default_image

popular

July 8, 2017

रोनाल्डोका छोरा ब्राजिलियन टोलीमा छनोट

एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी रोनाल्डोका छोरा रोनाल्ड ब्राजिलको १८ वर्ष मुनिको राष्ट्रिय टोलीमा परेका छन्। रियल म्याड्रिड, बार्सिलोना र इन्टरबाट क्लब फुटबल खेलेका रोनाल्डोका छोराले प्रतिष्ठित मक्काबिआ गेम्समा ब्राजिलियन टोलीको प्रतिनिधित्व गर्दैछन्। सन् १९९९मा रोनाल्डो इन्टर मिलानबाट खेल्दा छोरा रोनाल्ड नाजारियो डे लिमाको जन्म भएको थियो। रोनाल्डोकि श्रीमती पनि ब्राजिलियन महिला राष्ट्रिय टोलीकी […]

July 8, 2017

रोहित इन्डोनेसिया लिगको उत्कृष्ट ११ मा छानिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १२ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् । त्यहाँ हरेक साता उत्कृष्ट ११ छनोट हुने गरेको छ […]

Messi

July 7, 2017

जरिवाना तिरेपछि मेस्सीको जेल सजाय छुट

स्पेन (एजेन्सी)– अघिल्लो जुलाईमा कर छलीको अभियोगमा स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय सुनाएपनि लियोनल मेस्सीले जरिवाना तिरेपछि उनको सजाय छुट भएको छ । सन् २००७ देखि २००९ को बीचमा ३ पटक कर छलेको अभियोगमा स्पेनको सर्वोच्च अदालतले मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको थियो । विभिन्न देशका कम्पनी मार्फत कुल साढे ३ मिलियन […]

July 7, 2017

ओलम्पियन हरिको फुटबलर बन्ने सपना: खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– मध्यम दुरीका धावक खेलाडी हरि रिमालले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएको झन्डै एक दशकमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला ओलम्पिकको पछिल्लो संस्करण रियो ओलम्पिकमा भाग लिएका थिए। दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडमा कांस्य पदक जितेका हरिलाई ओलम्पिक सहभागिता खेल जीवनको अविष्मरणीय क्षण लाग्छ […]

July 7, 2017

बाप्पेलाई भित्र्याउन रियलले मोराटा र रोड्रीग्वेजलाई बेच्ने

एजेन्सी – स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले एएस मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई क्लबमा अनुबन्धित गर्न अल्भारो मोराटा र हामेस रोड्रीग्वेजलाई बेच्ने भएको छ। बाप्पेलाई आफ्नो टोलीमा सामेल गर्न रियल म्याड्रिड र पेरिस सेन्ट जर्मनबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ। मोनाकोले बारम्बार बाप्पेलाई नबेच्ने बताएपनि पिएसजी र रियलले भने जसरी पनि उनलाई क्लबमा ल्याउने सुरमा रहेका […]

July 7, 2017

भारतले वेस्ट इन्डिजविरुद्धको क्रिकेट श्रृखंला जित्यो

किङ्सटन (एजेन्सी)– भारतले वेस्ट इन्डिजाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको ३–१ ले जितेको छ । श्रृखंलाको पाँचौं तथा अन्तिम खेल बिहीबार ८ विकेटले जित्दै भारतले श्रृखंला जितेको हो । कप्तान विराट कोहलीले अविजित शतक बनाएपछि २ सय ६ रनको लक्ष्य पछएको भारतले २ विकेटको क्षेतिमा ७९ बलअघि नै जित हासिल गरेको थियो । कोहली […]

July 6, 2017

सर्वाधिक कमाइ गरेका विश्वका ५ फुटबल प्रशिक्षक

एजेन्सी – विश्व फुटबल जगतमा गत सिजन सर्वाधिक कमाइ गरेका फुटबल प्रशिक्षकहरुको सर्वेक्षण प्रतिष्ठित फुटबल पत्रिका फ्रान्स फुटबलले सार्वजनिक गरेको छ। शीर्ष ५ प्रशिक्षकमा प्रिमियर लिगका २ जना छन् भने अन्य लिगका १/१ जना प्रशिक्षक अटाएका छन्। ५. पेप गुआर्डीओला गत सिजन म्यानचेस्टर सिटि आएका प्रशिक्षक पेप गुआर्डीओलाले गत सिजन १२.५ मिलियन युरो कमाई गरे। […]

July 6, 2017

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले फुटसल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। एएफसी फुटसल च्याम्पियनसिप २०१८को छनोट चरण अन्तर्गत बिहिबार भएको ड्रमा नेपाल समूह ‘ए’मा परेको हो। पहिलो सहभागिता जनाइरहेको नेपाल समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानसँग परेको छ। उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश […]

July 6, 2017

नेपाल फिफा वरियतामा एक स्थान तल झर्यो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल गत महिनाको तुलनामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुलाई महिनाको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । नेपालले अघिल्लो महिनाका दुई खेलमा एउटामा बराबरी र अर्कोमा हार बेहोरेको थियो । जुन १३ मा हलचोकमा भएको एसियन कप छनोटमा […]

July 6, 2017

कोरिया ओपन तेक्वान्दोमा नेपाललाई स्वर्णसहित दुई पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ दुईवटा पदक जितेको छ । नेपाली टोलीका व्यवस्थापतक दीपक विष्टका अनुसार सन्ध्या कुमारी सिंहले स्वर्ण र निरिता याकथुम्बाले कास्य पदक जितेकी हुन् । सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । पहिलो खेलमा कीर्गिस्तानकी खेलाडीलाई २६–१२ ले हराइकी सन्ध्याले […]

Success

Thank you for your time.