default_image

popular

August 14, 2017

क्रिकेट अम्पायर सुवेदी र प्रधान मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसियामा यसै साता सुरु हुने दक्षिण पूर्वी एसियाली (एसइए) खेलकुद अम्पायरको भूमिका निर्वाह गर्न मंगलबार त्यसतर्फ जाने भएका छन् ।  एसइए खेलमा क्रिकेट पहिलो पटक समावेश गरिएको र त्यहाँ पुरुष ५० ओभर तथा महिला/ पुरुष टि ट्वान्टीमा अलग अलग प्रतिस्पर्धा हुने बताइएको छ । […]

August 14, 2017

रोनाल्डो पाँच खेलको लागि प्रतिबन्धित

बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए। उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस […]

August 14, 2017

मनोनयनमा परेपछि के भने खेलाडीहरुले?

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप २०१६को फाइनलमा नेपालका लागि विजयी गोल गरेका सुजल श्रेष्ठसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । २०७३ सालमा प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ)ले जनाएको छ […]

August 14, 2017

गौरिका र सुजलसहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डका लागि मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]

August 14, 2017

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा २५ खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी बेलाइएका छन् । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसय प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । […]

Lukaku

August 13, 2017

युनाइटेडको जितमा लुकाकुको २ गोल, टोटेनह्यामलाई सफलता

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले दमदार ढंगले इङ्लिस प्रिमियर लिगको सुरुआत गरेको छ । आइतबार वेस्ट ह्यामलाई ४–० ले हराउदै म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सानदार सुरुआत गरेको हो । पहिलो खेलमा ४ गोल गरेपछि युनाइटेड तीन दिनअघि सुरु भएको लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले खेलको सुरुआत देखि पकड […]

August 13, 2017

मनिताको उत्कृष्ट प्रदर्शन

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता अन्तर्गत त्रिभूवन आर्मी क्लबकी मनिता श्रेष्ठ प्रधानले आफ्नो तौल समूहमा स्वर्ण पदकसँगै जारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उकृष्ट इप्पनको उपाधि जितेकी छिन्। मनितासँगै प्रतियोगिताको पहिलो दिन शनिबार पामका रोशन दोङले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए । […]

August 13, 2017

पौडीमा नयाँ नियम प्रयोग गर्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघले बिहिबारदेखि शुरु हुने २० औं राष्ट्रिय पौडी प्रतियोगिताबाट नयाँ नियम लागु गर्ने तयारी गरेको छ । नयाँ नियम अनुसार एक खेलाडीले कुनै चार इभेन्टमा मात्रै सहभागिता जनाउन पाउनेछ । फिना, ओलम्पिक लगायत अन्य खेलहरुमा खेलाडीले जुनसुकै खेलमा खेल्न पाउने प्रावधान छ । पौडी संघले ल्याउन लागेको नियम फिना च्याम्पियनसिप […]

August 13, 2017

जापानमा बराबरीबाट नेपाली टोलीको मैत्रीपूर्ण यात्रा सुरु, नवयुगको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल राष्ट्रिय फुटबल टोलीले बराबरीबाट जापान यात्रा सुरु गरेको छ । एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि तयारीको लागि जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको छ । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो । ग्रिन […]

August 13, 2017

१३ औं साग र एनओसी विवादका विषयमा छलफल

काठमाडौं (हाम्रो खेलकुद)– लामो समय देखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका विषयमा संसदिय समितिले चासो दिन थालेको छ ।महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको खेलकुद उप समितिले एनओसी विवाद र १३ औं साग आयोजनाका बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ । […]

Success

Thank you for your time.