June 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक डे उपलक्ष्यमा नेपाल खेलकुद पत्रकार मञ्चसँगको मैत्रीपूर्ण फुटबल खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को टोलीले जितेको छ । ललितपुर सातदोबाटोस्थित एन्फाको मैदानमा आज भएको खेलमा एन्फा ६–२ ले विजयी भएको थियो । आयुष खड्काले खेलको सुरुआतमा गोल गर्दै मञ्चले अग्रता दिलाएपनि एन्फा महासचिव धिरेन्द्र प्रधानले पेनाल्टी मार्फत बराबरी गोल […]
June 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– करोड भन्दा बढी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । हाल एन्फाको फुटसल समितिको उप संयोजक समेत रहेका शाहीले क्यानडामा आयोजना आयोजना हुने मैत्रीपूर्ण खेलमा सहभागी गराउने भन्दै २५ जना भन्दा बढीसँग रकम उठाएका थिए । शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले […]
June 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी असार ३१ गतेदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिप छनोट चरणका लागि नेपाली यू२३ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मा राजु काजी शाक्यले पाएका छन्। यसअघी एन्फाले प्रशिक्षक मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने भनेपनि समयअभावको कारणले उनले जिम्मेवारी नलिने निर्णय गरेका थिए। उनको अनुपस्थितिमा प्रशिक्षक शाक्यले टोलीको जिम्मेवारी लिने भएका हुन्। शाक्यकै प्रशिक्षक्त्वमा […]
June 21, 2017
प्रशिक्षक राई पनि सम्मानित काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली शेरबहादुर खड्का स्मृति खेलकुद अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर स्मृति प्रतिष्ठानले सोही अवसरमा भलिबल प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरेको छ । घरेलु भलिबल प्रतियोगिताहरुमा उच्च प्रदर्शन गर्दै आइकी प्रतिभाले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३.५ ग्रेड ‘ए’ मा उत्तीर्ण गरेकी […]
June 20, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच क्षतिपूर्तिका विषयमा सहमति बनेपनि अन्य प्रक्रिया पुरा गरेरमात्र सार्वजनिक गर्नेमा दुवै पक्ष राजी भएका छन् । आइतबार नै दुईबीचबीच सहमति बन्ने सम्भावना रहेको बताइएपनि विभिन्न कारणले अन्तिम टुंगोमा पुग्न आजसम्म लागेको थियो । एन्फाले र थ्री स्टारबीच क्षतिपूर्ति रकम अहिले […]
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलहरु असार ३१ गतेबाट युएईको अल आइनमा सुरु हुँदैछ। त्यसै प्रतियोगितामा सहभागिता जनाउन एन्फाले ३५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको बताएको छ। तर ३५ खेलाडीको नामावली भने अझै सार्वजनिक गरिएको छैन। यद्दपी ११ जना राष्ट्रिय खेलाडी सम्मिलित हुने जानकारी टोलीका व्यवस्थापक संजिव मिश्रले यसअघि दिएका थिए। राष्ट्रिय […]
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलका लागि अझै प्रशिक्षकको टुङ्गो लागेको छैन। एन्फाले मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने बताएपनि समयअभावका कारण देखाउँदै प्रशिक्षक केसीले टोलीको प्रशिक्षणको जिम्मेवारी नलिने भएका छन्। हिजोमात्र जापानबाट जेएफए इन्स्ट्रकटर कोर्ष गरेर नेपाल आइपुगेका केसीले आज एन्फामा बसेको मिटिङमा आफुले टोलीलाई […]
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको अलस्कास्थित डेनाली हिमालको आरोहण गर्ने क्रममा ज्यान गुमाएका आरोही सञ्जय पण्डितको निधनमा खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ । ‘पण्डितको निधनले खेलाडी संघका साथै सम्पूर्ण खेल क्षेत्र स्तब्ध बनेको छ । उनको निधनमा खेलाडी संघ गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर […]
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ । असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर […]
June 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला फुटबल टोलीलाई गोल्छा अर्गानाइजेसनको ‘बजाज पल्सर’ले मुख्य प्रायोजन गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच गोल्छा अर्गनाइजेसन र त्रिभुवन आर्मी क्लबबीच वार्षिक २५ लाखमा तीन वर्षको ७५ लाखको प्रायोजन सम्झौता भएको हो। प्रायोजन सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख […]