default_image

popular

May 22, 2017

मलेसिया र नेपालको पहिलो हाफ गोलरहित बराबरीमा

सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच जारि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। कोटा किनाब्लुस्थित लिकास रंगशालामा भइरहेको खेलमा दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन्।

May 22, 2017

केएनपी जापान महिला भलिबलमा ६ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा केएनपी जापान राष्ट्रिय महिला भलिबल जेठको तेस्रो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जेठ २३ देखि २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । […]

May 22, 2017

युरोपको शीर्ष पाँच लिगमा के-के भयो?

एजेन्सी – युरोपको फुटबल सिजनको अन्त्यसँगै शीर्ष पाँच लिगले आ-आफ्नो च्याम्पियन टोली पाएको छ। इटालीमा अन्तिम चरणको खेल बाहेक अन्य सबै लिगका खेलहरु समाप्त भइसकेको अवस्था छ। इङ्गल्याण्डमा चेल्सीले गत वर्ष को बिर्सनलायक प्रदर्शनलाई बिर्साउँदै लिग उपाधि जित्यो भने इटालीमा युभेन्टस र जर्मनीमा बायर्नको दबदबा कायमै रह्यो। फ्रान्समा पीएसजीको राज मोनाकोले तोड्दा रियल म्याड्रिडले अन्तिम […]

May 22, 2017

रियललाई ला लिगाको उपाधि

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा मालागालाई २-०ले पराजित गर्दै २०१६/१७को लिग उपाधि हात पारेको छ। क्लब इतिहासको ३३औं ला लिगा उपाधि जितेको म्याड्रिडले पाँच वर्षपछि लिग उपाधि जितेको हो। क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमै रियललाई खेलमा अग्रता दिलाएका थिए। इस्कोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले म्याड्रिडलाई उपाधितर्फ लम्काएका थिए। पहिलो हाफमा […]

May 21, 2017

नेपाल र मलेसियाबीच मैत्रीपूर्ण खेल भोली – कसले मार्ला बाजी ?

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ६ महिनामा नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेलमा दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ । त्यति बेला अपरिचित लाग्ने मलेसियालाई १–० ले हराएको नेपालका लागि यसपटक भने केही सहज देखिन्छ । एन्फा कम्प्लेक्सको मैदानमा त्यतिबेलाको खेल १–० ले जितेको नेपाल अहिले दुईवटा मैत्रीपूर्ण खेलका लागि मलेसिसया पुगेको छ । एकपटक खेलिसकेको […]

May 21, 2017

इन्डोनेसियामा रोहितको टोलीको अर्को बराबरी

जाकार्ता (एजेन्सी)– नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दको क्लब इन्डोनेसियाको पर्सिजा जाकार्ताले लिगा १ मा अर्को बराबरी खेलेको छ । पर्सिजा र बाली युनाइटेडबीच आइतबार भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । २७ औं मिनेटमा लुइज जुनियरले पेनाल्टी चुकाएपछि रोहितको टोलीले अग्रताको मौका गुमाएको थियो । पहिलो रोजाइमा परेका रोहितले पुरै समय खेलेका थिए । […]

May 21, 2017

सुखद पुनरागमनको आशा लिएर मैदानमा फर्किंदै सजना

काठमाडौँ (हाम्रो खेलकुद) – चोटका कारण विगत १ वर्षदेखि मैदान बाहिर रहेकी मिडफिल्डर सजना राना मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलको अन्तिम टोलीमा अटाउन सफल रहिन्। साफ च्याम्पियनसिप खेलेको टोलीबाट एकमात्र नयाँ खेलाडीका रुपमा टोलीमा प्रवेश पाएकी उनले सुरुवाती एघारमै उत्रने सम्भावना प्रवल रहेको छ। भारतमा सन् २०१६को डिसेम्बर महिनामा भएको साफ च्याम्पियनसिपमा केहि फितलो देखिएको नेपालको […]

May 21, 2017

प्रिमियर लिगको अन्तिम चरणका खेल आज खेलिंदै

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती यस सिजनको अन्तिम चरणका खेलहरु खेलिंदै छन्। चेल्सीले लिग उपाधि जितिसकेको र घटुवामा पर्ने ३ टोलीको पनि छिनोफानो भइसकेको अवस्थामा सबैको आँखा अब शीर्ष ४ मा पर्ने टोलीमाथि रहेको छ। शीर्षस्थानमा रहेको चेल्सीले ३७ खेलमा ९० अंक जोड्दै उपाधि आफ्नो पोल्टामा पारिसकेको छ भने ८३ अंक बोकेको […]

May 21, 2017

उपाधि लडाईंको अन्तिम दिन – बार्सिलोनाले ऐबारको सामना गर्ने

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आफ्नो घरेलु मैदानमा ऐबारको सामना गर्दै छ। अंक तालिकामा ३ अंकले पछाडी रहँदै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई उपाधि सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ । सिजनको अन्तिम खेल खेल्दै गर्दा बार्सिलोनालाई जितको नतिजा मात्र अपुग छ । शीर्षस्थानको रियल म्याड्रिडले मालागासँगको खेल हारेमात्र बार्साको जित […]

May 20, 2017

भारतले हराएको यू-१७ टोली इटालीको राष्ट्रिय टोली नभएको खुलासा

एजेन्सी – भारतीय फुटबलको सर्वोच्च निकाय अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)ले शुक्रबार भएको मैत्रीपूर्ण खेलमा विश्वकपको तयारी गरिरहेको भारतको यू-१७ टोलीले इटालीको यू-१७ टोलीलाई २-० गोलअन्तरले पराजित गरेको सूचना दियो। केहि समयमै भारतीय टोलीले इटालीको यू-१७ राष्ट्रिय टोलीलाई हराएको खबरले सामाजिक संजालमा हल्ला फैलियो। भारतका कप्तान सुनिल क्षेत्रीदेखि एआईएफएफका अध्यक्ष प्रफुल पटेलले बधाई संदेश दिएका […]

Success

Thank you for your time.