default_image

popular

May 29, 2017

एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्रीकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबारबाट शुरु भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चललाई डिएल (डकवर्थ लुइस) नियमको आधारमा १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । एपिएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० […]

May 29, 2017

बैंककमा हुने युथ बक्सिङ च्याम्पियनसिपका लागि ३ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा हुने एसभिसी युथ बक्सिङ च्याम्पियनसिपका लागि तीन खेलाडी छनोट भएका छन् । छनोट हुनेमा नक्सालका मिङमार ग्याल्जेन शेर्पा, झापाका सुरेन्द्र राई र काठमाडौंका विशाल श्रेष्ठ छन् । च्याम्पियनसिप असार १७ देखि २३ गते सम्म हुने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिएका छन् । त्रिपुरेश्वरको दशरथ रंगशालास्थित केन्द्रिय प्रशिक्षण […]

May 29, 2017

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)– शिवम् सिमेन्ट प्रायोजकका रुपमा खेलकुदसँग जोडिएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सहप्रायोजकका रुपमा शिवम सिमेन्ट खेलकुदमा प्रवेश गरेको हो । राजधानीमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का र शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयलले सह प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर […]

May 29, 2017

विश्व टेबल टेनिस च्याम्पियनसिपमा नविता र अमरको जोडीलाई सफलता

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालले मिक्स डबल्समा जितका साथ यात्रा प्रारम्भ गरेको छ । नेपाली अमर मल्ल र नविता श्रेष्ठको जोडीले बंगलादेशका महबुब बिल्लाह र मौमिता अलामको जोडीलाई ३–० को सोझो सेटमा हराएको जर्मनीबाट नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिएका छन् । एकतर्फी […]

May 29, 2017

टेबल टेनिस विश्व च्याम्पियनसिपमा नेपालको खेल तय

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आजबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ। नेपालका ४ जना खेलाडीले नै आज आफ्नो खेल खेल्दैछन्। सिङ्गलतर्फ नेपालका शीर्ष वरियताका खेलाडी शिवसुन्दर गोठे छनोट चरणको समूह ५५मा पुएर्टो रिकोका ड्यानीएल गोन्जालेज, बुल्गेरियाका टेओदोर एलेक्जान्ड्रोभ र आइभोरी कोष्टका यान इम्यानुएल कोउआड्जोसँग रहेका छन्। […]

May 28, 2017

खेलाडीसँगको नयाँ सहमति पछि एपिएफले प्रधानमन्त्री कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विभागिय टोलीमध्येको एक शसस्त्र प्रहरी बल (एपिएफ) ले नयाँ नीति लिएपछि त्यसमा आबद्ध केही खेलाडीले क्लब छोड्नु पर्ने अवस्थामा पुगेका छन् । जसमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कादेखि बसन्त रेग्मी, शक्ति गौचनजस्ता स्टार खेलाडी समेत परेका छन् । कप्तान पारस अहिले अमेरिका भ्रमणमा छन् […]

May 28, 2017

किरण राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा व्यवसायिक फुटबल खेल्दै आएका गोलकिपर किरण चेम्जोङ आज नेपाली फुटबल टोलीको प्रशिक्षणमा सामेल भएका छन् । जेठ २३ गते भारतसँग हुने मैत्रीपूर्ण खेल र जेठ ३० गते एएफसी एसियन कप छनोट अन्तर्गत यमनसँगको होम म्याचका लागि स्वदेश फर्केका हुन् । किरण माल्दिभ्सबाट शनिबार काठमाडौं आइपुगेका थिए । छनोटको पहिलो खेलमा […]

May 28, 2017

नेपाली फुटबल टोली आइतबार भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)– भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग होम म्याच खेल्नुअघि नेपालले तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारत पनि एसियन कप छनोटमा भाग लिइ रहेको छ। ‘हाम्रो टोली जेठ २१ गते भारत जानेछ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) प्रमुख […]

May 28, 2017

रुस्लान थ्री स्टारले एन्फाकै कारण ललित स्मृति कप खेलेन

प्रकाश तिमल्सिना काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा जारी यू १८ फुटबल प्रतियोगितामा श्रेष्ठले जीवनको अन्तिम समय सम्म नेतृत्व गरेको रुस्लान थ्री स्टार क्लबको सहभागिता छैन । थ्री स्टार सहभागी नहुनुमा क्लबभन्दा बढी एन्फानै बढी जिम्मेवार रहेको देखिएको छ । थ्री स्टारले पूर्ववत एउटा शर्त राख्दै खेल्ने […]

May 28, 2017

संकटासँग मोरङको हार

काठमाडौँ (हाम्रो खेलकुद) – ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४ अन्तर्गत आइतबार भएको दोश्रो खेलमा सिएजी क्लब संकटाले मोरङ फुटबल क्लबलाई २-०ले पराजित गरेको छ। खेलको १०औं मिनेटमा प्रदिप बोगटीको गोलसँगै खेलमा अगाडी बढेको थियो। गोलरक्षक तेन्जिङ छिरिङ बल रोक्न अगाडी बढेको अवस्थामा उनले डिफेन्सलाई उत्कृष्ट ढंगले बिट गर्दै गोल गरेका थिए। खेलमा संकटाले आक्रमक […]

Success

Thank you for your time.