default_image

popular

default_image

August 22, 2017

साफ यू १५ : बंगलादेश समूह ‘ए’ को विजेता

दिपेन्द्र पोखरेल ललितपुर – बंगलादेश राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको क्रृतिम मैदानमा भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । भुटान पनि यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । अब बंगलादेशले समूह ‘बी’ को उपविजेता (नेपाल र भारत मध्ये […]

Jaykumar nath shah

August 22, 2017

पूर्व अध्यक्ष शाहलाई क्यानको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेटलाई लामो समय नेतृत्व प्रदान गरेका जयकुमारनाथ शाह लामो समयपछि क्रिकेटको औपचारिक कार्यक्रममा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) को आज सुरु भएको विशेष साधारण सभाको उद्घाटन सत्रमा अतिथिका रुपमा शाहले भाग लिएका थिए । झन्डै दुई बर्षदेखि आन्तरिक विवादका रुमलिएको क्यान […]

August 22, 2017

प्रस्तावित विधान क्यानको विशेष साधारण सभामा प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)– सल्लाहकार समूहले तयार पारेको प्रस्तावित विधानका विषयमा निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभामा आज छलफल सुरु भएको छ । नेपालमा क्रिकेट विवाद चरम विवादमा पुगेपछि क्यानलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल सरकारको सहमतिमा सल्लाकार समिति गठन गरेको थियो । सल्लाकार समितिले प्रस्ताव गरेको विधान विशेष साधारण […]

bhutan

August 22, 2017

साफ यू-१५ : भुटान र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद ) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज भुटान र बंगलादेश भिड्दै छन् । यसअघि दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरिसके पनि आजको खेलले समूह बिजेताको टुंगो लगाउने छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगितामा दुवै टोलीले आफ्नो पहिलो खेल जितेको छ । प्रतियोगिताको पहिलो खेलमा […]

default_image

August 22, 2017

‘भारतविरुद्ध नेपालको वास्तविक खेल देखिने’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा फुटबल टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले आफ्नो टोलीको वास्तविक प्रदर्शन भारतविरुद्ध देखिने बताएका छन् । पहिलो खेलमा माल्दिभ्सलाई सोमबार ६–० ले हराएपछि श्रेष्ठले भारतसँगको खेलमा कमजोरीलाई सुधारिने विश्वास व्यक्त गरेका छन् । ‘नेपालको वास्तविक स्तरको खेल भारतसँग देखिनेछ । माल्दिभ्सले पूर्ण रक्षात्मक खेल खेलेकोले हामीले त्यसको प्रत्युत्तरमा दोस्रो हाफमा राम्रो प्रदर्शन […]

new diamond volleyball

August 21, 2017

रेडबुल राष्ट्रिय महिला भलिबलमा न्यू डायमण्ड र पुलिस भिड्दै

पोखरा(हाम्रो खेलकुद) – काठमाडौं नैकापको न्यू डायमण्ड एकेडेमी पोखराको लामाचौरमा हिन्दु नारीहरुको महान तीज पर्वको अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिबलको सर्वाधिक सफल टिम हो । दोस्रो संस्करणदेखि लगातार पाँचौ संस्करणसम्मको च्याम्पियन डायमण्डले मंगलबार विभागीय नेपाल पुलिसविरुद्ध खेल्दै छैटौं संस्करणको रेडबुल महिला राष्ट्रिय भलिबलको उपाधि रक्षा गर्ने अभियानका साथ मैदान उत्रनेछ । भर्खरै शिवम सिमेन्टको […]

August 21, 2017

साफ यू-१५ : नेपाल ६-० माल्दिभ्स [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । हेर्नुहोस खेलका केहि तस्बिरहरु : तस्बिर – बिबेक सुबेदी / हाम्रो खेलकुद

Nepal

August 21, 2017

साफ यू-१५ : विजयी सुरुआतसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । यसअघि माल्दिभ्सलाई ९–० ले हराएको भारत पनि समूह ‘बी’ बाट अन्तिम चारमा […]

nepal goal

August 21, 2017

पहिलो हाफमा नेपाल ४-० ले अगाडी

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको पहिलो खेलमा नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४-० ले अगाडी छ । नेपालका लागि बिर्जेश चौधरी , दर्शन गुरुङ , कप्तान रोशन राना मगर र आकास बुढा मगरले गोल गरे । समूह ‘बी’ मा पहिलो खेल खेलेको नेपालले सुरुवात देखि खेलमा कब्जा जमाएपनि छैटौ मिनेटमा माल्दिभ्स गोल गर्नबाट चुक्यो […]

baseball

August 21, 2017

बेसबल र सफ्टबल प्रवर्द्धनमा एलबिएससीको सक्रियता

काठमाडौँ (हाम्रो खेलकुद)– ललितपुर बेसबल एण्ड सफ्टबल क्लब (एलबिएससी) विगत एक वर्षयता स्थानिय स्तरमा सिमित रहेर बेसबल र सफ्टबल खेलको प्रवद्र्धनमा जुटेको छ । पाटनढोका नजिकको पाटन बहुमुखी क्याम्पसको मैदानमा टोलीले प्रत्येक शनिबार प्रशिक्षण गर्दै आएको छ । टोलीले बेला बेलामा मैत्रीपूर्ण खेल पनि खेल्दै आएको छ । पाटनमा प्रशिक्षण गर्ने टोलीले मैत्रीपूर्ण खेलको लागि […]

Success

Thank you for your time.