August 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा थ्री वाई थ्री राष्ट्रिय स्तरको पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार र आइतबार दुई दिन राखेप कवर्डहलमा प्रतियोगिता गराउने जानकारी गराएको हो । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ गरी ७५ भन्दा बढी टिमको सहभागिता रहने छ । लिगकम […]
August 3, 2017
लन्डन (एजेन्सी)– इडेन हाजार्ड बार्सिलोना गएको खण्डमा प्रिमियर लिग च्याम्पियन चेल्सीले मोनाकोका स्टार केलियन बाप्पेलाई लिने प्रयास गर्ने भएको छ । १८ वर्षे बाप्पे अहिले युरोपमा सर्वाधिक चासोका स्ट्राइकर मध्येका हुन् । उनले गत सिजन फ्रेन्च च्याम्पियन मोनाकोबाट उच्च प्रदर्शन गरेका थिए । बार्सिलोनाको चिर प्रतिद्वन्द्वि रियल मड्रिडसँगै म्यानचेस्टर सिटीले पनि बाप्पेमाथि चासो देखाइरहेका छन् […]
August 2, 2017
बार्सिलोना (एजेन्सी) – ब्राजीलीयन फरवार्ड नेयमार बार्सिलोना छाडेर पिएसजी जाने पक्का भएसँगै स्टार फरवार्ड लियोनेल मेस्सीले नेयमारलाई भिडियोमार्फत भावुक बिदाई दिएका छन्। सन् २०१३मा बार्सिलोना आएका नेयमारले मेस्सीसँग बार्सिलोनामा रहेर सबै उपाधि जित्न सफल रहे। मेस्सीले सामाजिक संजाल इन्स्टाग्राममा नेयमारसँग मैदानभित्र बिताएका पलहरुलाई संगाल्दै एक भिडियो पोष्ट गरेका हुन्। उनले भिडियोसँगै एक सन्देश पनि लेखेका […]
August 2, 2017
बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ । बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार […]
August 2, 2017
सिकागो (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेललाई फेरी पनि चोटले दुःख दिन सक्ने सम्भावना बढेको छ । मंगलबार गोलीगाँठामा असजिलो महसुस भएपनि बेलले अभ्यास छाडेका थिए । एमएलएस अल स्टारविरुद्ध बुधबार सिकागोमा हुने मैत्रीपूर्ण खेलका लागि रियलका खेलाडीले अभ्यास गरेका थिए । गत सिजन बेलले चोटको श्रृखंला ने बेहोर्नु परेको थियो । मंगलबार अभ्यासका क्रममा […]
August 2, 2017
पोखरा (हाम्रो खेलकुद) – दोश्रो पोखरा स्पोर्टस अर्वाडको सबै तयारी पुरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले जानकारी दिएको छ । गत वर्ष बाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक शनिबार आयोजना हुँदैछ । पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन । सो अवसरमा अन्य चार […]
August 2, 2017
काठमाडौं – गर्विलो इतिहास , चुनौती र सम्भावनाका बीच भर्खरै राजन केसी खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिन पछि आफ्नो मन्त्री परिषद विस्तार गर्दा केसीलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । संविधान कार्यान्वयन का लागि अत्यावश्क निर्वाचनहरु सम्पन्न गर्ने, भूकम्प र नाकाबन्दीको मारले पिडामा […]
August 2, 2017
लन्डन (एजेन्सी)– आर्सनलका स्टार एलेक्स सान्चेज प्रि सिजन प्रशिक्षणका लागि मंगलबार टोलीमा फर्केका छन् । चिलियन स्ट्राइकर आइतबार नै लन्डन पुगेपनि केही विसन्चोका कारण उनी दुई दिनपछि मात्र प्रशिक्षणमा सामेल भएका थिए । उनी क्लबमा नफर्कि अर्को क्लब जान्छन् भन्ने चिन्ता पनि चलेको थियो । पिएसजी र म्यानचेस्टर सिटीलाई उनको सम्भावित गन्तव्यका रुपमा हेरिएको थियो […]
August 1, 2017
सुबास हुमागाईं काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले खेलेका औपचारिक पछिल्ला ३ खेलमा ३ अलग अलग खेलाडीले कप्तानी गरेका थिए । नियमित कप्तान अनिल गुरुङ टोलीमा रहेपनि पहिलो रोजाइमा नअटाएपछि उपकप्तान विराज महर्जनलाई स्वतः त्यो जिम्मेवारी पाउछन् नै । तर, विराजको अवस्था पनि अनिलकै जस्तो भएपछि अब नेपाली टोलीको कप्तानी कसले गर्ने छन् भन्ने प्रष्ट […]
August 1, 2017
काठमाडौँ (एजेन्सी) – अखिल नेपाल फुटबल संघले साफ यू१८ फुटबल प्रतियोगिता र एएफसी यू१९ च्याम्पियनसिपको छनोट चरणलाई लक्षित गर्दै ३५ सदस्यीय टोलीको घोषणा गरेको छ। यसअघी प्रारम्भिक छनोटमा ७२ जना खेलाडी रहेकोमा प्रशिक्षक छिरिङ लोप्साङले ३५ खेलाडीको नाम घोषणा गरेका हुन्। प्रशिक्षण टोलीमा लोप्साङसँगै पुस्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र पनि रहेका छन्। प्रारम्भिक […]