February 13, 2017
उदयपुर, (हाम्रो खेलकुद)- उदयपुर गोल्डकपको पहिलो सेमिफाइनल खेलमा गत शनिबार सिमरा गोल्डकपको उपाधि जितेको सिएमसी संकटा क्लबलाई २-१ले पराजित गर्दै मोरङ ११ फाईनल प्रवेश गर्न सफल भएको छ। खेलको म्यान अफ द म्यात्च मोरङका भुवन बस्नेत घोषित हुदै नगद पांच हजार प्राप्त गरे। पहिलो हाफमा दुवै टोलि गोल गर्न असफल भएपनि खेलको ६९औ मिनेटमा भुवन बस्नेतले गोल गर्दै मोरङलाई […]
February 13, 2017
बंगलादेश (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदि क्लब अर्को साताबाट बंगलादेशमा सुरु हुने सेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को समूह ‘बि’ मा परेको छ। आज एक कार्यक्रम बीच भएको समुह विभाजन कार्यक्रममा दुइ समूहको टुंगो लागेको थियो मनाङसंगै समूह ‘बि’मा अफगानिस्तानको सहिन अस्माये र बंगलादेशका क्लबहरु सी.टि.जी. अबहानी र मोहमडेन स्पोर्टिंग रहेका छन्। समूह ‘ए’मा माल्दिभ्सको […]
February 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरेको छ। नेपाल सरकारले खेलाडीहरु र मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जनही ३ लाख प्रदान गरेको थियो। सहायक प्रशिक्षक राजु काजी शाक्यले २ लाख र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसालले जनही […]
February 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्ट स्पेनको बार्सिलोनामा सम्मानित भएका छन् । स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिइरहेका उनलाई नेपाली समुदायको जनप्रगतिशिल मञ्च, स्पेनले आइतबार सम्मान गरेको हो । फुटबलमार्फत देशलाई अन्र्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गरेको भन्दै अन्जनलाई मञ्चले सम्मान गरेको थियो । ‘ विश्वको जुन सुकै ठाँउमा पुग्दा पनि नेपालीबाट माया […]
February 13, 2017
गाईघाट (हाम्रो खेलकुद)– ए डिभिजन क्लब सिएमजी क्लब संकटाले रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सोमबार मोरङ ११ को सामना गर्दैछ । रुस्लान आठौं सिमरा गोल्डकपको उपाधि जितेको दुई दिनपछि क्लब संकटा बर्षको तेस्रो उपाधि जित्ने क्रममा आजको अन्तिम चारमा भिड्दैछ । त्रिभुवन आर्मी क्लबलाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै संकटाले सिमरा गोल्ड […]
February 12, 2017
लन्डन (एजेन्सी)– उत्कृष्ट फ्रिकिकमार्फत रोबी ब्रेडीले गोल गरेपछि बनर्लीले प्रिमियर लिगको शीर्षस्थानको चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । भ्रमणकारी टोलीले खेलको सुरुआतमै अग्रता लिएर जितको सम्भावना बढाएको थियो । पेद्रोले सातौं मिनेटमै गोल गरेर टोलीलाई अघि बढाएका थिए । तर पहिलो हाफमै २४ औं बर्नलीले गोल फर्कायो ।अपराजित यात्रालाई पाँच खेलसम्म पुर्याएको चेल्सीले बराबरीपछि […]
February 12, 2017
लामोसाँघु /सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – न्यु खाडीचौर युवा क्लबले सिन्धु युवा कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । बसन्तपुर मैदानमा भएको फाइनलमा खाडीचौरले न्यु जनेरेसन युवा क्लब राम्चेलाई १–० ले हराउँदै उपाधि जितेको थियो । योगराज तामाङको गोल खाडीचौरलाई उपाधि दिलाउन पर्याप्त रह्यो । योगराजले ५८ औं मिनेटमा गोल गरेका थिए । उपाधिसहित खाडीचौरले ७० […]
February 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा मंगलबारदेखि सुरु हुने अन्तर कलेज सुपर इन्डोर क्रिकेटमा १६ टोली ४ समुहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा कोटेश्वरस्थित अल्टिमेट इन्डोर्स क्रिकेटमा हुने प्रतियोगितामा १६ टोली ४ समुहमा प्रतियोगितको अन्तिम ८ मा प्रवेश गर्न लिग चरणमा भिड्ने छन । लिग कम नकआउट प्रतियोगितामा […]
February 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले क्लब फुटबललाई विकास गर्ने हेतुले यसै वर्षदेखि एएफसीको क्लब लाइसेन्सिङ प्रणाली लागु गर्ने भएको छ। यसैका लागि शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स एएफसीका क्लब लाइसेन्सिङका अध्यक्ष महाजन वासुदेबन नाएर र ए डिभिजन क्लबहरुको प्रतिनिधिबीच एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्लब लाइसेन्सिङका सम्भावना र सिमितताका विषयमा क्लबहरुले […]
February 12, 2017
उदयपुर (हाम्रो खेलकुद)– रुपन्देही ११ रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आइतबार थारुहट उदयपुर रंगशाला गाईघाटमा झापा ११ लाई सडन डेथमा हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । रुपन्देही सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्नेछ । आइतबारको नतिजासँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । अर्को सेमिफाइनल सिएमजी क्लब संकटा र मोरङबीच हुनेछ […]