default_image

popular

August 13, 2017

यू–१९ क्रिकेट टोली प्रारम्भिक छनोटमा २८ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा अर्को महिना हुने पूर्वी एसियास्तरको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको लागि २८ सदस्यीय टिमको प्रारम्भिक घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका प्रशिक्षक विनोद दासले खेलाडीको छनोट गरेका हुन् । एसीसी यू १९ प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिख सम्म हुनेछ । नेपाली टिमको कप्तानी […]

default_image

August 13, 2017

माल्दिभ्समा किरणको टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गएराती सानदार जित दर्ता गरेको छ । टिसी स्पोर्टसले शनिबार कुडहुवदुलाई ६–१ को फराकिलो अन्तरले हराएको छ । डिपिएलको दोस्रो खेलमा किरणको टोलीको यो पहिलो जित हो । जितपछि किरणको टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लेको […]

Ananta and Anjan

August 13, 2017

जापानमा नेपाली टोलीको मैत्रीपूर्ण खेलको तालिका

काठमाडौँ (हाम्रो खेलकुद ) – अर्को महिना ताजकिस्तानविरुद्ध घरेलु मैदानमा हुने एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान भ्रमणमा छ । शुक्रबार स्थानिय समय अनुसार २ बजे जापान पुगेको टोलीले त्यसै दिन अभ्यास थालेको थियो ।  आज पनि नेपाली टोलीले प्रशिक्षण गरेको टोलीका कप्तान अनिल गुरुङले जानकारी दिए । जापान भ्रमणमा नेपाली टोली विश्व विद्यालय, […]

August 13, 2017

प्रतिभासहितका खेलाडीलाई न्यू डायमन्डको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको महिला भलिबलमा बेग्लै पहिचान बनाउन सफल न्यू डायमन्ड एकेडेमीले आफ्ना पुराना खेलाडीको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरेको छ । न्यू डायमण्ड स्कुलबाट स्थापना काल देखि हाल सम्म खेल्दै आएका राष्ट्रिय स्तरका खेलाडीलाई शनिबार शनिबार सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रतिभा माली, कृपा अधिकारी, मनीषा लामालगायतका खेलाडी थिए । कार्यक्रममा शेरवहादुर […]

August 13, 2017

रियल र बार्सिलोनाबीच सुपर कपको पहिलो लेग आज

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले आइतबार सुपर कपको पहिलो लेगमा चिर प्रतिद्वन्द्वि बार्सिलोनाको सामना गर्दैछ । आइतबार यी दुई टोलीबीच सिजनको पहिलो ‘एल क्लासिको’ हुँदैछ । सुपर कपको दोस्रो लेग बुधबार हुँनेछ । सन् २०१२ पछि यता पहिलो पटक यी दुई टोली सुपर कपमा भिड्दैछन् । शनिबार रियलले अभ्यास गर्दा क्रिस्टियानो रोनाल्डो पनि सामेल भएका थिए […]

August 12, 2017

रुनीको गोलमा एभर्टनको जित

एभर्टन (एजेन्स)– वायन रुनीले एभर्टन पुनरागमनमा सुखद सुरुआत गरेका छन् । उनका गोलमा इङ्लिस प्रिमियर लिगमा आज एभर्टनले स्टोक सिटीलाई १–० ले हराएको छ । प्रिमियर लिगमा रुनीको त्यो १ सय ९९ औं गोल हो । घरेलु मैदानमा एभर्टनले पहिलो हाफमा मात्र दुईवटा आक्रमण गरेको थियो । तर पहिलो हाफको इन्जुरी समयको पहिलो दोस्रो मिनेटमा […]

August 12, 2017

सिजनको पहिलो खेलमै चेल्सीको हार

लन्डन (एजेन्सी)– साविक विजेता चेल्सीले हारबाट इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गरेको छ । ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको चेल्सी घरलु मैदानमा शनिबार बर्नलीसँग ३–२ ले पराजित भएको छ । चेल्सीका कप्तान ग्यारी केहिल १४ औं मिनेटमा । रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो । […]

August 12, 2017

पारस र मेहबुबको टिम सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको तीन खेलमध्ये दुई खेलमा जित हात पार्दै नेपाली खेलाडी सम्मिलित सिंगापुर इमर्जिङ स्टार समूह ‘बी’ को उपविजेताको रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको […]

August 12, 2017

रोहित फर्केको खेलमा पर्सिजाको जित

काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर रोहित चन्द फर्केको खेलमा आइतबार उनको टोली पर्सिजा जकार्ताले जित हासिल गरेको छ । इन्डोनेसियाको लिग वनमा आज पर्सिजाले घरेलु मैदानमा पेरिसिबा बालिपापनलाई २–० ले हराएको हो । दुई साताअघि पहिलो रोजाइमा परेपनि वार्म अपका दौरान गोलीगाँठामा चोट लागेपछि रोहितले पछिल्ला दुई खेल गुमाएका थिए । आजको खेलमा भने उनी […]

August 12, 2017

अस्ट्रेलियामा जगजितको टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसीले शनिबार पराजित भएको छ । अघिल्लो साता बराबरी खेलेको जगजितको टोलीले आज नर्थकोट सिटीसँग ३–१ गुमाएको हो । नर्थकोट जोस राइट, पिटर साउवन र एडम ह्वाइटले गोल गरे । नुनावाडिङका लागि जेम्न ब्राउनले गोल फर्काएका थिए । जगजित नुनावाडिङ पुगेयता टोलीको दसौं […]

Success

Thank you for your time.