default_image

popular

October 29, 2017

प्रतिभा र कृपा सम्मिलित न्यू डायमन्डलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ नैकापको शिवम् न्यू डायमण्ड एकेडेमी राजधानीमा आजबाट शुरु भएको प्रथम प्याब्सन यू–१८ महिला तथा पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आइतबारबाट शुरु भएको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले महोत्तरीको भानुभक्त मेमोरियल बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा हराउँदै समूह विजेताका रुपमा अन्तिम […]

Kohli

October 29, 2017

कोहलीको मूल्य मेस्सी भन्दा धेरै

न्यू योर्क (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको ‘ब्रान्ड भ्यालू ‘ अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सी भन्दा धेरै रहेको छ । अमेरिकी बिजनेस म्यागजिन फब्र्सले प्रकाशित गरेको विश्वका मूल्यवान एथलीट को सूचीमा कोहली सातौं र मेस्सी नवौं स्थानमा छन् ।  फब्र्सका अनुसार कोहलीको ‘ब्रान्ड भ्यालू ‘१४.५ मिलियन अमेरिकी डलर छ । मेस्सीको १३.५ मिलियन […]

October 29, 2017

एसिया कपका लागि यू–१९ क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको आज घोषणा भएको छ ।युथ टोलीका मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजु रहेको समितिले खेलाडीको छनोट गरेको छ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । ४ खेलाडी वैकल्पिकमा छन् । अन्तिम छनोटमा एसीसी […]

October 29, 2017

नेपाली युवा टोली किर्गिस्तानतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेल्न नेपाली युवा टोली आज किर्गिस्तान प्रस्थान गरेको छ । छिरिङ लोप्साङको मुख्य प्रशिक्षणमा रहेको टोलीले यो साता सुरु हुने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ । यो समूहमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएइ) […]

October 29, 2017

रोहितको टोलीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इन्डोनेसिया लिगा १ मा लगातार दोस्रो जित हासिल गरेको छ । गए राति बोर्नियोसँगको खेलमा १–० ले पछि परेर पनि पर्सिजाले अन्ततः खेल २–१ ले जितेको थियो । यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा पर्सिजाले हार बेहोरेको थियो । […]

October 28, 2017

इङ्ग्ल्यान्डले यु-१७ विश्व कप उपाधि उचाल्यो

दिपेश तिमलसिना कोलकाता  –इङ्ग्ल्यान्डले फिफा यु १७ विश्व कप फुटबलको उपाधि जितेको छ । स्पेनलाई आज ५-२ ले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको हो ।  दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै इङ्ग्ल्यान्डले आफ्नो पहिलो यु-१७ विश्व कप जितेको हो । खेलको दशौँ र ३१ औँ मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई बलियो स्थितिमा पुर्‍याएका थिए । तर […]

October 28, 2017

सिटीको विजयी यात्रा जारी, आर्सनल र लिभरपुललाई सफलता

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राख्दै वेस्ट ब्रोममाथि ३-२ को जित दर्ता गरेको छ । त्यस्तै आर्सनल र लिभरपुल पनि अाआफ्ना खेलहरुमा विजयी रहे । वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा तीन गोल पाँच मिनेटको अवधिमा भएको थियो । खेलको दशौँ […]

October 28, 2017

मेचि नेत्रालय काकारभिट्टा गोल्ड कप अर्को महिना

झापा (हाम्रो खेलकुद)– तेस्रो मेचि नेत्रालय काकारभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता अर्को महिना हुने भएको छ । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा प्रतियोगिता मंसिर ६ गते देखि १६ गते हुने बताइएको छ । ए डिभिजन क्लब, मोफसलका र दुई विदेशीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक सेन्टरका अध्यक्ष मिन बस्नेतले जानकार िदिए । प्रतियोगिताको विजेताले ८ लाख […]

TriaThlon

October 28, 2017

ट्रायथलनमा वसन्त र सोनीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका वसन्त थारु र नेपाल एपिएफकी सोनी गुरुङ एनएसए सातौं राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप २०७४ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । ट्राईयाथलनको पुरुष स्प्रिन्टतर्फ ७५० मिटर पौडी, २० किमिबाईक र ५ किमि दौड सेनाका थारुले १ घन्टा, ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । […]

October 28, 2017

विश्व पावरलिफ्टिङमा बुद्धिलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतको राजधानी दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । ९० केजी तौल समूहमा कार्कीले १६० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतिय खेलाडीहरुलाई पछि पारेका थिए । सन् २०१५ मा दिल्लीमानै भएको विश्व पावरलिफ्टिङमा पनि […]

Success

Thank you for your time.