April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस कप यू १६ टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबार राजधानीमा सुरु हुने भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सुरु हुने प्रतियोगितामा सात प्रदेशका २८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए । प्रतियोगितामा १६ वर्ष भन्दा मुनिका खेलाडीलाई मात्रै सहभागिता होस भनेर उमेर […]
April 4, 2017
दिपक बोहोरा इलाम– राष्ट्रिय टोलीका चार खेलाडी उतारेपनि जारी सिजनको सफल क्लबमध्येको एक सिएमजी क्लब संकटा माईभ्याली गोल्ड कपको आफ्नो पहिलो खेलमै स्वब्ध भएको छ । राष्ट्रिय टोलीका विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा र गोलकिपरलाई आफ्नो जर्सीमा उतारेपछि मंगलबार संकटा ए डिभिजन प्रतिद्वन्दी नेपाल एपिएफ क्लबसँग १–० ले पराजित भएको छ । जितसँगै एपिएफ […]
April 4, 2017
बार्सिलोना (एजेन्सी)- स्पेनको तेस्रो डिभिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसँग १२–० को लज्जास्पद हार बेहोरेपछि एल्डेन्सले खेलकुदका कुनै पनि गतिविधिमा भाग नलिने निर्णय सार्वजनिक गरेको छ । यसै सिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसंग घरेलु मैदानमा १–० को पराजय भोगेको टोलीले सेगुन्डा डिभिजन ‘बी’ को तेस्रो समूहको खेलमा बार्सिलोनामा १२–० को लज्जास्पद हारको सामना गर्नु परेको छ । गत […]
April 4, 2017
दिपक बोहोरा पाँचथर – पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेल आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच हुने भएको छ । नयाँ बर्षको अवसरमा वैशाख २ गतेबाट सुरु हुने प्रथम गोल्ड कपको मंगलबार पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरिएको छ । वैशखा ९ गते सम्म पाँचथरको फिदिममा सञ्चालन हुने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई […]
April 4, 2017
स्पेन (एजेन्सी) – रियल मड्रिडका भरपर्दा रक्षक पेपेको स्पेनिस क्लबसँगको सम्झौता अन्तिम बर्ष हो । यो सिजनको अन्त्यसँगै पेपे चिनियाँ क्लब हेबेई चाइना फोर्चुन जाने लगभग पक्का भएपनि युरोपका चर्चित क्लबमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले उनलाई लिने संकेत देखिएका छन् । करिब १२ मिलियन युरो (१ अर्ब नेपाली रुपैयाँ) प्रति वर्ष हेबेई […]
April 4, 2017
दिपक बोहोरा इलाम – राष्ट्रिय टोलीका चार खेलाडी टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने अन्तिम क्वार्टरफाइनलमा सिएजमी क्लब संकटाबाट खेल्दैछन् । नेपाल एपिएफविरुद्ध हुने खेलमा विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा र गोलकिपर विशाल श्रेष्ठ संकटाको जर्सीमा उत्रनेछन् । विशालबाहेक तीन जना पहिलो पटक संकटाको जर्सी लगाउँदैछन् । गत साता फिलिपिन्सविरुद्ध एसियन कप […]
April 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्दै पुलिसले टिम च्याम्पियनको उपाधि जितेको हो । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब दोस्रो भयो । […]
April 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमीले प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काष्ठमण्डप विद्यालयको आयोजनामा मण्डिखाटारमा सोमबार भएको फाइनलमा साइपालले काठमाडौं जेभियरलाई ९–१ को फराकिलो अन्तरले हरायो । साइपालका निशान माझीले ५, अकोश तामाङले २ तथा मुकेश तामाङ र इङ्लाहाङ लिम्बूले समान १ गोल गरे । लिग […]
April 3, 2017
ललितपुर (हाम्रो खेलकुद) – गोल्डेन गेट कलेजका हिमाल लामा, अर्थ बहुउेश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल र श्रेयङकर साकोसका सुमित पन्त ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणको समाप्तीमा हिमाल, मनीष र सुमितको समान ३ अंक छ । हिमालले दोश्रो चरणमा तनहुँका सविनचन्द्र […]
April 3, 2017
पोखरा (हाम्रो खेलकुद) – जावलाखेलले पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगितामा उपाधि जितेको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाली सेनाको आर्मी टिमलाई ३०–२७ स्कोरले हराउँदै जावलाखेल च्याम्पियन बनेको हो । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा आयोजक समिति कास्कीले तेस्रो भयो । तेश्रो […]