default_image

popular

May 29, 2017

पारससहित खेलकुदबाट छ जनालाई मानपदवी

काठमाडौं (हाम्रो खेलकुद)– गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सोमबार सार्वजनिक गर्दा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित खेलक्षेत्रका छ जनाको नाम समेटिएको छ । गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गर्दा पारससहित पूर्व म्याराथन धावक हरिबहादुर रोकाया, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, उसुकी नीमा घर्तीमगर, तेक्वान्दोकी निशा रावल र […]

default_image

May 29, 2017

एपीएफमाथि सौरभको ११ छक्काको वर्षा

सुबास हुमागाईं काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले पश्चिमाञ्चललाई डकवर्थ लेविस पद्दतिका आधारमा १६ रनले पराजित गर्दै २ अंक हात पार्यो। पहिलो इनीङमा ३७ ओभर खेलेपछि वर्षाबाधक बनेपछि दोश्रो इनिङ्सको खेलमा २० ओभरमात्र सम्भव हुने भयो। खेल पुन: सुरु भएपछि पश्चिमाञ्चलले १४८ रनको लक्ष्य पायो। दोश्रो […]

May 29, 2017

एमएमसी घेर्मुलाई प्रतिभा फुटबल उपाधि

लम्जुङ (हाम्रो खेलकुद) – एमएमसी घेर्मुले प्रतिभा खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतिभा युवा क्लब खानी लम्जुङको छैटौं बर्षिक उत्सवका अवसरमा आयोजित प्रतियोगिताको आइतबार भउको फाइनलमा लाली गुराँस तल्लो चिप्तलाई ४–२ ले हराउँदै एमएमसी च्याम्पियन बनेको हो । एमएमसीका लागि नरेश घले र सुवास गुरुङले समान २ गोल गरे । लाली गुराँसका […]

May 29, 2017

खेलकुद बजेट – पुरानैको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो चालु आर्थिक बर्षको भन्दा […]

May 29, 2017

मनाङको फ्रेन्ड्ससँग हार; एपिएफ पनि विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी बलले जित दर्ता गरेका छन्। रुमेस बर्तौलाले २ गोल गरेपछि फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३-०ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोश्रो हाफमा फ्रेन्ड्सले […]

May 29, 2017

एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्रीकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबारबाट शुरु भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चललाई डिएल (डकवर्थ लुइस) नियमको आधारमा १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । एपिएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० […]

May 29, 2017

बैंककमा हुने युथ बक्सिङ च्याम्पियनसिपका लागि ३ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा हुने एसभिसी युथ बक्सिङ च्याम्पियनसिपका लागि तीन खेलाडी छनोट भएका छन् । छनोट हुनेमा नक्सालका मिङमार ग्याल्जेन शेर्पा, झापाका सुरेन्द्र राई र काठमाडौंका विशाल श्रेष्ठ छन् । च्याम्पियनसिप असार १७ देखि २३ गते सम्म हुने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिएका छन् । त्रिपुरेश्वरको दशरथ रंगशालास्थित केन्द्रिय प्रशिक्षण […]

May 29, 2017

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)– शिवम् सिमेन्ट प्रायोजकका रुपमा खेलकुदसँग जोडिएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सहप्रायोजकका रुपमा शिवम सिमेन्ट खेलकुदमा प्रवेश गरेको हो । राजधानीमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का र शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयलले सह प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर […]

May 29, 2017

विश्व टेबल टेनिस च्याम्पियनसिपमा नविता र अमरको जोडीलाई सफलता

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालले मिक्स डबल्समा जितका साथ यात्रा प्रारम्भ गरेको छ । नेपाली अमर मल्ल र नविता श्रेष्ठको जोडीले बंगलादेशका महबुब बिल्लाह र मौमिता अलामको जोडीलाई ३–० को सोझो सेटमा हराएको जर्मनीबाट नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिएका छन् । एकतर्फी […]

May 29, 2017

टेबल टेनिस विश्व च्याम्पियनसिपमा नेपालको खेल तय

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आजबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ। नेपालका ४ जना खेलाडीले नै आज आफ्नो खेल खेल्दैछन्। सिङ्गलतर्फ नेपालका शीर्ष वरियताका खेलाडी शिवसुन्दर गोठे छनोट चरणको समूह ५५मा पुएर्टो रिकोका ड्यानीएल गोन्जालेज, बुल्गेरियाका टेओदोर एलेक्जान्ड्रोभ र आइभोरी कोष्टका यान इम्यानुएल कोउआड्जोसँग रहेका छन्। […]

Success

Thank you for your time.