June 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा यसै महिना तीन प्रतियोगिता हुने भएको छ। पहिला असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुनेछ । राष्ट्रपति रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेल राखिएको छ । सबै खेलमा पाँच क्षेत्रको सहभागिता रहने […]
June 28, 2017
सुबास हुमागाईं काठमाडौँ चक्रपथको बालाजुबाट करिब ३ किलोमिटर भित्र गएपछि एकलटार भन्ने ठाउँमा बन्दी सहायता नियोग नामक एक संस्था रहेको छ। वि.सं. २०४८मा विष्णु कुमारी वाइबा (पारिजात)द्वारा स्थापित यस संस्थामा हाल ४ वर्ष देखि १८ वर्षसम्मका २५ जना बालबालिका रहेका छन्। अभिभावक जेलमा परेपछि अलपत्र परेका बालबालिकालाई आश्रय दिने यस संस्थाले स्थापनाकाल देखि अहिलेसम्मको यात्रामा विभिन्न […]
June 28, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति खेलअघि दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावा गरेका छन्। युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा […]
June 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीको फरवार्ड बिमल घर्ति मगरले सम्हाल्ने प्रबल सम्भावना रहेको छ। संयुक्त अरब इमिरेट्स (युएइ)मा आयोजना हुने यू २३ को छनोट चरणका लागि युवा टोलीले पछिल्लो सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा गर्दै आएको छ। राजु काजी शाक्यको […]
June 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला नम्वर एक गल्फर प्रतिमा शेर्पा गलफको थप प्रशिक्षणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । शेर्पा नेपाल गल्फ संघको सहयोगमा कतार एयरवेजको आउने जाने टिकटको सहयोगमा असार १८ गते अमेरिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक सचिन भट्टराई पनि अमेरिका प्रस्थान गर्नेछन् । कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नायरले […]
June 27, 2017
फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) साच्चै खेलाडीका विषयमा चिन्तित छन् भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारीबाट नाम फिर्ता लिन अब ढिला गर्नु हुँदैन । २ वटा प्रष्ट कारणले गर्दा नेपालले १३ औं साग आयोजनाको जिम्मेवारीबाट मुक्त हुन उपयुक्त देखिन्छ । पहिलो आयोजनाको जिम्मेवारी पाएको डेढ बर्ष […]
June 27, 2017
एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो हाल आफ्नो राष्ट्रको लागि फिफा कन्फेडेरेसन कप खेलिरहेका छन्। जारी प्रतियोगिताको समूह चरणका तिन खेलमा रोनाल्डोले २ गोल र एक असिस्टको योगदान दिएका छन्। ३२ वर्षीय फरवार्ड रोनाल्डो सन् २००९मा म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड पुगेका थिए। त्यसअघि सन् […]
June 26, 2017
एजेन्सी – एएस मोनाकोका युवा खेलाडी किलियन बाप्पेलाई रियल म्याड्रिडमा ल्याउन स्पेनिस क्लबले आफ्नो एक मुख्य खेलाडीलाई बेच्नैपर्ने अवस्था सिर्जना भएको छ। बाप्पेले रियलमा आवद्ध हुनका लागि राखेको शर्तका कारण यो अवस्था आइपरेको हो। एएस मोनाकोका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग वानको उपाधि दिलाएका बाप्पे हाल म्याड्रिडको नजरमा रहेका छन्। उनलाई भित्र्याउन क्लबले […]
June 26, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबारका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भैसकेका छन्। सेमिफाइनल समिकरण पुरा भएसँगै अर्को चरणमा प्रवेश गर्ने चारै टोली तयारीमा जुटिसकेका छन्। समूह ‘ए’बाट पोर्चुगल र मेक्सिकोले सेमिफाइनलमा स्थान बनाए भने समूह ‘बी’बाट जर्मनी र चिली दोश्रो चरणमा पुगेका छन्। सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ भने पोर्चुगलले चिलीको सामना गर्दैछ। […]
June 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा रहेका नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडीलाई सम्मानमा सिड्नीमा पोखरा भलिबल अवार्ड सम्पन्न भएको छ । भलिबल विकासमा योगदान पुर्याउनेलाई पनि सोही अवसरमा सम्पन्न गरिएको थियो । पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा आयोजित अवार्डमा आठ खेलाडीलाई सम्मानित गरिएको थियो । ढोरपाटनका खेम पुर्जा उत्कृष्ट खेलाडीको अवार्ड […]