मिनेटमै गोलको खाता खोले। लगत्तै चौथो मिनेटमा दोश्रो गोल गरेका रोनाल्डोले ४७औं र ६८औं मिनेटमा थप दुई गोल गरेका थिए। पोर्चुगलका लागि अन्य दुई गोल जोआवो क्यान्सेलो […]
October 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु फुटबलका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले नेपाल पुलिस क्लब छाडेका छन्। नेपाल पुलिस क्लबको फुटबल इतिहासको स्वर्णिम युगलाई प्रशिक्षण दिएका श्रेष्ठले उपाधिसंगै राष्ट्रिय टोलीका लागि धेरै खेलाडी उत्पादन पनि गरेका थिए। पुलिसको तिन लिग उपाधि, एक राष्ट्रिय लिग उपाधि र धेरै मोफसल कपहरुमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठको केहि साताअघि सम्मानका […]
October 7, 2016
हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत अर्जेन्टिना र पेरुबिच खेलिएको खेल बराबरीमा टुङ्गिएको छ। मेस्सिबिना मैदानमा उत्रिएको अर्जेनटिनाले दुईपटक अग्रता लिएतापनि त्यसलाई बचाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो। अर्जेन्टिनाका लागि फुनेस मोरी र गोन्जालो हिगुएनले गोल गरेका थिए। बराबरीले अर्जेनटिनाको छनोट हुने आशालाई केहि गाह्रो हुने देखिएको छ। ९ खेलमा १६ […]
October 6, 2016
आज राती भएको बिश्वकप छनोट अन्तर्गतको युरोपको खेलहरुमा आयरल्याण्ड, सर्बिया, ईजरायल, अलबानिया, आईसल्याण्ड र क्रोसियाले जित हात परेका छन। त्यसै गरी स्पेन र ईटाली बिचको खेल भने ड्रमा टुङिएको थियो। आज भएको खेलहरुमा अष्ट्रीया र वेल्सलाई २-२मा रोक्यो भने आयरल्याण्डले जर्जियाबिरुद्द १-० , सर्बियाले मल्डोभाबिरुद्द ०-३, ईजरायलले मेसोडोनियाबिरुद्द १-२, अलबानियाले लिचेस्टाईनबिरुद्द ०२, आईसल्याण्डले फिनल्याण्डबिरुद्द ३-२ र […]
October 6, 2016
टोकियो (एजेन्सी) – रसिया विश्वकपका लागि जारी एसियाली छनोटमा बिहीबार दक्षिण कोरिया, जापान, युएइ, इरान र सिरिया विजयी भएका छन् । समूह एमा फरवार्ड सन ह्युग मिनको निर्णायक गोलमा दक्षिण कोरियाले कतारलाई ३–२ ले हरायो । सोही समूहको अर्को खेलमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा सिरियाले चीनलाई १–० नै हरायो । इरानले उज्वेकिस्तानलाई १–० ले पराजित […]
October 6, 2016
काठमाडौं – विजया दशमीको अवसर पारेर बिहीबार भएको मैत्रीपूर्ण फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ४–१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा परिसरमा रहेको मैदानमा भएको खेलमा एन्फाका लागि रवि महर्जन, मेघराज केसी, लव खत्री र नविन पाण्डेले गोल गरे । मञ्चका सुवास हुमागाईले १ गोल फर्काएका थिए । […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पेचिलो बन्दै गएको नेपाली क्रिकेटको विवाद समाधान गर्न लागि भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ । ६ सदस्यीय भनिएपनि समितिमा अहिले सम्म ४ जनाको मात्र नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एक […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त नैकापले बडा दशै र दिपावलीको अवसरमा तथा नैकाप मैदानलाई राष्ट्रिय स्तर बनाउने उद्देश्यका साथ यसै महिनाको अन्त्यमा नैकाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नं २५ स्थित नैकाप मैदानमा असोज २९ गते देखि कात्तिक १४ गते सम्म नैकाप गोल्डकप सञ्चालन हुने आयोजक समितिका सदस्य रवि […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग आयोजना अन्योलमै रहँदा बी डिभिजन लिग बिहीबार औपचारिक रुपमा सम्पन्न भएको छ । हरेक बर्ष हुनु पर्ने ए लिग यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र एक उपाध्यक्षको निर्वाचनका कारण मिति तय हुन सकेको छैन । एन्फाको निर्वाचन कात्तिक ८ गतेका लागि तय भएको […]