default_image

popular

June 5, 2017

पुलिस र जावलाखेल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह विजेताको रुपमा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । संकटा भने समूह उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा सोमबार भएको खेलमा संकटालाई २–१ ले पराजित गर्दै पुलिस समूह ‘डी’ विजेता बनेको हो । समूहमा पुलिसले सात […]

June 5, 2017

बर्षाले प्रभावित खेलमा एपिएफलाई हराउदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) । विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित बनेको खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई डगवर्थ लुईस पद्दतिका आधारमा ३४ रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले दिएको २ सय […]

June 5, 2017

भलिबलका पदाधिकारी उत्साहित, खेलाडी निराश

दिपक बोहोरा फिदिम– मन्त्री परिषद्ले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको दुई साता नाघिसकेको छ । यस्तोमा जनस्तरबाट भलिबल राष्ट्रिय खेल भएकामा नकारात्मक टिप्पणी सुनिएको छैन । कम लगानी, नेपालको भौगोलि बनावट सुहाँउदो खेल र अन्य खेलको तुलनामा भलिबलको व्यापकतालाई नै राष्ट्रिय खेल घोषणा गरिनुको आधारका रुपमा प्रस्तुत गरिएको छ । राष्ट्रिय खेल भएपछि यसको […]

June 5, 2017

विक्रम र रबिनको अनुपस्थितिले नेपाललाई समस्या

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – मुम्बईमा मंगलबार भारतविरुद्ध हुने मैत्रीपूर्ण खेल जेठ ३० गते हुने एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि तयारीको रुपमा लिइएको छ। फिलिपिन्सविरुद्ध खेलिएको पछिल्लो खेलको टोलीबाट ५ खेलाडी परिवर्तन गरिएकाले टोलीमा केहि नयाँपन आएको छ। फिलिपिन्स विरुद्धलको खेलमा रातो कार्ड पाएका कारण विक्रम लामा टोलीमा सहभागी रहने […]

June 5, 2017

कर्णको व्यवहार देखेर प्रशिक्षक कोजी रुष्ट

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलको लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरे। तर, राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका फरवार्ड कर्ण लिम्बु भने राष्ट्रिय टोलीको व्यवस्थापकलाई जानकारी दिएर बिहिबारनै झापा पुगेका थिए। एसियन कपको छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अन्तिम २०मा परेका कर्णको यस्तो व्यवहार देखेर प्रशिक्षक […]

Nepal India

June 5, 2017

भारत विरुद्ध नेपाल – सम्पूर्ण जानकारी (लाइभ कसरि हेर्ने?)

मुम्बई (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग घरेलु मैदानमा  खेल्नुअघि नेपालले तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त खेल सम्बन्धि सम्पूर्ण जानकारी यहाँ लिन सक्नु हुनेछ : लाईभ कसरी हेर्ने ? खेलको लाईभ विभिन्न तरिकाबाट अनलाइन तथा टेलिभिजनमा हेर्न सकिने छ  । हाम्रो खेलकुदको फेसबुकले लाईभ भिडियो दिनेछ । पेज लाईक […]

June 4, 2017

सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट, सुर्य नेपाल गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। ७२ होलमा खेलिने इभेन्ट सोमबार देखि बिहिबारसम्म चल्नेछ। दुई चरणको खेलपछि शीर्ष २४ व्यावसायिक र शीर्ष ६ एमेच्योर गल्फरहरु मात्र अर्को चरणमा प्रवेश गर्नेछन्। शुक्रबार आयोजना हुने प्रो-एम इभेन्टमा भने २५ व्यावसायिक र […]

June 4, 2017

नेपाली टोली मुम्बई पुग्यो [फोटोफिचर]

मुम्बई (हाम्रो खेलकुद) – भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आज दिउसो नेपालबाट प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोली आज अपरान्ह मुम्बई पुगेको छ। नेपालले मंगलबार साँझ ७:१५ बजे भारतको सामना गर्नेछ। नेपाली टोलीले भोलि खेल अगाडी औपचारिक प्रशिक्षण गर्नेछ। मुम्बईबाट हाम्रा संवाददाता सुमन नेपालले नेपाली टोलीलाई स्वागत गर्दा लिनुभएको तस्बिर:

June 4, 2017

महिला लिगमा क्वार्टरफाइनल समिकरण पुरा

काठमाडौं (हाम्रो खेलकुद)– एन्फा महिला लिग च्याम्पियनसिपको फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार पाल्पा र स्याङ्जामा संयुक्त रुपमा जारी प्रतियोगितामा आइतबार अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । स्याङ्जामा समूह ‘क’ बाट रौतहट, समूह ‘ख’बाट सर्लाही, समूह ‘ग’ बाट मोरङ र समूह ‘घ’ बाट […]

June 4, 2017

विभागीय टोलीको सुखद दिन; आर्मी र सशस्त्र विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब शतप्रतिशत जित निकाल्दै दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वार्टरपाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा आर्मीले फ्रेन्डस् क्लबमाथि ४–० को फराकिलो जित दर्ता गर्दै शतप्रतिशत जित निकालेको हो । आर्मीलाई एकपक्षीय जित दिलाउन क्षितिज राज जिटीले दुई […]

Success

Thank you for your time.