October 14, 2017
ललितपुर(हाम्रो खेलकुद) – कमल भण्डारी र मायन्का राणाले दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामामा सिंगल्स उपाधि जितेका छन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार भएको पुरुषतर्फको फाइनलमा कमलले सन्तोष खत्रीलाई ७–६, ७–२, ६–२ ले हराए । महिलातर्फको फाईनलमा मायन्काले पनि प्रेरणा कोइरालालाई ६–१,६–२ ले हराइन् । कमल र महेश श्रेष्ठको जोडीले पुरुष डबल्सको […]
October 14, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज बेलुका उपाधि दाबेदार मानिएका दुई टोलि लिभरपुल र म्यानचेस्टर युनाइटेड आम्ने-साम्ने हुँदैछन् ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलिने सो खेल नेपाली समय अनुसार ५.१५ बजे सुरु हुने छ । यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर युनाइटेड सिजनका ७ खेलमा १९ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । लिगको आफ्नो […]
October 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । नेपालको ब्याट्सम्यानहरु चल्न नसक्दा १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १ सय ११ रन बनाउदै अल आउट भयो । नेपालको विश्व कप छनोट चरण खेल्ने सम्भावना कठिन बनेको छ । ओपनर सागर पुन व्यक्तिगत ३ रन बनाउदै आउट भएपछि […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ । त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो आधिकारिक राष्ट्रिय फुटसल टिम एएफसी फुटसल च्याम्पियनसिप खेल्न इरान प्रस्थान गर्दै छ । भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम र ९ अफिसियल गरी २३ सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे । तस्विर : एन्फा नेपालले फुटसल […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपाल प्रालिले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल समिति र जर्सी पसलबीच बिहिबार तीन बर्षको लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले हस्ताक्षर गरे । नेपाल इरानमा भोलिबाट शुरु […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार हङकङसँग पहिलो खेल खेल्दै छ । खेलको अघिल्लो दिन नेपाली टोलीले क्वाङ्ग रिक्रिएसन ग्राउन्डमा अभ्यास गरेको हो । नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर अस्वस्थताका कारण पशिक्षणमा देखिएनन । शरदले शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । सम्पूर्ण तस्विरहरु : कौशल अधिकारी / क्रिकेटिङ्गनेपाल डट कम
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हाल अस्ट्रेलियामा रहदै आएका नेपाली मिडफिल्डर जगजित श्रेष्ठसँग फक्सस्पोर्ट्सले रमाइलो कुराकानी गरेको छ । जापानकालागि ३ खेल खेलेका युजो टासहिरो र हाल अस्ट्रेलियाको ए लिगका मिडफिल्डर जुम्पाई कुसुकामीसँगै जजगितसँग अस्ट्रेलियामा खेल्दाको अनुभव फक्सस्पोर्ट्स एसियाले बटुलेको छ । जगजित हाल अस्ट्रेलियाको नुनावाडिङबाट खेल्दै आएका छन् ।
October 11, 2017
इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]