default_image

popular

aguero costa

December 3, 2016

म्यानचेस्टर सिटिको सामना गर्दै चेल्सी

प्रीमियर लिगमा चेल्सिलाई इथिहाड रङशालामा निम्त्याउदा सिटी सामु चेल्सिको उत्कृस्ट लयलाई तोड्दै घरेलु दर्शकको अगाडी आफ्नो प्रतिश्प्रधीलाई  हराउने पक्ष्यमा हुनेछ । आर्सनलसङ ३-० को अपमानजनक हारको सामना गरेयता ६ प्रीमियर लिगको खेलहरु लगातार जितेको चेल्सी तेस्रो स्थामा रहेको म्यानचेस्टर सिटिभन्दा १ अंकले अगाडी छ । आर्सनलसङ ३-० को अपमानजनक हारको सामना गरेयता ६ प्रीमियर लिगको खेलहरु […]

messi ronaldo

December 3, 2016

एल क्लासिको – रियललाई हराउँदै दुरी छोट्याउने बार्साको दाउ

एल क्लासिकोमा घरेलु मैदानमा बार्सिलोनाले जिदानको मड्रीडलाई निम्त्याउदा बार्सा खेल जित्दै ६ अंकको दुरी छोट्याउने दाउमा रहने छ । यसअघी २ ला लिगका खेलमा लगातार बराबारी खेल्दै अंक गुमाएको बार्सिलोनाले नाउ क्याम्पमा घरेलु दर्शकको सामुन्ने मड्रीडलाई पाखा लगाउदै ३ अंक बटुल्न सके शिर्षस्थानबाट ३अंकको दुरिमा रहनेछ । आफ्नु कप्तान इनिएस्टालाई इन्जुरिका कराण गुमाएपछी बार्सिलोनाले पछील्लो ६ […]

December 2, 2016

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झानामा दशरथ रंगशालामा दीप प्रज्वलन

काठमाडौं (हाम्रो खेलकुद) – कोलम्बियामा सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ७१ जनाको शोकमा राजधानीमा शुक्रबार दिप प्रज्वलन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भित्र शुक्रबार साँझ मृतक आत्माको चिर शान्तीको कामना गर्दै दीप प्रज्वलन र शोकसभा गरेको छ । कोलम्बियामा बुधबारका लागि तय कोपा सुदामेरिका कपको फाइनलको पहिलो लेग खेल्न […]

December 2, 2016

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा अनिललाल छैटौं

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनिललाल श्रेष्ठ थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा छैटौं भएका छन् । थाइल्यान्डको पतायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा भइरहेको प्रतियोगिताअन्तर्गत अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए । ८ खेलाडी मध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा […]

December 2, 2016

भलिबलकी प्रतिभालाई न्यू डाइमन्डको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोलीकी खेलाडी प्रतिभा माली शुक्रबार आफै स्कुलमा सम्मानित भएकी छिन् । नैकापस्थीत न्यू डायमण्ड एकेडेमीले १० कक्षामा अध्ययनरत आफ्नै क्लबकी खेलाडी प्रतिभालाई नगद सहित सम्मानपत्र प्रदान गरेको छ । हालै सम्पन्न माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले प्रतिभालाई सम्मा गरेको हो । माल्दिभ्सको मिस्कीमागु इमेन क्लबबाट खेलेकी प्रतिभाले […]

December 2, 2016

रेडबुल फुटसलमा बानेश्वर र कुमारीलाई सफलता

काठमाडौँ (हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगमा शुक्रबार बानेश्वर रिक्रिएसन सेन्टर र कुमारी फुटसलले सफलता हात पारेका छन् । अवे खेलमा बानेश्वरले कौशलटारको एम्पेरियललाई ६–५ ले हरायो । विजयी टोलीका लागि कर्फु रसाइलीले ह्याट्रिक, करुण ज्ञवालीले २ र दिपु लामाले १ गोल गरे । एम्पेरियलका लागि म्यान अफ दि म्याच निराजन गैरे एक्लैले ४ गोल गरे […]

December 2, 2016

पुरुषमा आर्मीका दुवै टोली फाइनलमा, महिलातर्फ पुलिस र एपिएफ भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दुई टोलीबीच छैटौं पुरुष राष्ट्रिय बीच भलिबल च्याम्पियनसिप उपाधिका प्रतिस्पर्धा हुने भएको छ । आर्मी एका दिप खड्का र रिसिधन मगरको जोडी र आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले शनिबार फाइनल खेल्नेछन् । दिप र रिसिधनको जोडीले शुक्रबार नेपाल पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र […]

December 2, 2016

नेपाली महिला टोलीको अहिले सम्मकै कम स्कोर, भारतसँग २१ रनमा अलआउट

 काठमाडा(हाम्रो खेलकुद) – लज्जास्पद हारसँगै नेपाली महिला क्रिकेट टोलीको एसिसी महिला एसिया कप टि ट्वान्टीमा यात्रा टुंगिएको छ । लिगको आफ्नो अन्तिम खेलमा शुत्रफबार साविक विजेता भारतविरुद्ध नेपाली टोली ९९ रनको भारी अन्तरले पराजित भएको छ । यद्दपी यो पहिलो लज्जास्पद हार भने होइन । अघि अघिका चारै खेलमा पनि नेपाल निकै फराकिलो अन्तरले पराजित […]

December 1, 2016

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा विमल र अनिलको खेल

काठमाडौं (हाम्रो खेलकुद) – आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबार थाइल्यान्डको पतायामा सुरु हुनेछ । एक महिलासहित ४ नेपाली खेलाडीले प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजना प्रतियोगिता सञ्चालन हुदैछ । शारीरिक सुगठनको पुरुष ६५ […]

Ronaldinho

December 1, 2016

रोनाल्डिन्हो शोकमा रहेको चापेकोएन्सीबाट खेल्न सन्यास फिर्ता लिन सक्ने

कोलम्बिया (एजेन्सी) – ब्राजिलिय क्लब चापेकोउन्सीका खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटनाले फुटबलसँग जोडिएका सबै स्तब्ध छन् । कोपा सुदनामेरिका फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया पुग्ने क्रमा विमान दुर्घाटनामा परेपछि ब्राजिलियन क्लबले अधिकांश टोलिनै गुमाएको थियो । अहिले विश्वभरबाट क्लबलाई सहयोग गर्नेहरु इच्छुक देखिएका छन् । कतिपय ब्राजिलियन क्लबहरुले सित्तैमा आफ्नु खेलाडी लोनमा खेल्न पठाउने […]

Success

Thank you for your time.