default_image

popular

June 2, 2017

फ्रेन्ड्स दोश्रो चरणमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लब र फ्रेन्डस क्लबले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा च्यासलले विभागीय नेपाल एपिएफ क्लबलाई २–० ले तथा फ्रेन्डस्ले सुदुर पश्चिमाञ्चल फुटबल क्लबमाथि ४–१ को सहज जित निकालेको हो । च्यासलको प्रतियोगितामा पहिलो जित हो भने […]

Nep-Ind

June 2, 2017

नेपाल र भारत बीचको खेल समय तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच मुम्बईस्थित अन्धेरी स्पोर्टस कम्प्लेक्समा मंगलबार भारतीय स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुने छ । नेपाली समय अनुसार खेल ७ः १५ मा सुरु हुनेछ । भारतको राष्ट्रिय टोलीको लेबनानसँग मैत्रीपूर्ण खेल रद्द भएपछि नेपालसँग खेल्ने पक्का गरेको थियो । खेलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन स्टार […]

June 2, 2017

रुस्लान ओपन फुटसलमा ३१ टोलीबीच प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – पेरिविंकल सर्भिसको आयोजनमा भोली शनिबार ढुकु फुटसल हबमा हुने तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागी टोलीका प्रतिनिधिको उपस्थितिमा आज गरिएको टाइसिट ‘ड्र’मा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले जानकारी दिए । सहभागी टोलीमध्ये ७ समूहमा ४ टोली छन् […]

June 2, 2017

रोहित इन्डोनेसियाबाटै भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेको नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि उतैबाट भारतको मुम्बई पुग्ने भएका छन् । जेठ २३ गते भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका जापानीज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २० सदस्यीय टोलीको नाम घोषणा गर्दा रोहित त्यसमा समेटिएका छन् । ‘समय अभावका कारण नेपाल आएर जान […]

June 2, 2017

एपीएफ सेमिफाइनलमा प्रवेश

काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘ए’को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। टस जितेर ब्याटिङ गर्ने निम्तो पाएको मध्यपश्चिमाञ्चलले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ८१ रन जोडेको थियो। ओपनरद्वय […]

June 2, 2017

नवयुगको पुनरागमनसँगै कर्ण र अनिल राष्ट्रिय टोलीबाट बाहिर

काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम २० खेलाडीको नामावलीमा भेट्रान स्ट्राइकरद्वय अनिल गुरुङ र कर्ण लिम्बुको नाम अटाएन। फिलिपिन्सविरुद्धको खेलको अन्तिम टोलीमा अटाएका कर्णले खेल्न पाएका थिएनन् भने कप्तान अनिल गुरुङ त्यस समय पनि अन्तिम २०मा परेका थिएनन्। पछिल्लो खेलमा चोटका कारण अनुपस्थित रहेका नवयुग श्रेष्ठको आगमनसँगै अनिल गुरुङ र […]

June 2, 2017

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अन्तिम २० खेलाडीको नाम घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जेठ २३ गते हुने भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नाम घोषणा गरेका छन्। फिलिपिन्स विरुद्ध एसियन कपको छनोट चरण अन्तर्गतको पहिलो खेलमा रहेका ५ खेलाडी हालको टोलीमा छैनन्। प्रशिक्षक कोजीले फरवार्ड कर्ण लिम्बु, प्रतिबन्धित मिडफिल्डर बिक्रम लामा र चोटका कारण विश्राममा रहेका रन्जन बिष्ट, […]

June 2, 2017

मुनाल पराजित , सरनामती हल्दिबारी गोल्ड कपको सेमिफाइनलमा

सबिन शेर्मा झापा – झापा ७ सरनामती हल्दिबारी गाँउपालिका गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । झापाकै मुनाल फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सरनामती अन्तिम चारमा पुगेको हो । यी दुई टोलीबीचको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएको थियो । मुनाका लागि कर्ण लिम्बुले दुई गोल गरे भने सरनमतीका लागि सानुका साम्बाले दुई गोल […]

June 1, 2017

आयोजक इङ्ल्याण्डको विजयी सुरुवात

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी २०१७ अन्तर्गत बिहिबार भएको उद्घाटन खेलमा आयोजक टोली इङ्ल्याण्डले बंगलादेशले ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डीङ रोजेको इङल्याण्डले राम्रो सुरुवात पाउन सकेको थिएन। ओपनर तमिम इकबालले शतकिय पारी खेलेपछि बंगलादेशले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो। इक्बालले […]

June 1, 2017

बिबिसीमाथि संकटाको ८ गोल

काठमाडौं(हाम्रो खेलकुद) – सिएमजी क्लब संकटाले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा संकटाले ब्रिगेड व्वाइज क्लबमाथि ८–० को फराकिलो जित निकालेको हो । संकटाको जितमा दिपेश आलेमगर एक्लैले चार गोल गरे । रञ्जित गुरुङले दुई तथा लक्ष्मण गुरुङले एक गोल गर्दा संकटाले सुवास […]

Success

Thank you for your time.