default_image

popular

Nepal Cricket Team vs Oman (5)

April 4, 2017

उद्घाटन खेलमा पारसले नेपाल ११ को नेतृत्व गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को अर्को साता हुने उद्घाटन खेलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाल ११ र पदक केसीले धनगढी ११ कप्तानी पदक गर्ने भएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगको सहकार्यमा मंगलबार पारस र पदकसँगै टोलीको घोषणा गरेको हो । पदम पूर्व राष्ट्रिय […]

April 4, 2017

नेक्सस कप यू १६ क्रिकेट भोलीबाट, २८ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस कप यू १६ टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबार राजधानीमा सुरु हुने भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सुरु हुने प्रतियोगितामा सात प्रदेशका २८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए । प्रतियोगितामा १६ वर्ष भन्दा मुनिका खेलाडीलाई मात्रै सहभागिता होस भनेर उमेर […]

April 4, 2017

संकटालाई हराउँदै एपिएफ माईभ्याली गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा इलाम– राष्ट्रिय टोलीका चार खेलाडी उतारेपनि जारी सिजनको सफल क्लबमध्येको एक सिएमजी क्लब संकटा माईभ्याली गोल्ड कपको आफ्नो पहिलो खेलमै स्वब्ध भएको छ । राष्ट्रिय टोलीका विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा र गोलकिपरलाई आफ्नो जर्सीमा उतारेपछि मंगलबार संकटा ए डिभिजन प्रतिद्वन्दी नेपाल एपिएफ क्लबसँग १–० ले पराजित भएको छ । जितसँगै एपिएफ […]

barcelona-b

April 4, 2017

बार्सिलोना ‘बी’सँगको लज्जास्पद पराजयपछि एल्डेन्सले सिजनको अन्य खेल नखेल्ने

बार्सिलोना (एजेन्सी)- स्पेनको तेस्रो डिभिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसँग १२–० को लज्जास्पद हार बेहोरेपछि एल्डेन्सले खेलकुदका कुनै पनि गतिविधिमा भाग नलिने निर्णय सार्वजनिक गरेको छ । यसै सिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसंग घरेलु मैदानमा १–० को पराजय भोगेको टोलीले सेगुन्डा डिभिजन ‘बी’ को तेस्रो समूहको खेलमा बार्सिलोनामा १२–० को लज्जास्पद हारको सामना गर्नु परेको छ । गत […]

April 4, 2017

पाँचथर गोल्ड कपको उद्घाटन खेल आयोजक र एपिएफ पूर्वाञ्चलबीच हुने

दिपक बोहोरा पाँचथर – पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेल आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच हुने भएको छ । नयाँ बर्षको अवसरमा वैशाख २ गतेबाट सुरु हुने प्रथम गोल्ड कपको मंगलबार पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरिएको छ । वैशखा ९ गते सम्म पाँचथरको फिदिममा सञ्चालन हुने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई […]

Pepe Madrid

April 4, 2017

रियलका पेपेलाई भित्राउन पिएसजी र म्यानचेस्टर सिटीले हेबेई चाइनासँग प्रतिस्पर्धा गर्ने

स्पेन (एजेन्सी) – रियल मड्रिडका भरपर्दा रक्षक पेपेको स्पेनिस क्लबसँगको सम्झौता अन्तिम बर्ष हो । यो सिजनको अन्त्यसँगै पेपे चिनियाँ क्लब हेबेई चाइना फोर्चुन जाने लगभग पक्का भएपनि युरोपका चर्चित क्लबमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले उनलाई लिने संकेत देखिएका छन् । करिब १२ मिलियन युरो (१ अर्ब नेपाली रुपैयाँ) प्रति वर्ष हेबेई […]

April 4, 2017

माईभ्यालीमा विमल,विक्रम,विशाल र अनन्त संकटाबाट खेल्दै

दिपक बोहोरा इलाम – राष्ट्रिय टोलीका चार खेलाडी टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने अन्तिम क्वार्टरफाइनलमा सिएजमी क्लब संकटाबाट खेल्दैछन् । नेपाल एपिएफविरुद्ध हुने खेलमा विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा र गोलकिपर विशाल श्रेष्ठ संकटाको जर्सीमा उत्रनेछन् । विशालबाहेक तीन जना पहिलो पटक संकटाको जर्सी लगाउँदैछन् । गत साता फिलिपिन्सविरुद्ध एसियन कप […]

April 3, 2017

राष्ट्रिय करातेमा पुलिस टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्दै पुलिसले टिम च्याम्पियनको उपाधि जितेको हो । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब दोस्रो भयो । […]

April 3, 2017

साइपाललाई काष्ठमण्डप अन्तरविद्यालय फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमीले प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काष्ठमण्डप विद्यालयको आयोजनामा मण्डिखाटारमा सोमबार भएको फाइनलमा साइपालले काठमाडौं जेभियरलाई ९–१ को फराकिलो अन्तरले हरायो । साइपालका निशान माझीले ५, अकोश तामाङले २ तथा मुकेश तामाङ र इङ्लाहाङ लिम्बूले समान १ गोल गरे । लिग […]

April 3, 2017

सहकारी चेसमा हिमाल, मनीष र सुमित शीर्षस्थानमा

ललितपुर (हाम्रो खेलकुद) – गोल्डेन गेट कलेजका हिमाल लामा, अर्थ बहुउेश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल र श्रेयङकर साकोसका सुमित पन्त ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणको समाप्तीमा हिमाल, मनीष र सुमितको समान ३ अंक छ । हिमालले दोश्रो चरणमा तनहुँका सविनचन्द्र […]

Success

Thank you for your time.