May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब राजभानीमा जारी पहिलो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको २०७४ अन्तर्गत समूह ‘बी’को विजेता बनेको छ। विजेता बन्ने क्रममा आर्मीले समूहको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको हो। समूह चरणमा तीनै खेलमा जित हात पारेको आर्मीले ६ […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सुशन भारीले किफायती बलिङ गरेपछि राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा १ सय १० रनको लक्ष्य लिएर उत्रेको आर्मीले ३०.४ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । झिनो लक्ष्य लिएर […]
May 28, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटि)लाई पराजित गर्दै जगदम्बा लुम्बिनी फुटबल क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। जित हात पार्दै ३ अंक जोडेको लुम्बिनीले दुवै हाफमा १/१ गोल गरेको थियो। पछिल्लो संस्करणको उपविजेता टोली लुम्बिनीले खेलको २६औं मिनेटमा अजित थापा गोलसँगै अग्रता लिएको थियो। एनआरटिमाथि खेलभर हावी रहेको लुम्बीनीले […]
May 28, 2017
सबिन शेर्मा झापा – झापाको जलथल फुटबल क्लब आयोजनामा मंगलबारबाट प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । जसमा आयोजक जलथल, युवा जागृति एफसी धरान, विर्तामोड युनाइटेड, पथरी स्पोर्टिङ मोरङ, सताक्षी […]
May 28, 2017
एजेन्सी – १० खेलाडीमा सिमित चेल्सीलाई २-१ले पराजित गर्दै आर्सनलले यस सिजनको एफए कपको उपाधि जितेको छ। आर्सनलले उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक आर्सेन वेंगरले ऐतिहासिक सातौं एफए कप जितेका हुन्। खेलको चौथो मिनेटमा एलेक्सिस स्यान्चेजले गोल गर्दै आर्सनललाइ अग्रता दिलाएका थिए। सुरुवाती गोलले दबावमा पारेको चेल्सीले पहिलो हाफमा कुनै मौका बनाउन सकेन। दोश्रो हाफको ६८औं […]
May 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले फ्रिकिकमा गोल गर्नाका वावजुद उनको अष्ट्रेलियन क्लब जर्ज सनसाइन एफसीले भिक्टोरिया प्रिमियर लिग शनिबार पराजित भएको छ । सनसाइन मोरेल्यान्ड जेब्रासँग २–१ ले पराजित भएको थियो । जगजितले फ्रिकिकमा गोल गरेका थिए । तर पनि उनको टोलीको हार भने टरेन । १६ खेलको समाप्तीमा उनको टोली २२ अंकका […]
May 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिको साथ पाएको छ । मुख्य प्रायोजकको लागि प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रतियोगिताको नाम ‘केएनपी राष्ट्रिय महिला भलिबल […]
May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाई ८ विकेटले हराउँदा आर्मीका बलर जितेन्द्र मुखियाले ६ विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा सुरुवाती एघारमा स्थान नपाएका जितेन्द्रले दोश्रो खेलमा भने अभिनाश कर्ण घाइते भएपछि मौका पाएका थिए। सुदुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपनि […]
May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – दोश्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा फ्रिकिक मार्फत गोल भएपछि ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा च्यासल युवा क्लबले रमपम झापा एघार फुटबल क्लबलाई १-१को बराबरीमा रोकेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा एघार फुटबल क्लब र […]
May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सुदुरपश्चिम फुटबल क्लबलाई २-०ले पराजित गर्दै सुखद सुरुवात गरेको छ। प्रतियोगिताको दावेदार टोली मानिएको त्रिभुवन आर्मी क्लबले दुवै हाफमा १/१ गोल गरेको थियो। उसका लागि १४औं मिनेटमा विश्वास उदासले गोल गर्दै अग्रता दिलाएका थिए। राइट ब्याक विश्वासले ओभरल्यापमा […]