default_image

popular

June 20, 2017

यू-२३ टोलीमा राष्ट्रिय फुटबल खेलाडी को-को छन्?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलहरु असार ३१ गतेबाट युएईको अल आइनमा सुरु हुँदैछ। त्यसै प्रतियोगितामा सहभागिता जनाउन एन्फाले ३५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको बताएको छ। तर ३५ खेलाडीको नामावली भने अझै सार्वजनिक गरिएको छैन। यद्दपी ११ जना राष्ट्रिय खेलाडी सम्मिलित हुने जानकारी टोलीका व्यवस्थापक संजिव मिश्रले यसअघि दिएका थिए। राष्ट्रिय […]

June 20, 2017

यू-२३ फुटबल टोलीको प्रशिक्षकको अझै टुङ्गो लागेन

काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलका लागि अझै प्रशिक्षकको टुङ्गो लागेको छैन। एन्फाले मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने बताएपनि समयअभावका कारण देखाउँदै प्रशिक्षक केसीले टोलीको प्रशिक्षणको जिम्मेवारी नलिने भएका छन्। हिजोमात्र जापानबाट जेएफए इन्स्ट्रकटर कोर्ष गरेर नेपाल आइपुगेका केसीले आज एन्फामा बसेको मिटिङमा आफुले टोलीलाई […]

June 20, 2017

खेलाडी संघद्वारा शोक व्यक्त

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको अलस्कास्थित डेनाली हिमालको आरोहण गर्ने क्रममा ज्यान गुमाएका आरोही सञ्जय पण्डितको निधनमा खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ । ‘पण्डितको निधनले खेलाडी संघका साथै सम्पूर्ण खेल क्षेत्र स्तब्ध बनेको छ । उनको निधनमा खेलाडी संघ गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर […]

June 20, 2017

तेक्वान्दो टोली दक्षिण कोरिया जाँदै

काठमाडौँ (हाम्रो खेलकुद) – तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गर्दैछ । असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर […]

June 20, 2017

आर्मीलाई पल्सरको ७५ लाखको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला फुटबल टोलीलाई गोल्छा अर्गानाइजेसनको ‘बजाज पल्सर’ले मुख्य प्रायोजन गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच गोल्छा अर्गनाइजेसन र त्रिभुवन आर्मी क्लबबीच वार्षिक २५ लाखमा तीन वर्षको ७५ लाखको प्रायोजन सम्झौता भएको हो। प्रायोजन सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख […]

June 20, 2017

रोनाल्डोसंगै जोसे माउरिन्हो माथि पनि कर छलीको आरोप

स्पेन (एजेन्सी)- म्यान्चेस्टर युनाइटेड व्यवस्थापक जोसे माउरिन्होमाथि रियल मड्रिडका मुख्य प्रशिक्षक हुँदा कर ठगीको आरोप लागेको छ। हालै रियल मड्रीडकै खेलाडी रोनाल्डोपनि कर छलीको मुद्दामा तानिएपछि विवादमा छन्।  पोर्चुगिच नागरिक जोसेमाथि २०११ र २०१२मा ३.६ मिलियन डलर कर छलीको आरोप लागेको हो यधपी उनले यस मामिलामा स्पष्टीकरण दिन बाँकी रहेको छ। एक स्पेनिस अधिकारीले माउरिन्होले उक्त […]

June 20, 2017

आदित्यले यू-२३ च्याम्पियनसिप गुमाउने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर आदित्य चौधरीले घुँडाको शल्यक्रिया गरेसँगै आगामी जुलाई महिनामा हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोट गुमाउने भएका छन्। विगत २ वर्षयता राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित आदित्यले मेनिस्कसको शल्यक्रिया गरेका हुन्। गतसाता सम्पन्न एएफसी एसियन कप अन्तर्गत नेपाल र यमनले खेलेको गोलरहित बराबरी भएको खेलमा आदित्यले चोट […]

June 19, 2017

विश्वकप विजेता जर्मनीको विजयी सुरुवात

एजेन्सी – रसियामा जारि फिफा कन्फेडेरेसन कप अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ले पराजित गर्दै समूह ‘बी’को अंक तालिकामा महत्तपूर्ण ३ अंक जोडेको छ। खेलको पाँचौ मिनेटमा लार्स स्टीन्डलको गोलमा अग्रता लिएको जर्मनीले ४१औं मिनेटमा बराबरी गोल खाएको थियो। टम रगीचले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए। खेलको मध्यान्तर नजिकिदै गर्दा अष्ट्रेलियाका मास्सिमो लुओंगोले […]

June 19, 2017

फुटबल खेललाई ६० मिनेटको बनाउने प्रस्ताव

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल महासंघ (आईफएएबी)को कानुन निर्माण बोर्डले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा)मा खेलको समय घटाउने प्रस्ताव पेस गरेको छ । फुटबलमा थ्रो इन, फ्रिकिक, कर्नर, गोलकिक सँगै खेलाडीहरु घाइतेहुँदाको समयलाई पनि खेल समयमै जोडिने गरिएको छ। बास्केटबल, हक्की जस्ता खेलमा भने यसरि खेल रोकिंदा समय पनि रोकिने […]

June 19, 2017

अवसरको सदुपयोग गर्ने भुपेन्द्रको लक्ष्य

सुबास हुमागाईं काठमाडौँ – सोमबार उद्घाटन भएको एसियन क्लब प्रिमिएर लिग (एपिएल) टि२० क्रिकेट प्रतियोगितामा नेपालका ५ खेलाडी नेपाल स्टर्मबाट खेल्दै छन्। तीमध्ये परेश लोहनी आइकनिक खेलाडीका रुपमा टोलीमा अटाएका हुन् भने अन्य ४ खेलाडी लिलामीमा बिकेका थिए। नेपालबाट सर्वाधिक १ लाख भारतीय रुपैयाँमा विक्री भएका भुपेन्द्र थापाले यस्तो किसिमको प्रतियोगिता नेपालमा पहिलो पटक हुन […]

Success

Thank you for your time.