default_image

popular

June 8, 2017

शिवरामलाई खेल जीवनको ३६ औं गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठले सिजनको छैटौं उपाधि जितेसँगै सूर्य नेपाल टुर २०१६/१७ बिहीबार सम्पन्न भएको छ । सूर्य नेपाल टुरको अन्तिम प्रतियोगिताका रुपमा रहेको प्रिमियर गल्फ च्याम्पियनसिप शिवरामले जितेका छन् । सिजनको छैटौं उपाधि जितेका शिवरामको खेल जीवनको भने यो ३६ औं उपाधि हो । उपाधि जित्नाका वावजुद उनले […]

June 8, 2017

एपिएफ र न्यू डायमन्ड महिला भलिबल उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र न्यू डायमन्ड एकेडेमी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा बिहिबार साविक विजेता समेत रहेको एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लब तथा न्यू […]

June 8, 2017

जगजित सनसाइन छोडेर नुनावडिङमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा व्यवसायिक फुटबल खेलाडी रहेका नेपाली मिडफिल्डर जगजित श्रेष्ठ नुनावडिङ सिटी एफसीमा आबद्ध भएका छन् । गत माघमा एनपिएलको अर्को टोली सनसाइन क्रस एफसीमा आबद्ध भएका जगजित हिजो नयाँ क्लब नुनावडिङमा आबद्ध भएका हुन् । अब उनी बाँकी सिजन अक्टोबर सम्म त्यस क्लबमा रहनेछन् । ट्रान्फर विन्डोको अन्तिम दिन बुधबार नयाँ क्लबमा […]

June 7, 2017

यमनसँग खेलका लागि बिहिबारदेखिनै प्रशिक्षण सुरु हुने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले यमन विरुद्ध हुने एएफसी एसियन कपको छनोट चरणको दोश्रो खेलका लागि बिहिबारबाट प्रशिक्षण सुचारु गर्ने भएको छ। मंगलबार साँझ ७:१५ बजे भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली बुधबार रातको ८:४५ बजे नेपाल आइपुगेको थियो। प्रशिक्षक ग्योतोकु कोजिले बिहिबार टोलीले हल्का अभ्यास गर्ने र शुक्रबार देखि पूर्ण रुपमा […]

June 7, 2017

एपिएफ र न्यू डाइमन्ड समूह विजेताका रुपमा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको दुवै खेलमा जित निकाल्दै एपीएफ सेमिफाइनलमा पुग्यो । पश्चिमाञ्चललाई २५–१९,२५–१३ र २५–१३ ले हराएको एपिएफले अर्को खेलमा आर्मीलाई २५–१५,२५–१२ र २५–१५ ले पराजित गर्यो । समुह ‘ए’ मा […]

June 7, 2017

नेपाली फुटबल टोली भारतबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्ध हुने खेलको तयारीका लागि भारत विरुद्ध मैत्रीपूर्ण खेल खेल्न मुम्बई पुगेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। नेपाल वायुसेवा निगमको जहाजबाट रातको ८ बजे टोली नेपाल आइपुगेको हो। नेपालले भारतविरुद्ध मंगलबार खेलेको खेलमा २-०को हार व्येहोरेको थियो। यमन विरुद्धको खेल आगामी जेठ […]

June 7, 2017

ताप्लेजुङ र रौतहट फाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को सेमिफाइनल खेलहरु समापन भएका छन्। पाल्पामा आज भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले काठमाण्डौ महिला फुटबल टिमलाई ४–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका […]

June 7, 2017

प्रिमियर गल्फमा शिवरामको अग्रता कायमै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत तेश्रो चरणको अन्त्यसम्म पनि आफ्नो अग्रता कायमै राखेका छन्। सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट पार-७२को गोकर्ण गल्फ क्लबमा भईरहेको छ। बुधबार भएको खेलमा शिवरामले ५ अन्डर ६७ अंक जोड्दै समग्रमा १८ अन्डर १ सय ९८ […]

June 7, 2017

शेर्पा क्वार्टरफाइनलमा प्रवेश गरेसँगै लुम्बिनी बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । प्रतियोगिता अन्तर्गत बुधबार क्वार्टरफाइनल पुग्न जित्नै पर्ने खेलमा शेर्पाले न्युरोड टिम एनआरटीलाई ६–४ ले पराजित गर्दै अन्तिमा आठमा प्रवेश गर्न सफल भएको हो । समूह ‘सी’ बाट जावलाखेल समूह विजेता तथा शेर्पा उपविजेता बन्यो । […]

June 7, 2017

अयोग्य च्यासल यू-१८ प्रतियोगिताबाट निष्काशित

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको च्यासल युथ क्लबलाई अयोग्य घोषणा गर्दै प्रतियोगिताबाट निष्काशन गरेको छ। च्यासल युथ क्लबले प्रतियोगितामा बढी उमेरको खेलाडी खेलाएको भन्दै सरस्वती युथ क्लबले विरोध जनाउँदै परिपत्र गरेपछि एन्फाको आयोजक कमिटिले […]

Success

Thank you for your time.