default_image

popular

April 20, 2017

नेपाली खेलाडीले थाइल्यान्ड ओपन करातेमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । थाइल्यान्डको राजधानी बैंकक अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा सोनाम लामा, ६० केजीमा रविन्द्र कार्की, ८४ केजीमुनि दिवस श्रेष्ठ र विप्लव श्रेष्ठ तथा ८४ केजीमाथि लेखनाथ मैनालीले […]

April 20, 2017

शीरिष फाउन्डेसनले खेलाडीलाई छात्रबृति दिने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शिरिष फाउन्डेसनले पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ । दर्ता प्रक्रिया पुरा भएपनि औपचारिक उद्घाटनमार्फत फाउन्डेसन स्थापनाको जानकारी दिने तयारी गरिरहेको फाउन्डेनसले छात्रवृतिका लागि प्रक्रिया भने थालिसकेको छ । फाउन्डेसनले आफ्ना योजनावारे छलफल गरी सुझाव संकलन तथा खेलाडी […]

April 20, 2017

चौराहाको सनसनीपूर्ण फाइनल यात्रा

सुबास हुमागाईं धनगढी – धनगढि प्रिमिएर लिगको लिग चरणको सुरुवाती तिन खेलसम्म पनि राष्ट्रिय टोलीका कप्तान पारस खड्का सम्मिलित टिम चौराहा धनगढिले कुनै अंक जोड्न सकेको थिएन। लिग चरणको चौथो खेलमा चौराहाले काठमाडौं गोल्डेन्सको सामना गर्यो। जित हात पार्न सकेमा अर्को चरण पुग्ने गणितीय सम्भावना कायमै रहने हुनाले पारसको टोलीलाई ‘गर या मर’को स्थिति थियो। […]

April 20, 2017

चौराहा डीपीएलको फाइनलमा प्रवेश

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको भारी अन्तर ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। विशाल लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको रुपन्देही ८० रनमा अलआउट भएको थियो। १५.२ ओभर मात्र […]

April 19, 2017

एपिएफ पूर्वाञ्चल पाँचथर गोल्ड कपको फाइनलमा

दिपक बोहोरा फिदिम– एपिएफ पूर्वाञ्चल प्रथम पाँचथर गोल्ड कप प्रतियोगिताको फाइलनमा पुगेको छ । पथरी स्पोर्टिङ क्लब युनाइटेडमाथि बुधबार सेमिफाइनलमा ३–० को एकपक्षिय नतिजा निकाल्दै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले रेडहर्स इलाम र विर्ता युनाइटेड झापाबीचको विजेतासँग फाइनल खेल्नेछ । फिदिम माविको मैदानमा एपिएफलाई जित दिलाउन बुद्धिमान राई , सुशिल राई र झलक […]

April 19, 2017

जितसंगै पारसको चौराहा क्वालिफायरमा प्रवेश; काठमाडौँ बाहिरियो

धनगढी (हाम्रो खेलकुद)– धनगढी टिम चौरहा सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको दोस्रो क्लालिफायरमा पुगेको छ। वसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई आज ६ विकेटले हराउँदै पारस खड्काको कप्तानीमा चौराहाले फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ। पारस खड्काको नेतृत्वमा फाइनल प्रवेशका लागि चौराहाले बिहीबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ। रुपन्देहीलाई बुधबार बिहानको खेलमा विराटनगर किङ्सले २९ रनले हराउँदै […]

Atletico

April 19, 2017

च्याम्पियन्स लिगमा लेस्टरको यात्रा टुंगियो

लेस्टर(एजेन्सी)– एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गए राती क्वार्टरफाइनलको दोस्रो लेगमा लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएपनि पहिलो लेगको १–० को जित हासिल गरेको एट्लेटिको अन्तिम चारमा पुगेको हो । समग्रमा २–१ को अग्रताका सहित एट्लेटिको सेमिफाइनल पुगेको हो । अर्को क्वार्टरफाइनलमा वायर्न म्युनिखलाई समग्रमा ६–३ ले पछि पार्दै साविक विजेता रियल […]

April 18, 2017

धनगढीमा विराटनगर किंग्सको परोपकारी काम

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपिएल) विराटनगर किंग्सले बुधबार क्वालिफायर्समा रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ । क्वालिफायर्सको अघिल्लो दिन मंगलबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सले मंगलबार परोपकारी कामका लागि समय निकाल्यो । धनगढीमा रहेको जनजाती कल्याण आश्राम आमाको माया छात्रबासमा गएर किंग्सले खेलकुद लगायतका सामाग्री प्रदान गर्यो । १० वर्ष अगाडि […]

default_image

April 18, 2017

स्वास्थ्य सेवामा सहुलियत दिन खेलाडीको माग

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडी सुविधा सुझाव कार्यदलले खेलाडीको वर्गिकरण गरी स्वास्थ्य सेवामा सहुलियत माग गर्दै स्वास्थ्य मन्त्रालयलाई मंगलबार माग पत्र बुझाएको छ । राष्ट्रिय खेलुकद परिषद् (राखेप) द्वारा गठित उपेन्द्रकुमार पौडेलको नेतृत्वमा रहेको कार्यदलले स्वास्थ्य मन्त्री गगनकुमार थापालाई माग पत्र हस्तान्तरण गर्यो । रामशाह पथस्थित मन्त्री थापाकै कार्यकक्षमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

April 18, 2017

रुपन्देही र बिराटनगर क्वालिफायरमा भिड्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत प्लेअफ चरणको पहिलो क्वालिफायर खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस भिड्दैछन्। लिग चरणमा शीर्षस्थानमा रही छनोट भएको रुपन्देहीले आफुले खेलेको पाँच खेलमध्य चार खेलमा जित दर्ता गरेको थियो। उता बिराटनगरले भने ३ जित र २ हारसंगै ६ अंकका साथ […]

Success

Thank you for your time.