default_image

popular

msn

October 25, 2016

काटालान सुपर कपमा बार्सिलोना र इस्प्यानोल भिड्दै

नेपाली समय : बिहान १:१५ अक्टोबर २६ काटालान सुपर कपमा आज काटालान शहरका दुइ ठुला क्लबहरु बार्सिलोना र इस्प्यानोल भिड्दै छन । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । २०१४ मा भएको अघिल्लो संस्करणमा ९० मिनेटको खेल्ले निर्णय दिन न सकेपछी १-१ मा सकिएको खेल बार्सिलोनाले पेनाल्टी मार्फत जितेको […]

October 25, 2016

सिक्किममा झापा ११ को शान, अब गभर्नर्स गोल्डकपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग क्लब झापा ११ भारतको सिक्किममा जारी ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि नजिक पुगेको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा सोमबार भएको झापाले स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा नरेन्द्रमणि लिम्बुले इन्जुरी समयमा गरेको गोल नै खेलको […]

mmc

October 24, 2016

चितवनलाई हराउँदै मनाङ सेमीफाइनलमा

भरतपुर प्रतियोगिताकै बलियो देखिएको मनाङ मस्र्याङ्दी क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चितवन–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । मनाङका लागि खेलको दोस्रो र ६० औं मिनेटमा विदेशी खेलाडी अफिज […]

October 24, 2016

किकअफ र ताहाचल शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत सोमबार भएका खेलमा विजय हासिल गर्दै ताहाचल र किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएका छन् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ । सोमबार भएको खेलमा ताहाचलले सामाखुसी […]

October 24, 2016

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी, ५ मतले कर्माको हार

दिपेश तिमल्सिना (हाम्रो खेलकुद)  काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्र श्रेष्ठ र एक उपाध्यक्षमा मणी कुँवर निर्वाचित भएका छन् । दुई दशक भन्दा लामो समय गणेश थापाको पतनपछिको पहिलो निर्वाचनमा एकै प्यानलबाट लडेका श्रेष्ठ र कुँवर विजयी भएका हुन् । कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठलाई संस्थापन पक्षका रुपमा हेरिएको थियो भने […]

Alvaro Morata

October 24, 2016

कठिन जितपछी रियल मड्रीड ला लिगाको शिर्ष स्थानमा

ला लिगामा एथ्लेटिको बिल्बावोसँगको संघर्षपुर्ण जितपछी रियल मड्रीड अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । रियल म्याड्रीडको घरेलु मैदान सेन्टिएगो बर्नबाउमा भएको खेलमा मड्रीडले एथ्लेटिको बिल्बावोलाई २-१ ले हराएको छ ।  करिम बेन्जेमाले खेलको सातौ मिनेटमा इसकोलो पासलाई सदुपयोग गर्दै मड्रीड्लाई घरेलु समर्थकहरुको माझ अग्रता दिलाएका थिए । पहिलो हाल्फको २८ मिनेटमा मड्रीडको डिफेन्सबाट भुल भएपछी त्यसलाई […]

October 23, 2016

घले एन्फाको मानार्थ अध्यक्ष मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तासी घलेलाई आफ्नो मानार्थ अध्यक्ष मनोनित गरेको छ । एन्फा अध्यक्ष र एक उपाध्यक्षको चयनका लागि लागि सोमबार हुने निर्वाचनअघि आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले घलेलाई सर्वसम्मत मानार्थ अध्यक्ष मनोनित गरेको थियो । कार्यसमितिको निर्णयलाई सोमबार बस्ने साधारण सभाले पास गरेपछि घले मानार्थ अध्यक्ष बन्नेछन् । […]

October 23, 2016

पोखराको सहारालाई हराउँदै मोरङ सेमीफाइनलमा

भरतपुर (हाम्रो खेलकुद)– मोरङ फुटबल क्लब टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । चितवनमा जारी प्रतियोगितामा आइतबार पोखराको सहारा क्लब पोखरालाई २–१ ले हराउँदै मोरङले अन्तिम चारमा पुगेको हो । नारायणगढस्थित क्याम्पाचौरमा मोरङका लागि खेलको २१ औं मिनेटमा दीपक राईले गोल गरे । सहाराका विदेशी खेलाडी सेगुनले ३६ औंमा […]

October 23, 2016

एन्फा निर्वाचन- यथास्थिती की परिवर्तन मतदाताले निर्णय लिने समय आयो

दीपेश तिमल्सिना (हाम्रो खेलकुद)  अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले भन्ने गर्थे मैले छोडेको पछि एन्फाको चुनाव सहज हुन्न, दुई तीन प्यानल हुन्छ । यो उनले यसै भनेका होइनन् । एन्फा भित्रको गुट उपगुट राजनीति राम्रो सँग बुझेका उनको यो अनुमान गलत थिएन । तर, पछिल्लो २० बर्ष उनका लागि त्यही […]

October 23, 2016

एन्फा निर्वाचन पर्यवेक्षण गर्न फिफा र एएफसीका प्रतिनिधि नेपालमा

हाम्रो खेलकुद – सोमबार हुने एन्फाको अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचन पर्यवेक्षण गर्न फिफा र एएफसीक प्रतिनिधि नेपालमा आइपुगेका छन्। आज दिउसो एन्फाको सातदोबाटो स्थित केन्द्रीय कार्यालयमा एएफसी र फिफाको प्रतिनिधि र एन्फा निर्वाचन समितिबीच भेटघाट पनि भएको थियो। अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ र कर्म छिरिङ शेर्पा उठ्दैछन भने उपाध्यक्ष पदमा उपेन्द्र मन सिंह, मणि […]

Success

Thank you for your time.