default_image

popular

Players

September 6, 2017

यू १६ बास्केटबल च्याम्पियनसिप– नेपालले भुटानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले भुटानसँग खेल्दै तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ पुरुष बास्केटबल छनोट च्याम्पियनसिपमा यात्रा सुरु गर्दैछ । दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको पहिलो दिन मंगलबार नेपालबाहेक सबै टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । जसमा भारत र बंगलादेश विजयी भएका थिए । बंगलादेशले भुटानलाई ११७–४३ ले र […]

September 6, 2017

पाँच तस्बिरमा विमलको गोल

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कपको छनोटमा मंगलबार नेपाल नेपाल घरलु मैदानमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । आधा घन्टामा नै २–० ले पछि परेको नेपालले खेलाडी परिवर्तन गरेपछि दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । नवयुग श्रेष्ठलाई ३९ औं मिनेटमा परिवर्तन गर्दै मैदान प्रवेश गरेका विमल घर्तीमगरले ६१ औं मिनेटमा गोल गर्दै नेपाललाई […]

tajikistan coach

September 5, 2017

‘नेपाल लगायत सबै टोलीको स्तर समान छ,तर फिलिपिन्स बलियो ‘

ललितपुर (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटमा पहिलो जित निकालेको खुसी हुँदै ताजकिस्तानका प्रशिक्षक खाकिम फुजायोलोभले नेपाली टोली कमजोर नरहेको बताएका छन् ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाललाई २–१ ले हराएपछि फुजायोलोभले भने, ‘नेपालसँगको आजको खेल हाम्रो लागि एसियन कप छनोटमा रहिरहन निकै महत्वपूर्ण थियो । अर्को चरण पुग्ने सम्भावना जीवित राख्न नेपाललाई जित्नै […]

Yemen

September 5, 2017

घरलु मैदानमा फिलिपिन्स हारबाट जोगियो, यमनसँग बराबरी

मनिला (एजेन्सी)– नेपालले ताजिस्तानलाई २–१ नतिजा सुम्पेको दिन एएफसी एसियन कपको छनोट चरणअन्तर्गत एकै समूहको अर्को समूहको अर्को खेलमा फिलिपिन्सले यमनसँग २–२ को बराबरी खेलेको छ । फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा दुई पटकको अग्रता गुमाएपछि यमनले बराबरीमा चित्त बुझाउनु परेको थियो । भ्रमणकारी यमनले मुदिर अल रदाईको गोलमा २७ औं मिनेटमा अग्रता लिएको थियो । […]

people choice

September 5, 2017

कसले जित्ला पिपुल्स च्वाइस अवार्ड ?

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्डको आठ विधा मध्ये सबै भन्दा पहिलो पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुने गर्दछ । वर्षभरि चर्चामा रहेका खेलाडीहरूका लागि पुरस्कृत गर्न समावेश गरिएको विधा भएकाले यसलाई पिपुल्स च्वाइस अवार्ड नाम राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बताउँदै आएको छ । एसएमएस र फेसबुक लाइकमार्फत् विजेता चयन गरिने पिपुल्स […]

September 5, 2017

चितवनमा झापा ११ को जित, हिमालयन शेर्पा बाहिरियो

भद्रपुर (हाम्रो खेलकुद)– प्रथम इ प्लानेट जेसिस कप फुटबल प्रतियोगिताको चौथो दिन पनि ए डिभिजन क्लब स्तब्ध हुने क्रम रोकिएको छैन । अर्को ‘ए’ डिभिजन टोली हिमालयन शेर्पा क्लब पनि जेसिस कपबाट बाहिरिएको छ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा आज राष्ट्रिय लिग खेलेको झापा ११ सँग बुधबार ३–१ ले पराजित हुँदै हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको […]

September 5, 2017

साबा यू १६ बास्केटबल – भारत र बंगलादेशको जित

काठमाडौं (हाम्रो खेलकुद)– भारत र बंगलादेशले तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ छनोट च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन मंगलबार बंगलादेशले भुटानलाई ११७–४३ ले हराएको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई १५२–१७ ले पराजित गरेको थियो । बंगलादेशको जितमा टटलकुमार […]

September 5, 2017

नेपाल ताजकिस्तानसँग पराजित : विमलको गोल अपर्याप्त

ललितपुर (हाम्रो खेलकुद)– नेपाल आज घरेलु मैदानमा पराजित भएपछि एएफसी एसियन कप छनोटमा समूह ‘एफ’ को पुछारमा पुगेको छ । नेपाललाई २–१ ले हराउँदै पहिलो अंक जोडेको ताजकिस्तान पुछारबाट तेस्रो स्थानमा उक्लन सफल भएको छ । दोस्रो हाफमा नेपाल गोल फर्काउन सफल भएपनि अर्को गोल थप्न नसक्दा छनोटमा दोस्रो हार बेर्होन बाध्य भएको छ । […]

September 5, 2017

राष्ट्रिय टोलीबाट जर्ज प्रिन्स को ‘डेब्यू’

ललितपुर ( हाम्रो खेलकुद) –  प्रिन्स जर्ज कार्कीले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका छन् । एएफसी एसियन कपको छनोट अन्तर्गत ताजिकिस्तानको खेलबाट जर्ज प्रिन्सले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । सातदोबाटोमा भएको खेलमा जर्ज प्रिन्स ६३ औं मिनेटमा विशाल राईको स्थानमा मैदान प्रवेश गरेका हुन् । घरेलु फुटबलमा गत वर्ष उच्च प्रदर्शन गरेपछि सेनाका जर्ज प्रिन्स […]

September 5, 2017

पहिलो हाफमा नेपाल २–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – खेलको आधा घन्टामै २ गोल खाएपछि नेपाल एएफसी एसियन कप छनोट अन्र्तगत ताजिकिस्तानसँगको पहिलो हाफमा २–० ले पछि परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भैरहेको खेलमा नेपाल पछि परेको हो । ताजिकिस्तानका लागि २६ औं मिनेटमा जालीलोभले गोल गर्दै अग्रता दिलाए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा […]

Success

Thank you for your time.