default_image

popular

May 4, 2017

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ। जापानिज प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्धको खेलमा छनोट गरिएका २७ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नेपालले आगामी जुन १३ तारिखमा एएफसी एसियन कपको छनोट चरण अन्तर्गत दोश्रो खेलमा यमनको सामना गर्दैछ। हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने […]

May 3, 2017

कहाँ छन् नवयुग श्रेष्ठ?

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठ गत महिना खेलिएको फिलिपिन्स विरुद्धको एएफसी एसियन कप छनोट चरण अन्तर्गतको टोलीमा अटाएका थिएनन्। त्यसबेला चोटका कारण टोलीमा नपरेपछि उनले त्यसयता विश्राम लिंदै आइरहेका छन्। फिलिपिन्स विरुद्धको खेलपछि नेपालमै आयोजित घरेलु प्रतियोगितामा पनि नवयुग आर्मीको टोलीमा थिएनन्। नवयुगकै गृहनगर इलाममा आयोजित माइभ्याली गोल्डकपमा आर्मी […]

May 2, 2017

नेपाली क्रिकेटको विवाद सुल्झाउन एक महिने अल्टिमेटम

काठमाडौँ (हाम्रो खेलकुद) – गत बैशाखमा निलम्बनमा परेको नेपाली क्रिकेटको समस्या समाधान गर्न आइसीसीले दिएको म्याण्डेट अब केहि सातामात्र बाँकी छ। निलम्बनमा परेको १ वर्ष बितिसक्दापनि केहि विकास हुन नसकेपछि अब नेपाली क्रिकेटनै आइसीसीबाट खारेजीमा पर्ने खतरा बढ्दै गएको छ। आइसीसीको जुनमा बस्ने बोर्ड बैठकले नेपालजस्तै निलम्बनमा रहेको अमेरिकी क्रिकेट बोर्डलाई खारेज गर्न सक्ने समाचार […]

May 2, 2017

फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै गएको छ । अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि ड्रिम फाप्ला अभियान सञ्चानल भएपछि ६ लाखभन्दा वढी रकम निजि क्षेत्रका संस्था र व्यक्तीवाट संकलन भएको छ । देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डिपिएलको आयोजनावाट पनि डेढ लाख रकम […]

May 2, 2017

धनगढी प्रिमियर लिगको हिसाब-किताब सार्वजनिक

धनगढी (हाम्रो खेलकुद) – देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिगको हिसाव किताव सार्वजनिक गरिएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले आर्थिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो । प्रतियोगिता आयोजनावाट अपुग भएको झण्डै १५ लाख रकम सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले व्यहोर्ने भएको छ । धनगढी प्रिमियर लिगले हौसलता थपेकोले अर्को वर्ष […]

May 2, 2017

क्रिकेट खेलाडी ममताको नयाँ इनिङ सुरु

काठमाडौं, वैशाख १८ गते–  राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप कप्तान ममता थापा विवाह बन्धनमा बाधिएकी छिन् । बाँकेकी ममताले आफ्नै जिल्लाका सूर्य खड्कासँग आइतबार विवाह गरेकी हुन् । त्यस्तै भलिबल खेलाडी प्रज्वल मल्लले बाँके कोहलपुरकी कविता शाहीसँग विवाह गरेका छन् । प्रज्वल पुलिसमा आवद्ध छन् । पछिल्लो समय सञ्चारकर्मीका रुपमा क्रियासिल ममता नेपाली महिला […]

May 2, 2017

जितसंगै लिभरपुल तेश्रो स्थानमा पकड जमाउँदै

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा लिभरपुलले वाटफर्डलाई १-०ले पराजित गरेको छ। वाटफर्डको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा भएको गोल निर्णायक सावित भएको थियो। लुकास लेभियाको पासमा एम्रे च्यानले उकृष्ट एक्रोब्याटिक गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो। जितसंगै लिभरपुलको ३५ खेलमा ६९ अंक भएको छ। ३४ खेलमा […]

May 1, 2017

अत्तरिया कप महिला राष्ट्रिय क्रिकेटको तयारी पूरा,६ टोली भिड्दै

अत्तरिया (हाम्रो खेलकुद )- महिला क्रिकेटमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रथम अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले बैशाख २१ गतेबाट सुरु हुने अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानर लगाउने लगायतका थोरै काम गर्न […]

May 1, 2017

अनाथ बालबालिकालाई १० महिने निशुल्क तेक्वान्दो प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नारासहित विभिन्न अनाथ आश्रममा रहेको करिब २ सय ५० बालबालिकालाई १० महिने निशुल्क प्रशिक्षण सुरु गरेको छ । विश्व तेक्वान्दो महासंघको सहयोगमा संघले विभिन्न आठ आश्रममा रहेका २ सय ५० बालबालिकालाई १० महिनासम्म विशेष प्रशिक्षण गराउने छ । तेक्वान्दो संघले […]

Rohit Chand

April 30, 2017

इन्डोनेसियामा रोहितको टोलीको पहिलो हार

माकासार (एजेन्सी) – इन्डोनेसियाको लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका रोहित चन्दको सम्मिलित क्लब पर्सिजा जाकार्ताले सिजनमा पहिलो पराजयको सामना गरेको छ। पहिलो रोजाईमा परेका चन्दले पुरा समय खेलेका थिए। अघिल्ला दुई खेलमा १ जित र १ बराबरी खेलेको पर्सिजाले तेस्रो खेलमा पीएसएम माकासारको घरेलु मैदानमा १-०को पराजय भोग्यो। खेलमा दुवै टोलीका खेलाडीली रातो कार्डको […]

Success

Thank you for your time.