default_image

popular

Nepal Football

November 6, 2016

नेपाल कहाँ पछि पर्यो?

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारीटि कप अन्तर्गत पहिलो खेलमा नेपालले शनिबार टिमोर लेस्टेसंग गोलरहित बराबरी खेल्यो। पहिलो खेलमा ब्रुनाईसंग ४-०को पराजय भोगेको टिमोरले नेपालको आक्रमक खेललाई पाखा लगाउँदै एक अंक चोर्न सफल रह्यो। नेपाल के कारणले बराबरीमा रोक्न पुग्यो, हेरौं केहि कमजोर पक्ष: १. कमजोर फिनिसिङ पहिलो हाफको सुरुवातमै नेपालले केहि राम्रो अवसर पाएको […]

sujal-shrestha

November 5, 2016

नेपाल र टिमोर लेस्टे बिचको हाइलाईट्स (भिडियो)

गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । भिडियो हाइलाईट्स

default_image

November 5, 2016

फितलो आक्रमणका कारण गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । खेलमा राम्रो पकड जमाउन सफल नेपालको प्रहार दुइ पटक पोस्टमा ठोक्कियो । पहिले नवयुगको बक्स बाहिरबाटको सानदार प्रहार पोस्टमा लाग्दा नेपालले ४७ मिनेटमा […]

November 5, 2016

नेपाल र टिमोर लेस्टबीच खेलको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको समूह चरणमा नेपाल र टिमोर लेस्टेबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समूह एको पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको लेस्टले नेपालविरुद्ध सुधारिएको प्रदर्शन गरेको छ । आजको खेल हारेमा लेस्टे प्रतियोगिताबाट बाहिरनेछ । नेपालको भने यो पहिलो खेल हो । नेपालले अर्को […]

November 5, 2016

टिमोर बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

एएफसि सोलिडारिटी कपमा टिमोर लेस्टे सङ भिड्दा सुरुवात गर्ने ११ खेलाडिको नामावली सार्वजनिक भएको छ । पहिलो रोजाइमा कप्तान अनिल गुरुङ पर्न नसकेपछी बिराज महर्जनले कप्तानी सम्हाल्ने छन । त्यस्तै अनिलको अनुपस्थितिमा बिमल घर्ती मगर र नवयुग श्रेष्ठले नेपालको आक्रमणको जिम्मा लिनेछन । ४ डिफेन्डर , ४ मिड्फिल्डर र २ फर्वार्डको साथमा उत्रीएको नेपालले सम्भवतः ४-४-२ […]

ANil Gurung

November 5, 2016

टिमोर लिस्टेविरुद्ध गोल गर्ने अनिल र सुजल मात्र टोलीमा

पहिलो रोजाइमा सुजलको मात्र सम्भावना काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र टिमोर लिस्टेबीच पाँच बर्षअघि दशरथ रंगशालमा दुईवटा खेल भएको थियो । सन् २०१४ को विश्वकपका लागि २०११ मा पहिलो चरणको छनोटमा यी दुई टोलीबीच प्रतिस्र्धा भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । दुई टोलीबीच त्यसयता पहिलो पटक आज (शनिबार) साँझ मलेसियाको […]

November 5, 2016

प्रधानसेनापति कप महिला फुटबलमा आर्मी र पुलिसलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाली सेना र नेपाल पुलिस आ आफ्नो पहिलो खेल जित्दै प्रधानसेनापति कप चौथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल आर्मीले शुक्रबार उद्घाटन खेलमा पूर्वाञ्चललाई ६–० ले र अर्को खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको थियो । सुरुआतबाट खेलमा हावी […]

November 4, 2016

अल्ट्रा धाविका मिरा एड्भेन्चर अफ दि इयरको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकको एड्भेन्चर अफ द इयर अवार्डको मनोयनमा पर्न सफल भएकी छिन् । नेसनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक गरेको उक्त अवार्डको मनोनयनमा पर्ने १० मध्ये मिरा एक हुन् । मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम […]

prativa

November 4, 2016

माल्दिभ्सको भलिबल लिगमा प्रतिभाको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) –  माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्न पुगेकी प्रतिभा माली पहिलो खेलमै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । नेपाली टोलकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिला सम्मिलित मिस्किनागु इमेन जी ग्लुहुन क्लबले शुक्रबार माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । दुई नेपाली रहेको ग्लुहुनले दुई अमेरिकी खेलाडी रहेको […]

November 4, 2016

तस्बिरमा टिमोर लेस्टेसँगको खेल अघिको नेपाली तयारी

सोलिडारिटी कपको पहिलो खेलमा नेपालले टिमोर लेस्टेको सामना गर्दै छ । मलेशियामा हुने खेल अघी नेपाली टोलिले हलुका अभ्यास गर्‍यो । खेल शनिबार नेपाली समय अनुसार साझाको ५:१५ मा सुरु हुनेछ ।    

Success

Thank you for your time.