default_image

popular

July 4, 2017

माल्दिभ्समा किरणको टोलीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको टोली टिसी स्पोर्टस क्लबले माल्दिभियन प्रिमियर लिगमा सोमबार बराबरी खेलेको छ । अवे खेलमा किरणको टोलीले अंक तालिकाको शीर्ष टोली माजियलाई गोलरहित बराबरी रोक्दै दवाबलाई थोरै कम गराएको छ । यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय […]

July 3, 2017

कन्फेडेरेसन कपको उत्कृष्ट ११ सार्वजनिक

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबार रातीको फाइनल खेलमा जर्मनीले चिलीलाई १-०ले पराजित गर्दै उपाधि जित्यो। प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरुप प्रतियोगिताको उत्कृष्ट एघारमा चिली र जर्मनीकै खेलाडीको वर्चस्व रहेको छ। जर्मनी र चिलीका समान ५/५ खेलाडीले उत्कृष्ट एघारमा स्थान बनाएका छन्। त्यसबाहेक पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि प्रतियोगिताको […]

July 3, 2017

एन्फा महिला लिगका लागि ४४ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले आसन्न एन्फा महिला लिगका लागि ४४ खेलाडी छनोट गरेको छ । एन्फाले ४४ खेलाडी गत जेठ महिनामा पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगबाट छनोट गरेको हो । पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगमा २८ जिल्लाले सहभागिता जनाएका थिए । छनोट भएका ४४ खेलाडीहरुबाट १० दिनको […]

July 3, 2017

नेपालको युवा फुटबल: अवसर, बाध्यता की नियति?

सुबास हुमागाईं काठमाडौं – फुटबलमा बलियो र कमजोर मानिएको राष्ट्रको उमेर समूह टोलीबीचको स्तरमा खासै ठूलो अन्तर हुँदैन । अझ दक्षिण एसियाली राष्ट्रका उमेर समूहको टोलीको स्तरलाई समान मानिन्छ । सन् २००४ एएफसी यू २० च्याम्प्यिनसिपमा नेपालले भियतनामलाई हराउँनुले पनि युवा उमेरसम्म अन्तर नहुने कुरालाई बल पुग्छ । उमेर समूह पार गर्दै जाँदा विस्तारै दुई […]

July 3, 2017

माल्दिभ्समा किरणको टोली दबाबमा

काठमाडौं (हाम्रो खेलकुद)– यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ निराश भए । जेठको अन्तिममा घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै छनोटमा नेपाललाई १ अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले माल्दिभ्स पुगेपछि भने त्यहाँको प्रिमियर लिगमा टिसी स्पोर्टसको हारलाई जोगाउन सकेनन् । न्यू रेडियन्टसँगको […]

July 3, 2017

जर्मनीलाई कन्फेडेरेसन कपको उपाधि

एजेन्सी – चिलीलाई फाइनल खेलमा १-०ले पराजित गर्दै जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको छ। रसियामा जारी प्रतियोगिता फाइनल खेलमा लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक साबित भयो। डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई […]

July 2, 2017

शीर्ष खेलाडीहरुको दावेदारी कायमै

काठमाडौँ (हाम्रो खेलकुद) – अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा नेपालका शीर्ष खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पुरुष एकलको खेलमा नेपालका नम्वर एक खेलाडी त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङलगायतका खेलाडीले सफलता हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलमा नेपाली खेलाडी बाहेक, भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अन्तिम […]

July 2, 2017

मेक्सिकोलाई हराउँदै पोर्चुगल तेश्रो

एजेन्सी – फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानको लागि आइतबार भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै पोर्चुगलले अतिरिक्त समयमा जित हात पारेको हो।  नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल खेलको दोश्रो हाफमा पछि पारेको थियो। पहिलो हाफमा एड्रियन सिल्भाले पेनाल्टीमार्फत अग्रता दिलाउने मौका पाएपनि उनि चुकेका थिए। […]

July 2, 2017

खेल पत्रकारितामा आउने र जानेको ट्रेण्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद पत्रकारिताको इतिहास त्यति लामो छैन । नेपाली खेलकुद पत्रकारिता अझै पनि बामे सर्ने अवस्थामा रहेको विभिन्न सञ्चार माध्यमका सम्पादकहरुले बताएका छन् । आइतबार नेपाल खेलुकद पत्रकार मञ्चले २३ औं विश्व खेलकुद पत्रकारिता दिवसको अवसर पारेर आयोजना गरेको ‘नेपालमा खेलकुद पत्रकारिता र यसको चुनौती’ बिषयको अन्र्तक्रियामा बोल्ने बक्ताहरुले खेल पत्रकारितामा […]

default_image

July 2, 2017

निकर्कले बर्चश्व जमाउने बोल्टको बिश्वास

ओस्टराभा (एजेन्सी)- जमैकन सुपरस्टार धावक उसेन बोल्टले दक्षिण अफ्रिकी धावक वेड भान निकर्कले अब आउने दिनहरुमा ट्रयाकमा बर्चश्व जमाउने बिश्वास लिएका छन्।  ब्राजिल ओलम्पिकको ४०० मिटर स्पर्धामा स्वर्ण पदक जितेका निकर्कले उक्त फर्मलाई कायमै राखेका छन्। गत बुधबार निकर्कले ३००मिटरको दौडमा माईकल जोह्न्सनले १७ बर्ष अगाडी कायम गरेको क्रीतिमान भङ्ग गरेका थिए। निकर्कले ३०.८१ सेकेन्डमा […]

Success

Thank you for your time.