January 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरु सम्मिलित सिएमजी क्लब भेट्रान्स टोली भारतको कोलकातामा जारी आठौं कोलकाता भेट्रान्स अन्तर्राष्ट्रिय आमन्त्रण सकर च्यालेन्जको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टोलीका पूर्व कप्तान बालगोपाल महर्जनले टेलिफोनमा दिएको जानकारी अनुसार समूह बीको विजेताका रुपमा सिएमजी अन्तिम चारमा पुगेको छ । एट ए साइडको पहिलो खेलमा कोलकाता भेट्रान्ससँग […]
January 22, 2017
पोखरा (हाम्रो खेलकुद)– हङकङमा कानुन व्यवसायीका रुपमा सक्रिय देव गुरुङले सहारा एकेडेमीका लागि आर्थिक सहयोग गरेका छन् । गुरुङले आइतबार एकेडेमीका लागि २ लाख ५० हजार रुपैयाँ क्लबलाई हस्तान्तरण गरेका छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र धरान फुटबल क्लबबीचको क्वार्टरफाइनल खेलको मध्यान्तरका दौरान […]
January 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय युवा अभियानको आयोजनामा काठमाडौंमा सर्वाधिक पुरस्कार राशिको ‘प्रथम राष्ट्रिय पुरुष भलिबल रनिङ शिल्ड’ प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय युवा अभियानको स्थापना दिवसको अबसर पारेर काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गरायो । प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी, नेपाल प्रहरी र नेपाल एपिएफ क्लबसहित […]
January 22, 2017
पोखरा (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको दोस्रो खेलमा धरानलाई ४-१ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। मनाङका लागि कप्तान अनिल गुरुङ्ले २ तथा सुजल श्रेष्ठले २ गोल गरेका थिए। खेल पश्चात बोल्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले समयमै गोल निस्केका कारण खेल सहज भएको र खेलाडी त्यसपछि […]
January 22, 2017
पोखरा (हाम्रो खेलकुद)– सहज जितका साथ लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धरान फुटबल क्लबलाई ४–१ ले हराउँदै साविक विजेता मनाङ उपाधि रक्षा गर्ने क्रममा अन्तिम चारमा पुगेको हो । मनाङले संकटा र बांगलादेशको फारसीगानीको बिजेतासँग सेमिफाइनल खेल्नेछ। दुई गोल गरेका सुजल श्रेष्ठ म्यान अफ द […]
January 22, 2017
१५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता दोस्रो क्वार्टरफाइनल पोखरा रंगशाला,९ माघ २०७१ मनाङ ४-१ धरान मनाङ – अनिल गुरुङ (कप्तान), सुजल श्रेष्ठ, विराज महर्जन, विक्रम लामा, रोहित चन्द, बिमल राना, कमल श्रेष्ठ, दिनेश थापा मगर (गोलकिपर), डोना थापा, एडामा बो सिसोको, आफिज ओलावाले धरान – पूर्ण चेम्जोङ (गोलकिपर), विष्णु सुनुवार (कप्तान), हेम गुरुङ, हेमु […]
January 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टले गत साताबाट स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिन सुरु गरेका छन् । अभ्यास र ट्रायलका लागि भन्दै अन्जन जनवरी ९ मा त्यसतर्फ प्रस्थान गरेका थिए । उनी तीन महिनाका लागि त्यहाँ पुगेका हुन् । ‘५/६ दिन देखि प्रशिक्षण गरिरहेको छु’ अन्जनले हाम्रो खेलकुदसँग टेलिफोनमा भने, ‘कहिले सम्म […]
January 21, 2017
एजेन्सी – दुइ गोलले पछि परेको स्थितिलाइ उल्टाउदै इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राती भएको खेलमा टोटेन्हम हट्स्परले म्यानचेस्टर सिटिसंग २-२को बराबरी खेलेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोश्रो हाफको सुरुवातमै अग्रता लिएको थियो। स्पर्सका गोलरक्षक ह्युगो लोरिसले गरेको दुवै गल्तिको फाइदा उठाउदै लेरोय साने र केभिन डे ब्रुयेनले गोल गरेका थिए। तर […]
January 21, 2017
म्याड्रिड (एजेन्सी) – चालिस खेलको अपराजित यात्रापछि लगातार दुई खेलमा हार व्येहोरेको रियल म्याड्रिडले स्पेनिश ला लिगा अन्तर्गतको खेलमा मालागालाइ २-१ले पराजित गरेको छ। ३५औं मिनेटमा सर्जियो रामोसको गोलले अग्रता लिएको म्याड्रिडका लागि कप्तान रामोसलेनै ४२औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। दोश्रो हाफमा केहि फिका देखिएको म्याड्रिडलाइ मालागाका वान्पीले ६३औं मिनेटमा गोल गर्दै खेललाई २-१को […]
January 21, 2017
एजेन्सी – वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका वायन रुनीले खेलको अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर युनाईटेडले स्टोक सिटिसंग १-१को बराबरी खेलेको छ। खेलको १९औं मिनेटमा वान माटाको आत्मघाती गोलको मद्दतले खेलमा अगाडी बढेको घरेलु टोली जितको नजिक पुगेर अन्तिम समयमा रुनीले गोल गरेपछि तिन अंक जोड्नबाट बन्चित भएको थियो। रुनीले खेलको अन्तिम मिनेटमा फ्रिकिक […]