default_image

popular

July 2, 2017

अमेरिकामा भरत र राजु सम्मिलित टोली पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा जारी दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ सम्मलित एलए एफसी क्वार्टरफाइनलमै रोकिएको छ । आज भएको क्वार्टरफाइनलमा एलए इष्ट बे युनाइटेडसँग ५–४ ले पराजित भएको थियो । निर्धारित ६० मिनेटको खेलपछिको टाइब्रकेरमा एभरेष्टले बाजी मारेको […]

July 1, 2017

कोरियामा पारा तेक्वान्दोमा रन्जनालाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । कोरियाको छुनछुन सहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्र्तगत के–५५ विधामा रन्जना धामीले कास्य पदक जितेकी हुन् । तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरका अनुसार रन्जना सेमीफाइनलमा मंगोलियाकी खुरेलबातर इन्खतुया सँग १४–६ ले पराजित भएपछि कास्य पदकमा सिमित भएकी थिइन् । खुरेलबातर […]

July 1, 2017

म्यानचेस्टर सिटीका गोलरक्षक चेल्सीमा आबद्ध

एजेन्सी – इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नियमित गोलरक्षक विल्ली काबालेरोले अर्को सिजनका लागि चेल्सीसँग अनुबन्धित भएका छन्। चेल्सीले आफ्नो दोश्रो रोजाइका गोलरक्षक आस्मीर बेगोभिचलाई बर्नमाउथ पठाएपछि ३५ वर्षीय दक्षिण अमेरिकी गोलरक्षकले चेल्सीसँग सम्झौता गरेका हुन्। यसै सिजनबाट सिटीको अनुबन्धन समाप्त भएपछि काबालेरोले चेल्सी रोजेका हुन्। स्पेनिस क्लब मालागाबाट सन् २०१४मा म्यानचेस्टर सिटि आएका […]

July 1, 2017

आर्मीलाई ट्राइ म्याराथन उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम ‘ए’प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ म्याराथन (रनिङ, साईक्लिङ र र्याफ्टिङ) को च्याम्पियन बनेको छ । शनिबार धादिङमा भएको प्रथम ट्राइ म्याराथनमा आयोजक आर्मीको ‘ए’ टिमले निर्धारित ४३.६ किलोमिटर दुरी २ घण्टा १८ मिनेट ०१ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनेको हो । ट्राइ म्याराथन धादिङको बैरेनीदेखि चरौंदीसम्म […]

July 1, 2017

मेस्सीको विवाह सम्पन्न

अर्जेन्टिना (एजेन्सी) – ५ वर्षको उमेरदेखिको चिनजान प्रेममा बदलिएसँगै लामो समय सँगै बिताएका लियोनेल मेस्सी र एन्टोनेल्ला रोक्कुज्जो अन्तत: विवाह बन्धनमा बाँधिएका छन्। अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी मेस्सीले अर्जेन्टिनास्थित घरेलु सहर रोजरिओमा आफ्नी प्रेमिका रोक्कुज्जोसँग विवाह गरेका हुन्। विवाहमा २ सय ५० जना पाहुनाहरुलाई निम्त्याइएको थियो भने १ सय ५० जना पत्रकारहरुको पनि […]

July 1, 2017

नवयुग सहित आठ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले विभिन्न आठ खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । ट्रष्टले यसअघि पाँच विकास क्षेत्रबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरस्कृत गर्ने गरेकोमा यसपटकबाट तीन विधा थप गरि आठ विधामा पुरस्कृत गरेको हो । ट्रष्टले शहिद दशरथ चन्दको १ सय […]

July 1, 2017

अमेरिकामा २ खेलमा भरतको ५ गोल

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको पहिलो दिन नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ चम्केका छन् । भरत र राजु सम्मिलित एलए एफसीले समूह चरणका दुवै खेल जित्दै क्वार्टरफाइनको यात्रा तय गरेको छ । पहिलो खेलमा एलएफसीले एकता एफसी (सानफ्रान्सिस्को) लाई […]

June 30, 2017

जिम्बाब्वेसँग श्रीलंकाको हार

गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा […]

June 30, 2017

१३ औं साग तयारीका नाममा अर्को समिति

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको डेढ बर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ७ सदस्यीय निर्माण तथा तयारी समिति गठन गरेको छ । भारतमा २०७२ को फागुनमा १२ औं सागका समापनका दौरान नेपाललाई १३ औं साग आयोजकका रुपमा झन्डा हस्तान्तरण गरिएको थियो […]

June 30, 2017

महबुबले सिंगापुरमा क्रिकेट खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य महबुब आलमले सिंगापुरको सिंगापुर एमर्जीङ स्टार्स क्रिकेट क्लबबाट एससीसी अन्तर्राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। सिंगापुर क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगिता अगष्ट ११ देखि १३सम्म सिंगापुरमा हुँदैछ। महबुब क्लबमा अनुबन्धित हुने पहिलो विदेशी खेलाडी रहेको क्लबले जनाएको छ। प्रतियोगितामा अष्ट्रेलिया, भारत, श्रीलंका, हङ्गकङ्ग, दक्षिण अफ्रीका […]

Success

Thank you for your time.