default_image

popular

July 18, 2017

कोका कोला कप सुरु, उद्घाटन खेलमा डिएभीको जित

ललितपुर (हाम्रो खेलकुद)– कोका कोला अन्तरविद्यालय फुटबलको उद्घाटन खेलमा डिएभी स्कुल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारको उद्घाटन खेलमा डिएभीले ड्रिम ल्यान्डलाई २–० ले हराएको थियो । अनन्य पराजुली र नायव हुसेनको गोलमा डिएभीले पहिलो खेलमा जित दर्ता गराएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य ४४ जिल्लाका १ हजार ५ […]

July 18, 2017

लुकाकुको पहिलो गोलमा युनाइटेडको जित

युठा , अमेरिका (एजेन्सी)– नयाँ क्लबका लागि रोमेलु लुकाकुले गोल गरेपछि प्रि सिजन यात्रामा अमेरिकामा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो सफलता हासिल गरेको छ । रियो टिन्टो रंगशालामा भएको खेलमा रहेको युनाइटेडले रियल साल्ट लेकलाई २–१ ले हराएको थियो । रियल साल्टले खेलमा अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन । नयाँ कालो किटका साथ […]

July 18, 2017

अन्जनको स्थानमा कसले खेल्छ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले बुधबार समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्दैछ। दुवै खेलमा पराजित टोलीहरुको खेलमा नेपालका लागि फरवार्ड अन्जन बिष्ट दोहोरो पहेंलो कार्डका कारण उपस्थित हुने छैनन्। नेपालका लागि पछिल्ला दुवै खेलमा अन्जनले पुरै समय मैदानमा बिताएका थिए। नेपालले गोल गर्न नसकेपनि अन्जनले आक्रमणमा केहि मौका […]

July 18, 2017

‘ब्याटिङ राम्रो भए अफगानिस्तान दबाबमा पर्छ’ – प्रशिक्षक दास

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीले आइसीसी यू१९ विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत पहिलो दुई खेलमा जित दर्ता गरेको छ। नेपालले पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ विकेट र दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो। नेपालको दोश्रो जितपछि प्रशिक्षक बिनोद दासले केहि प्रश्नको जवाफ यसरी दिएका छन्। आजको जितलाई कसरी लिनुभएको […]

July 18, 2017

नेपाल विरुद्ध लेबनान – खेलको जानकारी

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले लेबनानको सामाना गर्दैछ। पहिलो दुइ खेलमा पराजय भोगेको नेपाललाई बुधबारको खेलमा प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर मिल्नेछ। पहिलो खेलमा युएईसँग ५-० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि ताजिकिस्तानसँग २-० ले हार व्येहोरेको थियो। यसअघीको दुवै खेल गुमाएको लेबनानपनि अन्तिम […]

July 18, 2017

मलेसियामा तेक्वान्दो खेलाडी पुजनले स्वर्ण जिते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी पुजन खड्काले मलेसियामा सारावाक चिफ मिनिस्टर बोर्नेओ कप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । मलेसियाको कुचिङमा मंगलबार पुजनले तेक्वान्दोको फाइटमा स्वर्ण पदक जितेको प्रशिक्षक विकेश विडारीलाई उदृत गर्दे नेपाल तेक्वान्दो संघले जनाएको छ । फाइटतर्फ अर्को नेपाली खेलाडी शिवहरी श्रेष्ठले रजत पदक जितेका छन् । फाइटको क्याडेट ४५ केजीको […]

July 18, 2017

रोहित स्पेनिस क्लब इस्पान्योलविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले स्पेनिस ला लिगा टोली इस्पान्योलविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने मौका पाउने भएका छन् । प्रि सिजनका लागि इन्डोनेसिया भ्रमणमा रहेको इस्पान्योलले रोहितको क्लब पर्सिजा जकार्तासँग भोली मैत्रीपूर्ण खेल्न लागेको छ उनका दाजु रविनले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । चार पटकको कोपा डेल रे विजेता इस्पान्योल […]

July 18, 2017

सन्दिपलाई लगातार म्यान अफ द म्याच

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको एसिया क्षेत्र अन्तर्गत नेपालले २ खेल खेलिसकेको छ। नेपालले पहिलो खेलमा अयोजक राष्ट्र सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्यो। नेपालले दुवै खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको थियो। कप्तान सन्दिप लामिछानेले दुवै खेलमा ५ विकेट लिंदै विपक्षी टोलीका ब्याट्सम्यानहरुलाई […]

July 18, 2017

अन्जनले अन्तिम खेल नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका यू२३ टोलीका फरवार्ड अन्जन बिष्ट लेबनान विरुद्ध बुधबार हुने खेलमा अनुपस्थित रहने भएका छन्। पहिलो दुइ खेलमा सुरुवाती रोजाईमा परेका अन्जन को अनुपस्थितिले लेबनानविरुद्धको खेलमा नेपाली टोलीलाई केहि कठिन हुने पक्का छ। अन्जनले समूह चरणका प्रथम दुई खेलमा पहेंलो कार्ड पाएका कारण प्रतिबन्धमा परेका […]

July 18, 2017

नेयमार क्लबमै रहनेमा बार्सिलोना विश्वस्त

पेरिस (एजेन्सी)– नेयमार जस्तै प्रस्ताव आउँदा पनि क्लबमै रहनेमा विश्वकै चर्चित क्लब मध्येको एक स्पेनिस टोली बार्सिलोना विश्वस्त देखिएको छ । २ सय २२ मिलियन पाउन्ड सुरुवा रकम तिरेर पनि नेयमारलाई भित्राउन फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) तयार भएको समाचार सार्वजनिक भएपछि बार्सिलोनाका अधिकारीको भनाई सर्वाजनिक भएको छ । २ सय २२ मिलियन पाउन्ड […]

Success

Thank you for your time.