default_image

popular

messi

July 5, 2017

मेस्सी २०२१सम्म बार्सिलोनामै रहने

बार्सिलोना (एजेन्सी) – बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौताको टुंगोमा पुगेका छन्। नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् । हाल बिवाहका लागि अर्जेन्टिनामा रहेका मेस्सी प्रि- सिजन सिरिजको अभ्यासका लागि फर्केपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्लबको वेबसाइटमा बताईएको छ। नयाँ सम्झौताको बारेमा क्लबले बिज्ञप्ति निकाल्दै लेखेको छ,’ हामी संसारकै उत्कृष्ट खेलाडीसंगको […]

Nepal 19

July 5, 2017

दोस्रो अभ्यास खेलमा नेपाली युवा टोलीको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) –  विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपाली युथ टिमले बुधवार भएको दोस्रो अभ्यास खेलमा गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।यसअघि नेपाली युवा टिमले मंगलबार भएको पहिलो अभ्यास […]

July 5, 2017

बंगलादेशसँगको टिकट दर तय , एन्फाको तयारी पुरा

काठमाडौं (हाम्रो खेेेेलकुद ) – अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एन्फाले एएफसी यु–२३ छनोट अन्र्तगतको खेलको लागि असार २७ गते बंगलादेशको यु–२३ टिमसँग मैत्रीपूर्ण खेलको लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा हुनेछ । नेपालको यु–२३ टिम र […]

July 4, 2017

नेपाल अमेरिका कन्भेन्सन फुटबल उपाधि डिसीलाई

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा भएको दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको उपाधि वासिङन डिसीले जितेको छ । बाल्टिमोर एफसीलाई आइतबार २–१ ले हराएको थियो । डिसीको पोस्ट नेपाली यू १९ का पूर्व गोलकिपर राजिव श्रेष्ठले सम्हालेका थिए । डिसीका लागि दुवै गोल लोप्साङ तेन्जिङले गरेका थिए । उनै लोप्साङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी […]

July 4, 2017

भारतमा यू१९ टोलीको जित [फोटोफिचर]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले नोयडाको गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको हो। खेलको म्याच रिपोर्ट यहाँ […]

July 4, 2017

जर्मनीका डिफेन्डर चेल्सीमा आउँदै

एजेन्सी – जर्मनीको राष्ट्रिय फुटबल टोली एवं इटालियन क्लब एएस रोमाको डिफेन्डर एन्टोनियो रुडीगर इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीमा आउने भएका छन्। चेल्सीले गरेको ३० मिलियन पाउण्डको प्रस्ताव रोमाले स्वीकारेसँगै हाल क्लब र खेलाडीबीच सम्झौताबारे छलफल भइरहेको छ। २४ वर्षीय डिफेन्डर रुडीगर इटालीमा व्यापक रंगभेद भएपछि रोमा छाड्ने मनसायमा थिए। यस्तैमा एन्टोनियो कन्टेले आगामी सिजनका […]

July 4, 2017

नेपाली युवा टोली अभ्यास खेलमा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हाँसिल गरेको छ । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली यु–१९ टोलीले फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो । नेपालले दिएको २ सय ५१ […]

Rohit Chand

July 4, 2017

इन्डोनेसियामा रोहितको टोली रोकियो

जाकार्ता (एजेन्सी)– राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक क्लब पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा बराबरी खेलेको छ । मंगलबार भएको खेलमा पर्सिजाले ग्रिसिक युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाढेको हो । अवे खेलको नवौं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा रोहितको टोलीले बराबरीमा चित्त बुझाउनु परेको थियो । लुइज जुनियरको गोलबाट पर्सिजाले अग्रता लिएको […]

July 4, 2017

रोनाल्डोले रियल नछाड्ने

एजेन्सी – रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड नछाड्ने खुलासा गरेका छन्। स्पेनिस पत्रिका एल कन्फीडेन्सियलका अनुसार रोनाल्डोले आफुले म्याड्रिड छोड्ने मनासय नबनाएको खुलासा गरे। विगत केहि सातायता रोनाल्डोले रियल छाड्ने हल्ला व्यापक चल्दै आएको थियो। केहि पत्रिकाले रोनाल्डो रियलसंग बेखुस रहेको र रियल छाड्ने लगभग पक्का रहेको बताउँदै आएका थिए। तर भर्खरै […]

July 4, 2017

अल्ट्रा धाविका मिराको रिकभरीमा शीरिष फाउन्डेसनको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीको सहयोगका लागि स्थापना भएको शीरिष फाउन्डेसनले अल्ट्रा धाविका मिरा राईलाई फिटनेसका लागि सहयोग गर्न सुरु गरेको छ । एन्टिरियर क्रुसिएल लिगामेन्ट (एसिएल) को शल्यक्रिया गरेकी मिरा पुनः दौडमा फर्कनका लागि प्रयासरत छिन् । त्यसका लागि उनले थेरापी गराइरहेकी छिन् । गत बर्ष इटालीको भेरोना अस्पतालमा घुँडाको शल्यक्रिया गराएयता उनले कुनै […]

Success

Thank you for your time.