default_image

popular

August 22, 2017

राखेप उपाध्यक्ष शेर्पालाई काम नगराउन मन्त्रीको निर्देशन

प्रकाश तिमल्सिना काठमाडौं – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) ले उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै काम नलगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् । टेन्डीविरुद्ध झन्डै तीन बर्ष अघि देखिनै फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले मंगलबार यस्तो निर्देशन दिएका हुन् […]

August 22, 2017

वर्षाले पश्चिमाञ्चल एपिएफको खेल स्थगित

पोखरा (हाम्रो खेलकु्द)– खेल दौरान अत्याधिक वर्षा भएपछि पश्चिमाञ्चल र नेपाल एपिएफ क्लबबीचको समूह चरणको स्थगित भएको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी स्कुलको खेल मैदानमा मंगलबार एपिएफले १४–४ को अग्रता लिइरहेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित हुन पुगेको थियो । त्यसपछि वर्षा नरोकिएपछि खेल पुन सुचारु हुन सकेन । मंगलबार स्थगित भएको खेल बुधबार बिहान […]

August 22, 2017

खेल्नुअघि नै शिवम् न्यू डायमण्ड र पुलिस सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– खेल्नुअघि नै चार पटकको च्याम्पियन काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा मंगलबार सुरु भएको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका थिए । समूहमा यी दुई टोली रहेकाले उद्घाटन खेल मात्र समूह ‘ए’ को विजेताको छिनोफानोका लागि मात्र थियो । जसमा न्यू डायमण्डले पुलिसमाथि ३–० को […]

default_image

August 22, 2017

साफ यू १५ : बंगलादेश समूह ‘ए’ को विजेता

दिपेन्द्र पोखरेल ललितपुर – बंगलादेश राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको क्रृतिम मैदानमा भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । भुटान पनि यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । अब बंगलादेशले समूह ‘बी’ को उपविजेता (नेपाल र भारत मध्ये […]

Jaykumar nath shah

August 22, 2017

पूर्व अध्यक्ष शाहलाई क्यानको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेटलाई लामो समय नेतृत्व प्रदान गरेका जयकुमारनाथ शाह लामो समयपछि क्रिकेटको औपचारिक कार्यक्रममा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) को आज सुरु भएको विशेष साधारण सभाको उद्घाटन सत्रमा अतिथिका रुपमा शाहले भाग लिएका थिए । झन्डै दुई बर्षदेखि आन्तरिक विवादका रुमलिएको क्यान […]

August 22, 2017

प्रस्तावित विधान क्यानको विशेष साधारण सभामा प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)– सल्लाहकार समूहले तयार पारेको प्रस्तावित विधानका विषयमा निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभामा आज छलफल सुरु भएको छ । नेपालमा क्रिकेट विवाद चरम विवादमा पुगेपछि क्यानलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल सरकारको सहमतिमा सल्लाकार समिति गठन गरेको थियो । सल्लाकार समितिले प्रस्ताव गरेको विधान विशेष साधारण […]

bhutan

August 22, 2017

साफ यू-१५ : भुटान र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद ) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज भुटान र बंगलादेश भिड्दै छन् । यसअघि दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरिसके पनि आजको खेलले समूह बिजेताको टुंगो लगाउने छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगितामा दुवै टोलीले आफ्नो पहिलो खेल जितेको छ । प्रतियोगिताको पहिलो खेलमा […]

default_image

August 22, 2017

‘भारतविरुद्ध नेपालको वास्तविक खेल देखिने’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा फुटबल टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले आफ्नो टोलीको वास्तविक प्रदर्शन भारतविरुद्ध देखिने बताएका छन् । पहिलो खेलमा माल्दिभ्सलाई सोमबार ६–० ले हराएपछि श्रेष्ठले भारतसँगको खेलमा कमजोरीलाई सुधारिने विश्वास व्यक्त गरेका छन् । ‘नेपालको वास्तविक स्तरको खेल भारतसँग देखिनेछ । माल्दिभ्सले पूर्ण रक्षात्मक खेल खेलेकोले हामीले त्यसको प्रत्युत्तरमा दोस्रो हाफमा राम्रो प्रदर्शन […]

new diamond volleyball

August 21, 2017

रेडबुल राष्ट्रिय महिला भलिबलमा न्यू डायमण्ड र पुलिस भिड्दै

पोखरा(हाम्रो खेलकुद) – काठमाडौं नैकापको न्यू डायमण्ड एकेडेमी पोखराको लामाचौरमा हिन्दु नारीहरुको महान तीज पर्वको अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिबलको सर्वाधिक सफल टिम हो । दोस्रो संस्करणदेखि लगातार पाँचौ संस्करणसम्मको च्याम्पियन डायमण्डले मंगलबार विभागीय नेपाल पुलिसविरुद्ध खेल्दै छैटौं संस्करणको रेडबुल महिला राष्ट्रिय भलिबलको उपाधि रक्षा गर्ने अभियानका साथ मैदान उत्रनेछ । भर्खरै शिवम सिमेन्टको […]

August 21, 2017

साफ यू-१५ : नेपाल ६-० माल्दिभ्स [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । हेर्नुहोस खेलका केहि तस्बिरहरु : तस्बिर – बिबेक सुबेदी / हाम्रो खेलकुद

Success

Thank you for your time.