default_image

popular

August 18, 2017

जापानमा नेपाली टोलीको चौथो मैत्रीपूर्ण खेल आज

काठमाडौँ (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा आज हनाम विश्वविद्यालयको फुटबल टोलीको सामना गर्दै छ । यसअघिका तीन खेलमा नेपालले मिश्रित नतिजा बेहोरेको थियो । बिहीबार जापानको क्षेत्रिय लिगमा प्रतिस्पर्धा गर्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले हारेको नेपालको यो तीन दिनमा लगातार तेस्रो […]

Roshan Rana Magar

August 17, 2017

साफका लागि नेपाली यू-१५ टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – शुक्रबारबाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् । युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन् । अन्य खेलाडीहरुमा रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, […]

Swimming

August 17, 2017

ओलम्पियन गौरिकाले राखिन दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले बिहिबारबाट शुरु भएको २० औं राष्ट्रिय पौडी प्रतियोगितामा दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । गौरिकाले महिला २०० मिटर फ्रिस्टाइल र महिला ५० मिटर बटरफ्लाईमा नयाँ कीर्तिमान बनाएकी हुन् । दुवै विधामा नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले सोफिया शाहले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । त्रिभुवन […]

Sunil

August 17, 2017

घरेलु मैदानमा यू-१५ टोलीको साफ जित्ने लक्ष्य

 काठमाडौं(हाम्रो खेलकुद ) –  राजधानीमा शुक्रबार शुरु हुने पहिलो संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधि जित्ने लक्ष्य लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा भदौ २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले भदौं ५ गते छिमेकी माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । उमेर समूहमा नेपाली टिमलाई निकै […]

August 17, 2017

इन्टाले बाढी पीडितलाई सहयोग गर्ने, अध्यक्षमा ओलम्पियन लामाको निरन्तरता

 काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएन (इन्टा) मा ओलम्पियन विधान लामाले निरन्तरता पाएका छन् । अमेरिकाको पोटल्यान्डमा बिहीबार सम्पन्न इन्टाको तेस्रो साधारण सभाले लामालाई अध्यक्ष पुनः निरन्तरता दिएको हो । १७ सदस्यीय इन्टाको कार्यसमितिमा प्रथम उपाध्यक्षमा सविता राजभण्डारी, उपाध्यक्षमा सपना मल्ल, अच्युत बास्कोटा, कमल खत्री चयन भएका छन् । त्यस्तै महासचिवमा नारायण गुरुङले […]

August 17, 2017

जापानमा नेपाली टोलीको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लाािग जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । नेपाली टोलीले अमिटी स्पोर्टस क्लबसँग आज बिहान भएको खेलमा ५–० को हार बेहोरेको हो । अमिटी जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने क्लब हो । क्षेत्रिय लिग जापानको लिग संरचना अनुसार […]

Suarez

August 17, 2017

स्वारेजले ला लिगाको पहिलो खेल गुमाउन सक्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले ला लिगा नयाँ सिजनको पहिलो खेल गुमाउने सम्भावना रहेको छ । रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दोस्रो लेगमा गएराती २–० ले हारेको खेलमा स्वारेजलाई खेलको अन्त्यतिर चोट लागेको थियो ।  खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो […]

Benzema

August 17, 2017

रियललाई स्पेनिस सुपर कप उपाधि, बार्सिलोना फेरी पराजित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै रियलले नयाँ सिजनमा दोस्रो उपाधि जितेको हो । गए राती भएको दोस्रो लेगमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो लेगमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए […]

August 16, 2017

‘ए’ डिभिजन लिग मंसिर १४ गतेदेखि

काठमाडौँ (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग ४ वर्षपछि आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघको बुधबार बसेको कार्यसमितिको बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको छ। पछिल्लोपटक २०७० सालमा मनाङ मर्स्याङ्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको थिएन। त्यसपछि २०७२मा नयाँ संरचनाको राष्ट्रिय लिगको […]

August 16, 2017

जापानमा नेपाली टोलीको जित

काठमाडौँ (हाम्रो खेलकुद) – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २-१ ले पराजित गरेको हो । खेलको निर्धारित समयको अन्त्यमा सुमन लामाको गोलसँगै नेपालले अन्तिम समयमा जित हासिल गरेको हो। १-१ को बराबरी तर्फ लम्कदै गरेको खेलमा सुमनले […]

Success

Thank you for your time.