default_image

popular

May 10, 2017

महिला फुटबल टोलीको प्रशिक्षण तीव्र

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण तीव्र गतिमा जारि रहेको छ। नेपालले जेष्ठ ९ गतेका दिन मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघले जनाएको छ। मलेसियामा हुने खेलका लागि कुमार थापाको प्रशिक्षक्त्वमा हाल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा राष्ट्रिय फुटबल टोली […]

May 9, 2017

इब्राहिमोभिचको तलब सार्वजनिक

जर्मनी (एजेन्सी) – जर्मनीका पत्रकारहरुले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको तलब सार्वजनिक गरेका छन् । उनीहरुको दावी अनुसार युनाइटेडका स्ट्राइकरले एक बर्षमा १९ मिलियन पाउण्ड कमाउछन् । जर्मनीमा प्रकाशित ‘फुटबल लिक्स’ नामक किताब अनुसार ज्लाटनले साताको ३ लाख ६७ हजार पाउण्ड(करिब ५ करोड नेपाली रुपैंया) कमाउछन्। उक्त रिपोर्टका अनुसार यो तलब संसारका सबैभन्दा महँगा खेलाडी पल […]

May 9, 2017

अत्तरिया कपका व्यक्तिगत उपाधि विजेताहरु

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको उपाधि राईजिङ क्रिकेट वुमनले फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई १६ रनले पराजित गर्दै जित्यो। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत उपाधि जित्न सफल खेलाडीहरु निम्नानुसार छन्: उत्कृष्ट खेलाडी: पुजा निमा भाट (राइजिङ क्रिकेट फर वुमन) – नगद २५ हजार उत्कृष्ट ब्याट्सवुमन: ज्योति पाण्डे […]

May 9, 2017

राइजिङलाई अत्तरिया कपको उपाधि

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको उपाधि राईजिङ क्रिकेट वुमनले जितेको छ। आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई १६ रनले पराजित गर्दै राइजिङले उपाधि हात पारेको हो। टस जितेर पहिलो ब्याटिङ रोजेको राइजिङले निर्धारित २० ओभर खेल्दै ५ विकेटको नोक्सानीमा १ सय ५२ रनको योगफल खडा गरेको […]

May 9, 2017

सुर्यको अग्रता कायमै; शिवराम पछ्याउँदै

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गत दोश्रो चरणको खेल समाप्त हुँदा सुर्य प्रसाद शर्मा समग्रमा ७ अन्डर १ सय ३७को स्कोर सहित शीर्षस्थानमा कायम रहेका छन्। राजधानीको पार-७२ गोकर्ण गल्फ क्लबमा मंगलबार भएको खेलमा सुर्यले १ अन्डर ७१को स्कोर बनाए। टुरको पहिलो दिन सोमबार उनले ६ अन्डर ६६को स्कोर बनाएका थिए। […]

kiran

May 9, 2017

किरणको टोली टि.सी. स्पोर्ट्स पराजित

माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्सले दोस्रो हारको सामना गरेको छ । किरणले खेलको पुरा समय खेलेका थिए । घरेलु मैदानमा टि.सी. स्पोर्ट्सले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटसँग ३-१ को हार व्यहोरेको हो । खेलको पहिलो हाफमा सोबोल इलियाले […]

May 8, 2017

एपिएफ फाइनलमा प्रवेश

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफ उपाधि नजिक पुगेको छ । सोमवार भएको पहिलो सेमिफाईनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराउदै एपिएफ उपाधि नजिक पुगेको हो । अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५० […]

May 7, 2017

सेमिफाइनल समिकरण पुरा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको सेमीफाईनलमा समिकरण पुरा भएको छ । बारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसंगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह बी मा रहेका बारा र कैलालीले आफ्नो पहिलो खेलमा पराजित भएका कारण जित्ने टीम सेमिफाईनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ […]

May 7, 2017

शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शीरिष फाउन्डेसनको औपचारिक उद्घाटन आज एक कार्यक्रम बीच सम्पन्न भएको छ। फाउन्डेसनको दर्ता प्रक्रिया पुरा भएसंगै पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइएको थियो। फाउन्डेसनले हाललाई १५ व्यक्तिगत खेलकुदमा आफ्ना योजना रहेको जानकारी दियो। सुझाव संकलन तथा खेलाडी छनोटको […]

May 7, 2017

राष्ट्रिय फुटबल खेलाडी भरत विवाह बन्धनमा बाँधिए

काठमाडौं(हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास शनिबार विवाह बन्धनमा बाँधिएका छन् । ललितपुरकै बासिन्दा रुमा अवालेसंग भरतको केहि बर्षदेखि प्रेम सम्बन्ध थियो। ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेलेका भारत हाल त्रिभुवन आर्मी क्लबका कप्तान रहेका छन्। हाम्रो खेलकुद डट कम तर्फबाट नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना !

Success

Thank you for your time.