default_image

popular

July 18, 2017

सन्दिपलाई लगातार म्यान अफ द म्याच

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको एसिया क्षेत्र अन्तर्गत नेपालले २ खेल खेलिसकेको छ। नेपालले पहिलो खेलमा अयोजक राष्ट्र सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्यो। नेपालले दुवै खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको थियो। कप्तान सन्दिप लामिछानेले दुवै खेलमा ५ विकेट लिंदै विपक्षी टोलीका ब्याट्सम्यानहरुलाई […]

July 18, 2017

अन्जनले अन्तिम खेल नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका यू२३ टोलीका फरवार्ड अन्जन बिष्ट लेबनान विरुद्ध बुधबार हुने खेलमा अनुपस्थित रहने भएका छन्। पहिलो दुइ खेलमा सुरुवाती रोजाईमा परेका अन्जन को अनुपस्थितिले लेबनानविरुद्धको खेलमा नेपाली टोलीलाई केहि कठिन हुने पक्का छ। अन्जनले समूह चरणका प्रथम दुई खेलमा पहेंलो कार्ड पाएका कारण प्रतिबन्धमा परेका […]

July 18, 2017

नेयमार क्लबमै रहनेमा बार्सिलोना विश्वस्त

पेरिस (एजेन्सी)– नेयमार जस्तै प्रस्ताव आउँदा पनि क्लबमै रहनेमा विश्वकै चर्चित क्लब मध्येको एक स्पेनिस टोली बार्सिलोना विश्वस्त देखिएको छ । २ सय २२ मिलियन पाउन्ड सुरुवा रकम तिरेर पनि नेयमारलाई भित्राउन फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) तयार भएको समाचार सार्वजनिक भएपछि बार्सिलोनाका अधिकारीको भनाई सर्वाजनिक भएको छ । २ सय २२ मिलियन पाउन्ड […]

July 18, 2017

नेपालले मलेसियालाई ५ विकेटले हरायो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको दोश्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै  ९.५ ओभरमा पुरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक २३ रनको योगदान दिए भने प्रनित थापा मगर १८ रनमा अविजित रहे। आसिफले २० बल खेल्दै ५ […]

July 18, 2017

मलेसियाद्वारा नेपाललाई ५९ रनको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको दोश्रो खेलमा मलेसियाले नेपाललाई ५९ रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया सानो स्कोरमा समेटिएको थियो। मलेसियाले २५.५ ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्र जोड्न सक्यो। ओपनर मोहमद अमिर शुकोरलाई पहिलो ओभरमै शुन्यमा गुमाएको मलेसियाले दोश्रो विकेट भने […]

July 18, 2017

पूर्व राष्ट्रिय खेलाडी वसन्तको एकेडेमी खोल्ने सपना

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन यसपटक फरक उद्देश्यका साथ केहि दिनका लागि स्वदेश फर्केका छन् । जापानमा व्यवसायिक रुपमा फुटबल प्रशिक्षकका रुपमा काम गर्दै आएका वसन्त यसअघि उनी कार्यरत फनरुट्स एकेडेमीले आयोजना गर्ने कोपा पुमा तोरेरस कपमा नेपाली खेलाडी सम्मिलित टोलीको सहभागिताका लागि खेलाडी छनोटका क्रममा आउने गर्थे । उनको पहलमा […]

July 18, 2017

नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत मलेसिया विरुद्ध हुन लागेको दोश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो। नेपाल अंक तालिकामा २ अंक बोकेर दोश्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको अफगानिस्तानको पनि २ अंक छ तर मलेसिया विरुद्ध ८ विकेटको जित दर्ता गरेको […]

July 17, 2017

नेपाल ०-२ उज्वेकिस्तान [भिडियो]

काठमाडौँ (हाम्रो खेलकुद) – उज्वेकिस्तानसँग हार व्येहोरेसँगै नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको हो। नेपालले खेलको दुवै हाफमा १/१ गोल खाएको थियो। खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ […]

July 17, 2017

नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको छ। यस हारसँगै नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। खेलको १४औं मिनेटमा उज्वेकिस्तानका कप्तान उरिन्बोभ जाबीखिल्लोले टोलीलाई अग्रता दिलाउने सुवर्ण मौका चुकाएका थिए। सिक्स यार्ड बक्सबाट आएको लो क्रसमा किपरसँगै सबै […]

July 17, 2017

युएईमा पानी पर्दै: तापक्रम ३२ डिग्रीमा झर्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेल हाम्रो खेलकुद डट कामको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ। खेल हुने ताह्नों बिन महमद रंगशालामा भने केहि समय अघिदेखि निरन्तर वर्षा भईरहेको छ। सामन्यतया ४२ डिग्री सेल्सियस तापक्रम […]

Success

Thank you for your time.