default_image

popular

July 9, 2017

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली आउँदै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको युवा टोली आज राजधानी आइपुग्दैछ । एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले मंगलबार सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेल हुनेछ । बंगलादेशको टोली दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एन्फाले जनाएको छ । संयुक्त अरब इमिरेट्समा (युएई) हुने यु २३ च्याम्पियनसिप छनोटको […]

July 9, 2017

रंगशालामा राष्ट्रिय खेलाडीले मनाए गुरु पूर्णिमा [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:

Nepal

July 8, 2017

भारतमा युवा क्रिकेट टोली तेस्रो खेल खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली युवा टोलीले आइतबार तेस्रो सम्भास खेल खेल्दैछ । ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा नेपाली टोलीले ग्रेटर नोयडाको आर पि सिंह किकेट एकेडेमीको सामना गर्ने छ । नेपाली युवा टोलीले अघिल्ला […]

July 8, 2017

इन्डोनेसियामा रोहितको टोलीको अर्को बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकर्ताले इन्डोनेसिया लिगा १ मा अर्को बराबरी खेलेको छ । घरेलु मैदानमा शनिबार पर्सिजाले प्रेसिपुरासँग १–१ को बराबरी खेलेको थियो । यहि साता ग्रिसिक युनाइटेडसँग पनि पर्सिजाले १–१ को बराबरी खेलेको थियो । आज ५० औं मिनेटमा ग्रिसिकका खेलाडीले गोल गरेपछि पर्सिजा खेलमा पछाडि […]

July 8, 2017

पेप्सी गल्फको उपाधि विष्णुलाई

काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो पेप्सी ओपन गल्फ प्रातियोगिताको उपाधि कर्नेल विष्णु कार्कीले जितेका छन। रोयल नेपाल गल्फ क्लबमा आज स्टेबलफोर्ड थ्री बाइ फोर फर्म्याटमा खेलाइएको प्रतिस्पर्धामा ३९ अंकका साथ कार्कीले उपाधि आफ्नो नाममा लेखाए । यसैगरी ३८ अंक जोडेका मुक्ति सेन गुरुङ दोस्रो भए। महिलातर्फ उपाधि ३१ अंक जोड्दै रेखा घिमिरेले जितिन्। सिनियरतर्फ ३५ […]

July 8, 2017

प्रि सिजनमा युरोपका ठुला क्लबबीच प्रतिस्पर्धा हुने

मायमी (एजेन्सी)– युरोपियन फुटबल सिजन अब केही साता पछि सुरु हुँदैछ । त्यसैले गर्दा युरोपमा सरुवा बजार यति बेला तातेको छ । युरोपियन सिजन सुरु हुनुअघि प्रि सिजनले पनि समर्थकको ध्यान त्यत्तिकै तानेको हुन्छ । प्रि-सिजनमा टोलीहरुले आफ्नो नयाँ खेलाडीको अध्ययन गर्न पाउँछन् नै यसले बाहिर देशमा रहेका क्लबका समर्थकलाई पनि प्रत्यक्ष रुपमा खेल अवलोकन […]

July 8, 2017

कमजोर व्यवस्थापनबीच राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, मध्यमाञ्चल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– कमजोर व्यवस्थापनबीच शनिबार सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा मध्यमाञ्चल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । ८ खेल समावेश खेलकुदमा एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै मध्यमाञ्चलले उपाधि रक्षा गरेको हो । पाँच खेल कराते, उसु, तेक्वान्दो, क्रिकेट र […]

Ananta and Anjan

July 8, 2017

यू २३ नेपालविरुद्ध बंगलादेश – मैत्रीपूर्ण खेलको सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित क्रृतिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ । खेलको सम्पूर्ण जानकारी यहाँ पाउन सकिन्छ । मैत्रीपूर्णखेलको जानकारी खेल हुने मिति                   – २०७४ असार २७ गते, मंगलबार खेल समय  […]

July 8, 2017

अनिललाई एनआरएनए मकाउको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन् । व्यक्तिगत भ्रमणमा मकाउ पुगेको अनिलललाई एनआरएनए मकाउले आज सम्मान गरेको थियो । एनआरएनए मकाउका अध्यक्ष मुकेश बरुवालले अनिलललाई मायाको चिनोबाट सम्मान गरेका थिए । कार्यक्रममा एनआरएनए मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा […]

July 8, 2017

स्ट्राइकर लुकाकु एभर्टनबाट युनाइटेड लागे

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुसँग सम्झौता भएको जनाएको छ । युनाइटेडले लुकाकुको सरुवाका लागि एभर्टनसँग सहमति भएको उल्लेख गरेको छ । यद्दपी लुकाकुको मेडिकल र अन्य विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ । युनाइटेडले ओल्ड ट्राफर्डमा भित्राउन ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार रहे पनि लुकाकुबाट एभर्टनले भने ९० मिलियन […]

Success

Thank you for your time.