default_image

popular

Bikesh Kuthu

September 2, 2017

नेपाल विरुद्ध ताजिकिस्तान – ३ दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र ३ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल […]

Chitwan news

September 2, 2017

सुदुर पश्चिम जेसिज कपको सेमिफाइनलमा

भरतपुर (हाम्रो खेलकुद )-राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ को शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सुदुर पश्चिम ११ सेमिफाइनल प्रवेश गरेको छ । चितवन ११ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो हाफमा दुई गोल गरेको सुदुरपश्चिमले दोस्रो हाफमा थप २ गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा […]

September 2, 2017

अनिल राष्ट्रिय टोलीमा फेरि अटेनन्, जज प्रिन्सलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् । एएफसी एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका […]

September 1, 2017

भलिबलका ‘अलराउण्डर’ सँग १२-२७ कुरा

काठमाडौं – नेपालमा खेलेर बाच्न सकिन्न भन्ने अहिले पनि कतिपयको धारणा पाइन्छ । खेलमा लागेर आफ्नो जीवनको महत्वपूर्ण समय खर्चियो भनेर गुनासो गर्ने पनि धेरै छन् । तर, आफ्नो खेललाई नै संसार मान्नेको पनि नेपाली खेलकुदमै छन् । ती मध्येका एक हुन् भलिबलका राष्ट्रिय खेलाडी मान बहादुर श्रेष्ठ । नवलपरासी पुरानो कावासोतीका उनी स्कुले जीवनमा […]

September 1, 2017

नेपाली महिला फुटबल फिफा वरियतामा पाँच स्थान उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली पाँच स्थान बढुवा भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल सिंगापुर संगै संयुक्त रुपमा ९४औ स्थानमा रहेको छ । गत महिना नेपाल ९९ औं स्थानमा थियो । चार स्थान बढुवा भएको भारत फिफा वरियताको ५६ औं स्थानमा रहेर दक्षिण एसियाको शीर्षस्थानमा […]

Cricket

September 1, 2017

पोखरामा अर्को साता माछापुच्छ्रे क्रिकेट लिग

काठमाडौं (हाम्रो खेलकुद) – अक्सनमा आधारित माछापुच्छ्रे क्रिकेट लिग (एमसिएल) टी–२० क्रिकेट प्रतियोगिता यही भदौ २० गतेबाट शुरु हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने एमसीएल टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएकको छ । भदौ ३१ गतेसम्म पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदान […]

September 1, 2017

नेपाल र ताजकिस्तानको खेल हलचोक होइन एन्फामा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र ताजकिस्तानबीच चार दिन पछि हुने एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । नेपाल र ताजकिस्तानबीचको खेल भदौ २० गते हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गत सिनियरतर्फको कुनै पनि खेल एन्फामा हुन लागेको यो पहिलो पटक हो । […]

August 31, 2017

जेसिज कपमा ५ ‘ए’ डिभिजनसहित १० टोलीको सहभागिता रहने

भरतपुर (हाम्रो खेलकुद) – चितवन ११ र सुदूरपश्चिमाञ्चल ११ को प्रतिस्पर्धा सँगै शनिबार नारायणगढमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ सुरु हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन आयोजना गदै प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको छ । ५ ए डिभिजन क्लबसहित १० टोलीले भाग लिने प्रतियोगिताका टोलीलाई दुई समूहमा राखिएको छ । जसमा […]

futsal

August 31, 2017

एन्फा राष्ट्रिय फुटसल लिगमा चौरको शानदार जित

काठमाडौं(हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्र्तगतको फुटसल समितिको आयोजनामा राजधानीमा शुक्रबारबाट शुरु भएको एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपमा चौर रिक्रिएसनले फराकिलो जित निकालेको छ । बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा भएको च्याम्पियनसिपमा समूह ‘बी’ मा रहेको चौरले फुटसल भिलेजमाथि ७–१ को फराकिलो जित निकालेको हो । यस्तै समूह ‘बी’ कै अर्काे खेलमा सामाखुशी फुटसलले […]

August 31, 2017

खेलकुद मन्त्री केसीले सदस्य सचिव विष्टलाई दिए २६ बुँदे निर्देशन

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री राजन केसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई काम नगराउने निर्देशन दिएको दस दिन नबित्दै सदस्य सचिव केशवकुमार विष्टलाई बिहीबार २६ बुँदे निर्देशन दिएका छन् । खेलक्षेत्रलाई अनुशासित, व्यवस्थित, मर्यादित एवं वैधानिक बनाउन राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले २६ बुँदे निर्देशन जारी गरेको बिहीबार खेलकुद […]

Success

Thank you for your time.