default_image

popular

November 21, 2016

प्रतिभा र कोपिलाको टोली माल्दिभ्स भलिबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालि र कोपिला उप्रेतीको टोली मिस्कियागु इजी माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मिस्कियागुले माल्दिभियन स्पोर्ट्स एन्ड रिक्रियसन क्लब ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । लिगमा शीर्ष दुईस्थानमा रहेको टोलीको बीचको प्रतिस्पर्धातमा मिस्कियागु इजी २५–२०,२५–१५ र २५–१७ […]

November 21, 2016

नेपाली टोलीले अब साफ च्याम्पियनसिप नै कुर्नुपर्ने हो ?

काठमाडौं (हाम्रो खेलकुद)– सुन्दा अचम्म लाग्न सक्छ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहल गरेन भने एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका लागि आउने एक वर्ष कुनै खेल वा प्रतियोगिता छैन । बीचमा मैत्रीपूर्ण नभएकामा राष्ट्रिय टोलीले अब खेल्ने भनेको २०१७ को डिसेम्बरमा मा बंगलादेशमा आयोजना हुने साफ च्याम्पिएनसिपसम्म कुर्नुपर्ने […]

November 21, 2016

सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय, पुस ८ बाट सुरु हुने

काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना आयोजना गर्ने गरि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ मिति तोकेको छ । राखेपको सोमबार बसेको १ सय सातौं बैठकले पूर्वानिर्धारित स्थान पूर्वाञ्चलमै पुस ८ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । राखेपले सातौं राष्ट्रिय खेलकुदका लागि मिति तोकेको यो चौथो पटक हो […]

November 21, 2016

रेडबुल फुटसलमा रजनीले चउरलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले रेडबुल फुटसल लिगमा सोमबार चउर रिक्रियसन सेन्टर फुटसललाई ७ –२ ले हराएको छ । घरेलु मैदानमा रजनीलाई जिताउन रुसन केसीले ह्याट्रिक गरे भने सुमन कार्कीले २ तथा अविन थापा र आयुष कार्कीले समान १ गोल गरे । रजनीका  बिभोर गुरुङ म्यानअफ द म्याच चुनिए । चउरका संजोग महर्जनले २ […]

November 21, 2016

झापा एघार एपीएफसंग पराजित

हाम्रो खेलकुद – झापामा जारि सुरुङ्गा गोल्डकप अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (ए.पी.एफ)ले झापा एघार फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गरेको छ। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टी सुटआउटमा ५-४ले पराजित भएको हो। झापाका देवेन्द्र तामाङ्गको प्रहार गोल हुन नसकेपछि एपीएफले जित पक्का गरेको हो। स्टार खेलाडीको बाहुल्एता रहेको दुइ टोलीबीचको खेलमा […]

November 21, 2016

सुरुङ्गा गोल्डकपमा रुपन्देहीसँग आर्मीको हार

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देही ११ नेपाल आर्मी क्लबलाई २–१ हराउँदै सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आइतबार कनकाई माविको खेलमैदानमा भएको खेलमा रुपन्देहीले पहिलो हाफमै अग्रता लिएको थियो भने खेलअवधि भर दबाब बनाइराखेको थियो । रुपन्देहीका लागि दुवै गोल दीपक राईले गरे । ३५ औं मिनेटमा असिमजंग कार्कीको क्रस पासमा गोल […]

November 21, 2016

चेल्सी प्रिमियर लिगको शीर्षस्थान उक्लियो

लन्डन( एजेन्सी)– चेल्सी इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार मिडल्सब्रोलाई १–० ले हराउँदै चेल्सी शीर्षस्थानमा उक्लेको हो । डिएगो कोस्टाको गोलमा चेल्सीले जित हासिल गरेको थियो । लिगमा चेल्सीको यो लगतार छैटौं जित हो । ४१ औं मिनेटमा कर्नरमा आएको बलमा हुलमुलको बीचबाट कोस्टाले सेकेन्डबारमा गोल गरेका थिए । प्रिमियर लिगमा कोस्टाको त्यो […]

November 20, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोली फेरी असफल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य मञ्जु गुरुङ र अरुणा शाहीको टोली फेयस्टाको माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा यात्रा टुंगिएको छ । पहिलो चरण पार गरेको फेयस्दा आइतबार पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो । पुलिस २५–७,२५–१४ र २५–१५ ले विजयी भएको थियो । पहिलो चरणमा पुलिस तेस्रो र फेयस्दा चौथो भएको थियो […]

November 20, 2016

एपिएफकी कान्छीमायालाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज पिस म्याराथनअन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि एपिएफकी कान्छीमाया कोजुले जितिन् । उनले १ घण्टा २३ मिनेट २४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी थिइन् । १ घण्टा २३ मिनेट २६ सेकेन्डका साथ जुम्लाकी सुनमाया बुढा दोस्रो र १ घण्टा २६ मिनेट २४ सेकेन्डमा एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । नेपाली सेनाकी […]

November 20, 2016

सेनाका कृष्णले जिते नेपालगन्ज पिस म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज पिस म्याराथनको उपाधि नेपाली सेना कृष्ण बस्नेतले जितेका छन् । आइतबार उनले २ घण्टा २६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । म्याराथनका शीर्ष ५ भित्र सेनाका खेलाडी नै परेका छन् । सेनाकै खगेन्द्र बहादुर भाट दोस्रो र खड्ग बहादुर खड्का तेस्रो भए । खगेन्द्रले २ घण्टा […]

Success

Thank you for your time.