default_image

popular

default_image

April 18, 2017

एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता समिर र भीम सम्मानित

 काठमाडौं (हाम्रो खेलकुद)-  विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता खेलाडी सम्मानित भएका छन् । दुवै पदक विजेता खेलाडीलाई बतासे ट्रेल्सले जनही १०–१० हजार र सम्मान पत्रले मंगलबार सम्मानित गरेको हो । खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, बतासे ट्रेल्सका अध्यक्ष सुजन तामाङ र सिन्धुपाल्चोक जिल्ला […]

April 18, 2017

डीपीएलमा बुधबारबाट प्लेअफ हुने

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत लिग चरणको खेल समाप्त भएसंगै प्लेअफमा पुग्ने टोली र प्लेअफ समीकरण पनि पुरा भएको छ। लिगको पाँच खेलमा ४ जित र १ हारसंगै ८ अंक जोडेको रुपन्देही लिग तालिकाको शीर्षस्थानमा रह्यो। उसले ६ अंक बोकेर दोश्रो स्थानमा रहेको बिराटनगर किङससंग पहिलो क्वालिफायर खेल खेल्नेछ। यस खेलमा जित […]

April 18, 2017

भुवनेश्वर कुमार चम्कदा हैदराबादको जित

भारत (एजेन्सी)- जारी इन्डियन प्रिमियर लिगको आज भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले किङ्गस् ११ पन्जाबलाई ५ रनले पराजित गरेको छ।  घरेलु मैदानमा टस हार्दै पहिले ब्याटिंग गर्ने निम्तो पाएको हैदराबादले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। हैदराबादकालागि ओपनिंग ब्याट्सम्यान डेभिड वार्नर पुरा इनिंग नटआउट रहदै ५४ बल खेलेर टोलिका लागि […]

April 17, 2017

चेल्सी छोड्ने तयारीमा टेरी

लन्डन (एजेन्सी)– चेल्सीका कप्तान जोन टेरीले सिजनको अन्त्यसँगै क्लबसँगको लामो सहकार्यको अन्त्य गर्ने भएका छन् । टेरी र चेल्सीले संयुक्त रुपमा विज्ञप्ती जारी विज्ञप्तीमा सिजनको अन्त्यपछि क्लब छोड्ने जानकारी दिइएको छ । ‘ एउटा महान क्लबमा २२ बर्ष विताएपछि धेरै भन्नु छ र धेरैलाई धन्यवाद दिनुछ ’ टेरीले चेल्सी एफसी डटकमलाई भनेका छन्,‘प्रशिक्षक, टोलीका साथीहरु, […]

April 17, 2017

दिल्लीलाई पराजित गर्दै कोलकता आईपिएलको शीर्ष स्थानमा उक्लियो

भारत (एजेन्सी)- इन्डियन प्रिमियर लिगमा अन्तर्गतको आजको पहिलो खेलमा दिल्ली डेरडेभिल्सलाई ४ विकेटले पराजित गर्दै कोलकता अंक तालिकको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।  टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो। दिल्लीका लागि प्रारम्भिक ब्याट्सम्यान संजु सामसनले २५ बलमा सर्भाधिक ३९ रन बनाए। […]

April 17, 2017

पाँचथर गोल्डकप- पथरी स्पोर्टिङ क्लब अन्तिम चारमा

दिपक बोहोरा पाँचथर- पथरी स्पोर्टिङ क्लब फिदिममा जारी प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम उच्च माविको खेल मैदानमा सोमबार भएको खेलमा नेपाल प्रहरी पूर्वाञ्चललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पथरी स्पोर्टिङ क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो । पथरीको जितमा कृष्ण राईले दुई तथा साइमन लिम्बु र दिपक […]

April 17, 2017

आर्मी र एपिएफलाई क्लब लिग भलिबल उपाधि

 काठमाडौं (हाम्रो खेलकुद)-  पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले लिगमा अपराजित रहेको एकमात्र टोली विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । […]

April 17, 2017

प्रिमियर लिगमा युनाइटेडसँग चेल्सीको हार

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग आज शीर्ष स्थानको चेल्सीलाई २–० ले पराजित गरेको छ । यो सिजनमा अघिल्ला दुई खेलमा चेल्सीले युनाइटेडलाई हराएको थियो । युनाइटेडले चेल्सीलाई ९ खेलयता पहिलो पटक हराएको छ । खेल सुरु हुन अगाडि वार्मअपमा नियमित रक्षक मार्कस ओलन्सो घाइते भएपछि चेल्सीको रक्षापक्ति सुरुआतबाट कमजोर देखिएको थियो । त्यसको […]

April 17, 2017

लिभरपुल प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

लन्डन (एजेन्सी)– रोर्बेटो फेर्मिनोले सिजनको व्यक्तिगत ११औ गोल गरेपछि प्रिमियर लिगमा आइतबार लिभरपुलले वेस्ट ब्रुमविचलाई १–० ले हराएको छ । पहिलो हाफको इन्जुरी समयमा फेर्मिनोले गरेको गोलनै लिभरपुललाई जित दिलाउन पर्याप्त रह्यो । जेम्स मिल्नरको फ्रिकिकलाई लुकास लिभाले फ्लिक गर्दै मिलाएको बललाई फेर्मिनोले हेडमार्फत गोल गरेका थिए । जितपछि ६६ अंकका साथ लिभरपुल तेस्रो स्थानमा छ […]

April 16, 2017

सिएमजी संकटाले पुरस्कारको आधा रकम खेलाडीलाई बाड्यो

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटाले गत बर्ष मोफोसलका सात प्रतियोगितामा जितेको पुरस्कार रकममध्ये ५० प्रतिशत खेलाडीलाई वितरण गरेको छ । २०७३ सालमा आयोजित नकआउट प्रतियोगितामध्ये सात वटामा संकटा फाइनल पुगेको थियो भने त्यसमध्ये तीन वटा उपाधि जितेको थियो । टोलीले चितवनको विकास रनिङ शिल्ड, सिमरा गोल्ड कप र तिलोत्तमा गोल्ड कप जितेको थियो । […]

Success

Thank you for your time.