default_image

popular

June 7, 2017

सागमा २८ खेल समावेश गर्ने प्रस्ताव, पूर्वाधार निर्माण अझै सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणका लागि ठोस कदम चलि नसकेपनि त्यसमा २८ खेल समावेश गर्ने प्रस्ताव गरिएको छ । भुटानको राजधानी थिम्पुमा मंगलबार सुरु दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले सन् २०१९ मा हुने १३ औं सागमा २८ खेल राख्ने प्रस्ताव पारित गरेको […]

June 7, 2017

विर्तामोड युनाइटेडलाई हल्दिबारी गोल्ड कप उपाधि

सबिन शेर्मा झापा – विर्तामोड युनाइटेडले प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सैनिक युथ क्लबलाई मंगलबार २–० ले हराउँदै विर्तामोडले उपाधि जितेको हो । विर्तामोडको जितमा विशाल राई र आशिष चौधरीले गरेका थिए । फाइनलको म्यान अफ दी म्याच विर्तामोडका योगेश गुरुङ भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे […]

June 7, 2017

जितसँगै इङ्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत मंगलबार भएको खेलमा न्यूजिल्याण्डलाई ८७ रनले पराजित गर्दै आयोजक राष्ट्र इङ्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भएको छ। पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले ४९.३ ओभरमा अलआउट हुनुअघि ३ सय १० रनको विशाल योगफल खडा गरेको थियो। ओपनर एलेक्स हेल्सले ५६ रन तथा जो रुटले ६४ रन बनाएपछि घरेलु टोलीले राम्रो सुरुवात […]

Nepal National Football Team vs Indias

June 7, 2017

फुटबल टोली आज फर्कदै

दिपेश तिमल्सीना मुम्बई – एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्ध हुने खेलको तयारीका लागि भएको मैत्रीपूर्ण खेल खेल्न भारत पुगेको नेपाली टोली बुधबार स्वदेश फर्कने भएको छ। मंगलबार भएको खेलमा नेपाल भारतसँग २-०ले पराजित भएको थियो। भारतको जितमा सन्देश झिङ्घन र जेजे लाल्पेख्लुआले गोल गरेका थिए। नेपालले एसियन कप छनोटको दोश्रो खेलमा मंगलबार यमनको […]

June 7, 2017

जाँदा जाँदै मन्त्रीले गरे सदस्य सचिव विष्टको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)– नेकपा माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले युवा तथा खेलकुद मन्त्रीका रुपमा अन्तिम पटक सम्बोधन गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टबाट जिम्मेवारी पुरा नगर्ने र काममा गतिशिलता नभएको आरोप लगाएका छन् । झन्डै ११ महिना खेलकुद मन्त्रीको जिम्मेवारी पुरा गरेर मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रीपालीले भने,‘सैद्धान्तिक […]

June 6, 2017

नेपाल विरुद्ध भारत: प्रत्यक्ष प्रसारण

नेपाल ०-० भारत हाफ टाइम रिपोर्ट लाइभ हेर्न यहाँ थिच्नुहोस

June 6, 2017

रोमान्चक जितसँगै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक सेमिफाइनलमा पश्चिमाञ्चललाई ४ विकेटले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो । आर्मीले उपाधिको लागि बिहिबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । […]

June 6, 2017

न्यू डायमण्ड र पश्चिमाञ्चलको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चलले मंगलबारबाट शुरु भएको केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छन् । शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा राखेप कबर्डहलमा शनिबारबाट शुरु भएको प्रतियोगितामा न्यु डायमण्डले विभागीय नेपाल पुलिस क्लब र पश्चिमाञ्चलले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । […]

June 6, 2017

नेपाल विरुद्ध भारत : हेड टु हेड

काठमाडौँ (हाम्रो खेलकुद) – एसियन कपको छनोट चरणका खेलको तयारीका लागि नेपाल र भारतबीच आज साँझ मैत्रीपूर्ण खेल हुँदैछ। मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलका लागि सम्पूर्ण तयारी पुरा भएको छ। नेपालको फिफा वरियता १ सय ६९ छ भने भारत १ सयौं स्थानमा रहेको छ। नेपाल आफ्नो पछिल्लो अन्तर्राष्ट्रिय खेलमा फिलिपिन्ससँग ४-१ले पराजित भएको […]

June 6, 2017

प्रशिक्षक कोजीलाई कर्णको जवाफ

काठमाडौँ (हाम्रो खेलकुद) – भारत विरुद्ध मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको अन्तिम २०मा पर्न असफल रहेका फरवार्ड कर्ण लिम्बुले फेसबुक मार्फत मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जवाफ दिएका छन्। प्रशिक्षक कोजीले कर्णको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको दिनमै कर्णले फेसबुकमा स्ट्याटस लेख्दै प्रशिक्षकलाई प्रतिक्रिया दिएका छन्। कर्णको फेसबुक स्ट्याटस जस्ताको तस्तै: “Karna Limbu (Nepal International) जे भए […]

Success

Thank you for your time.