default_image

popular

January 12, 2017

आहा रारा खेल्ने युएसए नेपाल सकर टिम शनिबार आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा अर्को साता सुरु हुने आहा रारा गोल्ड कप फुटबलमा भाग लिन नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको कप्तानीमा युएसए नेपाल सकर टिम शनिबार साँझ नेपाल आइपुग्ने भएको छ । दुई दिनको बसाईंपछि टोली पोखरा जाने प्रलयले जानकारी दिए । टोलीमा १८ खेलाडी, दुई प्रशिक्षक कुमार शेरचन र सुरज थापा तथा […]

January 12, 2017

बार्सिलोनाको जितमा मेस्सीसहित तीनै स्टारको गोल

स्पेन (एजेन्सी)– तीनै सुपरस्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले गोल गरेपछि बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोनाले समग्रमा ४–३ को जित निकाल्द्रै अन्तिम आठको यात्रा तय गरेको थियो । पहिलो लेगमा बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । समग्रमा […]

sankata

January 11, 2017

संकटा खप्तड गोल्डकपको सेमिफाइनलमा, आर्मी बाहिरियो

 धनगढी (हाम्रो खेलकुद)– हेटौडा च्याम्पियन भएको एकसाता नबित्दै नेपाल आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपबाट बाहिरिएको छ । सिएमजी क्लब संकटासँग २–१ ले पराजित हुँदै आर्मी प्रतियोगितबाट बाहिरिएको हो । संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबारको नतिजासँगै अन्तिम चारको समिकरण पुरा भएको छ । भारतको दिल्ली युनाइटेड, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्बल र सुदुरपश्चिम ११ […]

January 11, 2017

केसिटिसी र रोयल पिसी रुस्लान कपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो रुस्लान कप क्रिकेट टि–ट्वान्टी क्रिकेटको दोस्रो दिन बुधबार आयोजक रुस्लान काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) र रोयल पिसी फाइटर विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा केसिटिसीले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले र रोयलले खहरे क्रिकेट क्लबलाई ६ विकेटले हराएको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएको […]

January 11, 2017

बिमल सोमबार स्पेन जादै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगर सोमबार स्पेन जाने भएका छन् । बिमल सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने अन्जन २५ गतेतर्फ स्पेन प्रस्थान गरिसकेका छन।  दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका […]

January 11, 2017

ढोरपाटन महिला भलिबलमा न्यू डाइमन्ट पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः शीर्षस्थानमा उक्लेको छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार रामेछापको चन्डेश्वरी युवा क्लबलाई हराँयदै न्यु डाइमन्ड अग्रस्थानमा पुगेको हो । चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा हराएको न्यू डाइमन्टले ५ खेलबाट १५ अंक जोडेको छ । […]

jhapa-xi

January 11, 2017

घरेलु फुटबल कहिले सम्म यसरी चल्छ ?

दिपक बोहोरा पाँचथर– नेपाल फुटबलको मैदान भित्र जति चर्चा हुन्छ । त्यो भन्दा धेरै चर्चा मैदान बाहिर हुनेगर्छ । अघिल्लो महिना अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्तीको कारण रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाए बाट नेपाली फुटबल केही समय मैदान बाहिर निकै चर्चामा रह्यो । केही दिनअघि मात्र नेपालको महिला […]

January 11, 2017

अघि बढ्दै म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर (एजेन्सी)– जाजे माउरिन्हो म्यानचेस्टर युनाइटेडलाई पहिलो महत्वपूर्ण उपाधि दिलाउने अभियानको एक कदम अघि बढेका छन् । हुवा माटा र मारोउने फिलानीले गोल गरेपछि इएफएल कप सेमिफाइनलको पहिलो लेगमा मंगलबार युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ । खेलको ५८ औं मिनेटमा माटाले हेरिक मखिटारिनको पासमा माटाले गोल गरेका थिए । परिवर्तित फिलानीले खेल सकिन […]

January 10, 2017

रुस्लान कप क्रिकेटमा पुलिस र आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा […]

January 10, 2017

सूर्य नेपाल च्यालेन्जको पहिलो दिन भुवन र धन अगाडि, शिवराम छैटौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– भुवन नगरकोटी र धनबहादुर थापा सूर्य नेपाल च्यालेन्जको पहिलो दिन मंगलबार संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । रोयल नेपाल गल्फ क्लबको पार ६८ मा ३ अन्डर ६५ को प्रदर्शन गर्दै भुवन र धनबहादुर संयुक्त रुपमा अग्रस्थानमा रहेका हुन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत दोस्रो प्रतियोगितामा २ अन्डर ६६ को कार्ड […]

Success

Thank you for your time.