default_image

popular

June 13, 2016

स्पेन र चेक भिड्दै,सिल्भाको सयौं खेल

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा स्पेनको चर्चा नगर्दा त्यो अधुरो हुन सक्छ । पछिल्ला दुई संस्करण जित्ने स्पेनले यसपटक कसरी यात्रा सुरु गर्ला भन्ने विश्व भरका दर्शक उत्सुकतापूर्वक हेरिरहेका छन् । समूह डीमा स्पेनले अहिले ६ः४५ मा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्दैछ । स्पेनले पहिलोपटक सन् १९६४ मा घरेलु मैदानमा जितेको थियो । त्यसपछि स्पेनले २००८ […]

June 13, 2016

पाँचथर क्लबको प्रथम अधिबेशन सम्पन्न

दिपक बोहोरा ,पाँचथर पाँचथरको फिदिममा खेदकुदको बिकासका लागी भन्दै गठन भएको पाँचथर क्लबको प्रथम अधिबेशन शनिबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ । सदरमुकाम फिदिममा भएको अधिबेशनले अनुराग मगरको अध्यक्षयतामा १३ सदस्यसिय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा कविरमा तुम्बाफो र निशान शिवाकोटि रहनु भएको छ । भने महासचिबमा जगदिश ढुङगेल चयन हुनु भएको छ । […]

June 13, 2016

फाल्गुनन्द गोल्डकप २०७२ को हिसाब सार्वजनिक

दिपक बोहोरा ,पाँचथर पाँचथरको फिदिममा २०७२ पौष २५ देखि माघ २ सम्म सञ्चालन भएको सातै फाल्गुनन्द गोल्डकपको आय/ ब्याय आयोजक फिदिम स्पोटिङ क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ । फिदिम स्थित होटल आ:जिमामा पत्रकारहरु र स्थानिय राजनितिक दलका प्रतिनिधिहरुका बिच क्लबका कोषाध्यक्ष बिमल श्रेष्ठले सार्वजनिक गरेका हुन । खेल सकिएको चार महिना पछि […]

June 13, 2016

विवादास्पद गोलपछि ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो

मासाचुसेट (एजेन्सी) – विवादास्पद निर्णयसँगै ब्राजिल आइतबार कोपा अमेरिका सेन्टेनारियाको समूह चरणबाटै बाहिरिएको छ । आइतबार पेरुसँग १–० ले पराजित भएपछि ब्राजिल अमेरिकामा जारी कोपाको पहिलो चरणबाट बाहिरिएको हो । राउल रुडिजको विवादस्पद गोलका कारण पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह चरणबाटै निराश भएर फर्कन परेको हहो । सन् १९८७ यता ब्राजिल पहिलो पटक समूह […]

hermany

June 13, 2016

जर्मनीको सहज जित – पोल्यान्डको बिजयी सुरुवात

पेरिस (एजेन्सी) -विश्व कप विजेता जर्मनी र पोल्यान्डले जितका साथ युरोपियन च्याम्पियनसिपको यात्रा सुरु गरेका छन् । समूह सीमा जर्मनीले युक्रेनलाई २–० तथा पोल्यान्डले नर्दन आयरल्यान्डलाई १–० ले हराएको थियो । जर्मनीको जितमा सर्कोडान मुस्तफी र चोटमुक्त भएर फर्केका बास्टियन स्वान्सटाइगरले गोल गरेका थिए । टोनी क्रुसको फ्रिकिकमा हेडमार्फत मुस्तफीले हेडमार्फत पहिलो गोल गरेपछि जोचिम लोको […]

June 12, 2016

मोड्रिचको सनसनीपूर्ण गोलमा क्रोएसिया विजयी

पेरिस (एजेन्सी) – लुका मोड्रिचको सनसनीपूर्ण गोलमा क्रोएसियाले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । समूह डीको पहिलो खेलमा टर्कीलाई १–० ले हराएपछि क्रोएसियाले सफल सुरुआत गरेको हो । रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ४१ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट भलीमा सनसनीपूर्ण गोल गरेका हुन् । क्रोएसियाका डारिजो स्रान र इभान पिरिसिको प्रहार पोस्टमा लागेर […]

Gareth Bale

June 11, 2016

वेल्स र स्विट्जरल्याण्डको विजयी सुरुवात

बोर्डो – वेल्सले स्लोभाकियालाई २–१ ले पराजित गर्दै समुह ‘बी’को पहिलो खेलमा तिन अंक जोडेको छ । १९५८ को विश्वकप पछि कुनै पनि ठूलो प्रतियोगिता खेलिरहेको वेल्सका लागि रियाल मड्रिडका गेराथ बेलले गोल गरेका थिए ।१० औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा बेलले गोल गरेका थिए ।  दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश […]

June 11, 2016

सम्झनामा फुटबलका ललितकृष्ण

काठमाडौं (हाम्रो खेलकुद) – पदाधिकारीका रुपमा नेपाल फुटबलमा बेग्लै पहिचान बनाएका अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झानामा एन्फा मुख्य कार्यालय हाता भित्रै प्रतिमा स्थापना गरेको छ । श्रेष्ठका परिवार, एन्फा पदाधिकारी, फुटबलका राष्ट्रिय खेलाडी, शुभचिन्तकको उपस्थितिमा एन्फा कम्प्लेक्स सातदोबाटो परिसरमा शनिबार उनकी आमा नन्नु श्रेष्ठबाट प्रतिमा अनावरण गरेकी थिइन् । […]

June 11, 2016

मनाङ र एपिएफ बराबर

काठमाडौं – ललित स्मृति यु १८ को पहिलो खेलमा एपिएफ र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले २–२ को बराबरी खेलेका छन् । कुमार राईले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा टुंगिृको थियो । मनाङका लागि आशिष गुरुङले दुई पटक दिलाएको अग्रतालाई जोगाउन सकेन । आशिष गुरुङले छैटौं मिनेटमा गोल गदै मनाङलाई अग्रता दिलाएपनि ६३ औं […]

messi scores hatrick against Panama

June 11, 2016

सब्स्टिट्युट मेसीको ह्याट्रीक

आज भएको पनामा बिरुद्को खेलमा अर्जेन्टिनाले ५-०को ठुलो अन्तरले जित हासिल गरेको छ । खेलमा मेसीले दोस्रो हाल्फमा प्रवेश गर्दै ह्याट्रीक गरेका थिए । यो जित पश्चात अर्जेन्टिना कोपा अमेरिकाको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  पहिलो हाल्फमै १० खेलाडिमा सिमित हुन पुगेको पनामाले पहिलो हाल्फमै एक गोलले पछी परेको थियो । खेलको ७औ मिनटमै ओटामेन्डिले […]

Success

Thank you for your time.