default_image

popular

March 21, 2017

राणा पक्ष ताला खोलेर एनओसी भवन छिर्यो

काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतको निर्णयबाट पूर्नस्थापित रुक्म शम्सेर राणा अध्यक्ष रहेको समितिका पदाधिकारी आफैले दुई महिना अघि लगाएको ताला खोलेर पहिलो पटक मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवन भित्र प्रवेश गरेका छन् । राणा नेतृत्वको एनओसीका कार्यवहाक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा सातदोबाटोस्थित एनओसी मुख्यालय पुगेको समूहले प्रहरीको रोहबरमा ताला खोलेर भवन भित्र प्रवेश […]

March 21, 2017

किरण आइपुगे,भोलीबाट प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आज स्वदेश आइपुगेका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६मा माल्दिभ्स पुगेका किरण त्यसयता पहिलो पटक स्वदेश फर्केका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी नेपाल आएका हुन्। किरणले राष्ट्रिय टोलीसंग रहेर बुधबारबाटै प्रशिक्षण थाल्नेछन। सातदोबाटो […]

March 21, 2017

नेपाल कप भेट्रान फुटबलमा ११ टोली

काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्ट्स फर अल क्लब, नेपालको आयोजनामा बिहीबार सुरु हुने दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ११ टोलीले सहभागिता जनाउने भउका छन् । नकआउटका आधारमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सामाखुशी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रुपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सिखेल युथ क्लब, मनाङ मस्र्याङदी क्लब, साइनिङ सन फुटबल […]

March 21, 2017

रोनाल्डोलाई ‘प्लेयर अफ द इयर’ उपाधि

स्पेन (एजेन्सी)- रियल म्याड्रिड एवं पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको ‘प्लेयर अफ द इयर’को उपाधि जितेका छन्। रियलबाटै व्यवसायिक फुटबल खेल्दै आएका डिफेन्डर पेपे र गोलरक्षक रुइ प्याट्रिसिओलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन्। सन् २०१६मा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्दा फाइनल खेलमा एट्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टीमा निर्णायक गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको उच्च […]

March 20, 2017

सागका स्वर्ण पदक विजेता सुनिल अमेरिका जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– एघारौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा दुई प्रतियोगिता खेल्न अमेरिका जाने भएका छन् । उनी मंगलबार त्यसतर्फ जाँदैछन् । मार्च २५ र २६ मा हुने न्यू योर्क ओपन च्याम्पियनसिप र अप्रिल १२ देखि १६ सम्म हुने यूएस ओपनमा भाग लिने सुनिलले बताएका छन् । द च्याम्पियन्स क्लबको […]

Virat Kohli, Matthew Wade

March 20, 2017

भारत र अस्ट्रेलियाबीच तेस्रो टेस्ट बराबरीमा टुंगियो

राँची (एजेन्सी)– सन मार्श र पिटर ह्यान्ड्सकमको धर्यतापूर्वक साझेदारी गरेपछि अस्ट्रेलियाले तेस्रो टेस्ट क्रिकेटमा भारतलाई बराबरीमा रोक्न सफल भएको छ । ४ टेस्टको श्रृखंलाको पहिलो टेस्टमा अस्ट्रेलिया र दोस्रो टेस्टमा भारत विजयी भएको थियो । तेस्रो टेस्टको अन्तिम दिन मंगलबार मार्श र ह्यान्ड्सकमले पाँचौं विकेटका लागि १ सय २४ रन साझेदारी गरेपछि भारतको सम्भावित जित […]

March 20, 2017

एसियन जोनल चेसमा मनीष र अनिषको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फिडे मास्टर मनीष हमाल र आशिष फुयालले सोमबार पनि एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगितामा उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । २०८१ रेटेड मनीषले दोश्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसंग बराबरी गरे तथा १८०१ रेटेड आशिषले बंगलादेशी आइएम २३४३ रेटेड अबु सफीयन सकीलसँग बराबरी गरे । २०३६ […]

March 20, 2017

ब्रनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा सोमले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद))– सोमबहादुर कुमालले ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णसहित दुई वटा पदक जितेका छन् । सोमले पुरुष ८ सय मिटर दौड स्वर्ण पदक जितेको एथलेटिक्स संघका महासचिव सुनिल राजवंशीलाई उदृत गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप) ले विज्ञप्ती जारी गरेको छ । ८ सय मिटरमा शनिबार स्वर्ण जितेका सोमले आइतबार ४ सय मिटर दौडमा रतज जितेका […]

March 20, 2017

फर्गुसनले फेरी एक पटक म्यानचेस्टर युनाइटेड सम्हाल्ने

लण्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका महान प्रशिक्षक सर एलेक्स फर्गुसनले फेरी एकपटक टोली सम्हाल्ने भएका छन्. । जून ४ मा माइकल क्यारिकको बिदाईमा हुने खेलमा फर्गुसनले टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । खेल माइकल क्यारिक अल स्टार्स र युनाइटेडकाबीचमा हुनेछ । क्यारिक अल स्टार्स टोलीको प्रशिक्षणको जिम्मेवारी ह्यारी रेडन्यापले गर्नेछन् । युनाइटेडलाई ३८ उपाधि दिलाएका फर्गुसनले […]

March 20, 2017

उत्साहका साथ स्वदेश फर्कदै गोलकिपर किरण

प्रकाश तिमल्सिना काठमाडौं – झन्डै अढाई महिनापछि राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ मंगलबार स्वदेश आइ पुग्ने भएका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६ मा माल्दिभ्स गएका किरण त्यसयता पहिलो पटक स्वदेश फर्कन लागेका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी राजधानी आउन लागेका हुन् । माल्दिभ्सको […]

Success

Thank you for your time.