September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली पाँचौं एसियन यू १६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपबाट बाहिरिएको छ । च्याम्पियनसिपको दाबेदार भारतसँग आज १०६–३९ स्कोरमा पराजित हुँदै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । तस्बिर– विवेक सुवेदी/हाम्रो खेलकुद यद्दपी सो प्रतियोगिता तेस्रो साबा च्याम्पिनसिप पनि रहेकोले उक्त प्रतियोगितामा तेस्रो हुने सम्भावना भने नेपालको जीवित नै छ । […]
September 8, 2017
म्यानचेष्टर (एजेन्सी)- इंग्लिस क्लब म्यानचेष्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनीले चोटका कारण प्रिमियर लिग अन्तर्गत लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउने सक्ने भएका छन् । विश्वकप छनोट अन्तर्गत जिब्रल्टार विरुद्धको खेलमा पिडौलामा चोट बोकेका कम्पनीले शनिबार लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउनेमा आशंका गरिएको हो । चोट बोकेपनि कम्पनीले जिब्रल्टारविरुद्ध पुरै समय खेलेका थिए । चोटकै कारण कम्पनीले […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राजधानीमा जारी तेस्रो साबा तथा पाँचौ एसियन यू–१६ पुरुष छनोट बास्केटबल च्याम्पियनसिपको तेस्रो खेलमा आयोजक नेपालले आज उपाधिको दाबेदार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँस १ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानको चुनौती सहजै पन्छाएको नेपालले बिहिबार अर्को बलियो टोली बंगलादेशलाई कडा टक्कर दिएपनि […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिसी यू १९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको यात्रा सुरु गर्नेछ । दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले त्यसपछि नेपालले भदौ २८ मा भुटान र भदौ […]
September 7, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली फुटबलका अधिकांश स्टारहरुले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब वा रुस्लान थ्री स्टार क्लबबाट खेल्ने सपना पालेका हुन्छन् । त्यसमध्ये कतिको पुरा हुन्छ भने कसैको पुरा नहुन पनि सक्छ । यस्तैमा राष्ट्रिय टोलीमा नियमित मिडफिल्डर अञ्जन विष्टले आज मनाङबाट ‘डेब्यू’ गर्ने अवसर पाएका छन् । चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को चार मित्र बाँकी छ । यस्तो अवस्थामा ८ विधाको अवार्ड कसले जित्ला भने चर्चा पनि चुलिएको छ । यसपटक महिला वर्ष खेलाडीको उपाधिका लागि ४ खेलका ५ खेलाडीबीच तीब्र प्रतिस्पर्धा रहेको छ । लामो दूरीकी धाविका एपिएफकी कान्छीमाया कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एक्स्टेप किक अफ फुटसल एन्फा रेडुबल राष्ट्रिय फुटसल च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । चौर रिक्रिएसनलाई आज ८–२ ले हराउँदै एक्स्टेप सेमिफाइनल अन्तिम चारमा प्रवेश गरेको हो । त्यसैगरि शंखमुलले धन्यन्तरीमाथि १०–० को एकतर्फी नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको छ । अन्य क्वाटरफाइनलमा सामाखुसीले स्वयम्भुमाथि १२–४ को जित हात पार्यो । फुटसल एरिनाले डिभाइन […]
September 7, 2017
भरतपुर (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रमपम झापा ११ लाई टाइब्रेकरमा ५–३ हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । निधारित ८० मिनेटको खेलमा १–१ को बराबरीपछि सोझै भएको पेनाल्टी सुटआउटमा विजयी हुँदै मनाङ अघिल्लो चरण पुगेको हो । मनाङले फाइनल प्रवेशका लागि […]
September 7, 2017
काठमाडौं (हाम्रोखेलकुद)- पाँचौ एसियन पुरुष यू–१६ छनोट बास्केटबल च्याम्पियनसिपको दोस्रो खलमा नेपाल पराजित भएको छ । च्याम्पियनसिप अन्र्तगत बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको छनोट चरणको दोस्रो खेलमा नेपाल शारीरिक रुपमा बलियो बंगलादेशमाथि ५७–६८ ले पराजित भएको हो । नेपालले पहिलो क्वार्टरमा २२–१० को नतिजा संगै १२ अंकको अग्रता निकालेपनि दोस्रो क्वार्टरको […]
September 7, 2017
दिपक बोहोरा चितवनमा जारी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगितामा आज लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रमपम झापा ११ आमने सामने हुँदैछन् । अघिल्लो वर्ष झापा गोल्डकपमा आफ्नै घरेलु मैदानमा मनाङसँग पराजित हुँदै उपाधि गुमाएको झापा त्यो हारको बदला लिने धुनमा रहने छ । घरेलु फुटबलमा सफल क्लब मनाङ भने झापालाई हराउँदै यो […]