default_image

popular

May 7, 2017

सेमिफाइनल समिकरण पुरा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको सेमीफाईनलमा समिकरण पुरा भएको छ । बारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसंगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह बी मा रहेका बारा र कैलालीले आफ्नो पहिलो खेलमा पराजित भएका कारण जित्ने टीम सेमिफाईनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ […]

May 7, 2017

शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन आज एक कार्यक्रम बीच सम्पन्न भएको छ। फाउन्डेसनको दर्ता प्रक्रिया पुरा भएसंगै पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइएको थियो। फाउन्डेसनले हाललाई १५ व्यक्तिगत खेलकुदमा आफ्ना योजना रहेको जानकारी दियो। सुझाव संकलन तथा खेलाडी छनोटको […]

May 7, 2017

राष्ट्रिय फुटबल खेलाडी भरत विवाह बन्धनमा बाँधिए

काठमाडौं(हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास शनिबार विवाह बन्धनमा बाँधिएका छन् । ललितपुरकै बासिन्दा रुमा अवालेसंग भरतको केहि बर्षदेखि प्रेम सम्बन्ध थियो। ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेलेका भारत हाल त्रिभुवन आर्मी क्लबका कप्तान रहेका छन्। हाम्रो खेलकुद डट कम तर्फबाट नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना !

May 5, 2017

फुटबल टोलीले मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आगामी जेष्ठ ९ गते मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। फुटबल एसोसिएसन अफ मलेसियाको आमन्त्रणमा नेपाली टोली मलेसिया जान लागेको एन्फाले बताएको छ। दक्षिण पूर्वी खेलकुदलाई लक्षित गरेर मलेसियाले आफ्नो टोलीको तयारीको सिलसिलामा नेपाललाई मैत्रीपूर्ण खेलको लागि आमन्त्रण गरेको हो। यसघि नेपाल र मलेसियाले […]

May 4, 2017

रुस्लान अत्तरिया महिला क्रिकेट सुरु, एपिएफ ७ विकेटले विजयी

धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एपिएफले पहिलो दिन बिहीबार मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराएको छ । ९४ रनको लक्ष्य पछ्याएको एपिएफले ज्योती पाण्डेको अविजित अर्धशतकसँगै १५.५ ओभरमा ३ विकेट गुमाएर ९६ रन बटुलेको थियो । पुरा इनिङ ब्याटिङ गरेकी ओपनर […]

May 4, 2017

नेपाल फिफा वरियतामा तल झर्यो

काठमाडौँ (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको वरियतामा ३ स्थान तल झर्दै नेपाल १ सय ७३ स्थानमा पुगेको छ । बिहिबार सार्वजनिक गरिएको वरियतामा नेपाल ३ स्थान तल झरेको हो । वरियताक्रममा तल झरेपनि दक्षिण एसियाली राष्ट्रमा नेपाल पाँचौं स्थानमा यथावत छ । अघिल्लो महिना १०१ स्थानमा रहेको भारत १०० स्थानमा उक्लेको छ । २१ […]

May 4, 2017

राष्ट्रिय टोलीको प्रशिक्षण [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ। पहिलो दिनका प्रशिक्षणक केहि तस्बिरहरु:

May 4, 2017

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ। जापानिज प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्धको खेलमा छनोट गरिएका २७ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नेपालले आगामी जुन १३ तारिखमा एएफसी एसियन कपको छनोट चरण अन्तर्गत दोश्रो खेलमा यमनको सामना गर्दैछ। हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने […]

May 3, 2017

कहाँ छन् नवयुग श्रेष्ठ?

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठ गत महिना खेलिएको फिलिपिन्स विरुद्धको एएफसी एसियन कप छनोट चरण अन्तर्गतको टोलीमा अटाएका थिएनन्। त्यसबेला चोटका कारण टोलीमा नपरेपछि उनले त्यसयता विश्राम लिंदै आइरहेका छन्। फिलिपिन्स विरुद्धको खेलपछि नेपालमै आयोजित घरेलु प्रतियोगितामा पनि नवयुग आर्मीको टोलीमा थिएनन्। नवयुगकै गृहनगर इलाममा आयोजित माइभ्याली गोल्डकपमा आर्मी […]

May 2, 2017

नेपाली क्रिकेटको विवाद सुल्झाउन एक महिने अल्टिमेटम

काठमाडौँ (हाम्रो खेलकुद) – गत बैशाखमा निलम्बनमा परेको नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसीले दिएको म्याण्डेट अब केहि सातामात्र बाँकी छ। निलम्बनमा परेको १ वर्ष बितिसक्दापनि केहि विकास हुन नसकेपछि अब नेपाली क्रिकेटनै आइसीसीबाट खारेजीमा पर्ने खतरा बढ्दै गएको छ। आइसीसीको जुनमा बस्ने बोर्ड बैठकले नेपालजस्तै निलम्बनमा रहेको अमेरिकी क्रिकेट बोर्डलाई खारेज गर्न सक्ने समाचार […]

Success

Thank you for your time.